शक्तिको शक्ति दुरुपयोग
काठमाडौं । देशभरका सूचना थाहा हुने गृहमन्त्रीलाई आफ्नै नाममा वरिपरिबाट के भइरहेको छ भन्ने थाहा छैन होला त ? गृहमन्त्री शक्तिबहादुर बस्नेतको नाम लिँदै गृहजिल्ला जाजरकोटमा पाँच लाखको ठेक्का लागि समेत दबाब पुग्दासमेत उनी बेखबर जस्तै देखिएका छन् ।
खलंगास्थित नेपाली सेनाका कर्णेल सुधीरप्रताप सिंहलाई गृहमन्त्री बस्नेतको साख्खै काका हुँ भन्ने वीरबहादुर बस्नेतले फोन गरेर भनेछन्, ‘मैले भनेको मान्छेलाई त्यो पाँच लाखको ठेक्का दिनुभएन भने कामै हुन दिन्नँ ।’ त्यसबाट आत्तिएका कर्णेलले गृहमन्त्री निकटलाई फोन गरेर जस्ताको तस्तै सुनाइदिएका छन् ।
यता, गृहमन्त्री बस्नेतका भतिजा मुक्ति बस्नेतले प्रहरीका हाकिमलाई फोन गरेर हैरान पारेका छन् । कहिले गुप्तचरका एआईजी त कहिले प्रहरीका एआईजीलाई फोन गरेर काकाले भन्नुभएको छ भन्दै नियमित सरुवा–बढुवाको सूची टिपाउने गरेका छन् । पूर्वविद्यार्थी नेता विन्दमान विष्ट स्वकीय सचिव भए पनि उनलाई ओभरटेक गर्दै मुक्ति बस्नेतले छोटो समयमै मन्त्रीलाई बदनामगर्नकसर बाँकी नराखेको कुरा लाजिम्पाटसम्म पनि पुगिसकेको छ ।
सहसचिव भन्छन्, ‘मन्त्री केटाकेटी रहेछन्’
वामदेव गौतम गृहमन्त्रीभएपछि दरबन्दी थपेर कानुन महाशाखा प्रमुख बनेका बदनाम सहसचिव धनराज ज्ञवालीले मन्त्री बस्नेतको बद्ख्वाइँ गर्दै हिँडेका छन् । मन्त्री बस्नेतकै अगाडि परिचय हुँदा ‘म धनराज ज्ञवाली हजुर । वामदेव गौतम मन्त्री हुँदा मलाई राज्यमन्त्री भन्थे’ भनेका थिए । अहिले पनि ‘म बराबर कानुन जानेको को छ र ? मैले नभनी केही हुँदैन’ भन्दै उनले मन्त्री बस्नेतलाई ठाडो चुनौती दिइरहेका छन् । यतिसम्मकि उनले ‘मन्त्री केटाकेटी रहेछन्, केही थाहा पनि रहेनछ, विद्यार्थी नेता जस्ता रहेछन्’ भन्दै बद्ख्वाइँ गरिरहेका छन् । अर्को सहसचिव नपाएकाले हो कि धनराजको मोहनीमा परेर हो, मन्त्री बस्नेतले अझैसम्म उनलाई त्यहाँबाट निकालेका छैनन् । सहसचिव कृष्ण देवकोटाको स्थानमा जाजरकोटकै चक्रबहादुर बुढालाई राख्ने गरी सरुवा गरे पनि पोस्टिङ अझै भएको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply