अग्निले ५५ हजार पनि छाडेनन्
काठमाडौं । नेताहरूलाई अनुचित प्रभावमा पारी मन्त्रिपरिषद्बाट मनोनीत हुने २६ जनामा परेर एमालेको प्रमुख सचेतक हुँदै मन्त्री बन्न सफल चालू वकिल अग्निप्रसाद खरेलले कतिसम्म गर्न सक्दा रहेछन् भन्ने एउटा उदाहरण सांसद राज्यलक्ष्मी गोल्छाले सार्वजनिक गरेकी छन् ।
६ मिनेट ३३ सेकेन्ड लामो गोल्छाको अडियोमा एमालेका तत्कालीन प्रमुख सचेतक खरेलले आफूसँग ५५ हजार रुपैयाँ मागेको उल्लेख छ । गर्न पनि कतिसम्म सकेछन् भने केपी ओलीलाई प्रधानमन्त्री निर्वाचित हुने अघिल्लो दिन खरेलले भोलिपल्ट मतदानमा अनिवार्य उपस्थित हुन गोल्छालाई फोन गरेका थिए । त्यतिबेला दिल्लीमा उपचारमा रहेकी गोल्छाले आफू आउन नसक्ने सूचना खरेललाई दिइन् । हरेक कुरामा नाफा हेर्ने खरेलले तुरन्तै भनेछन्, त्यसो भए अहिले तत्कालै मलाई ५५ हजार रुपैयाँ चाहियो, अहिले नै मेरो दमकमा रहेको खातामा हालिदिनुस् । परिबन्दमा परेकी
गोल्छाले हाल्दिनँ भन्न सक्ने कुरा भएन । उनले तुरुन्तै आफ्ना सहयोगीमार्फत खरेलको खातामा ५५ हजार रुपैयाँ जम्मा गरिदिइन् । उनले अडियोमा भनेकी छन्, मसँग त्यसको रसिद पनि छ ।
उता, आफूले पैसा लिएको खुलासा भएपछि केही हुन्छ कि भनेर आत्तिएका खरेलले चाहिँ नेताहरूलाई फोन गर्दै कुरा बटार्न थालेका छन् । कुराको खेती गर्न माहिर उनले लाजै नमानी आफूले वैष्णव धर्मसम्बन्धी एउटा संस्थाका लागि चन्दा मागिदिएको भन्न बाँकी राखेका छैनन् ।
चुनावका बेला नेताहरूलाई पैसा दिनुलाई सम्म सामान्य नै मानिए पनि प्रमुख सचेतक पदको सचेत दुरुपयोग गर्दै यसरी पैसा उठाइनु र त्यस्ता मानिसले थप जिम्मेवारी पाउनुलाई आश्चर्यका रूपमा हेरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply