किन पेलियो शक्तिलाई ?
काठमाडौं । एमाओवादी स्थायी समिति तथा गृहमन्त्री शक्ति बस्नेत पार्टीभित्रकै नेताहरूको घेराबन्दीमा परेका छन् । लामो समयसम्म अध्यक्ष प्रचण्डको स्वकीय सचिवका रूपमा काम गरेर प्रचण्डको विश्वास जितेका बस्नेत अहिले प्रचण्डले लगाएको गुन तिर्न खोज्दा फन्दामा परको हुन् । भूकम्पपीडिहरूका लागि आएको निम्तामा अध्यक्ष प्रचण्डका नातिनी र आफ्नै छोरीको नाम हालेपछि पार्टीभित्र के निहुँ पाउँ र बस्नेतमाथि प्रहार सोझ््याउँ भनेर कुरेर बसेकाहरूले राम्रै मसला पाए । बस्नेतले प्रचण्डलाई खुसी पार्नकै लागि उनका नातिनीहरूलाई चीन भ्रमणमा पारेका थिए । तर, विडम्बना अध्यक्षलाई खुसी पार्न चालेको कदमले उनलाई नै ‘ब्याक फायर’ गरेको छ । कतिसम्म भने पार्टीको बैठकमा सहकर्मीहरूले उनलाई लिन प्याओसम्म भने । लिन प्याओ भन्नुको अर्थ उनी प्रचण्डलाई सिध्याएर आफैं पार्टी कब्जा गर्न खोज्दै छन् भन्ने थियो । बैठकमा उनलाई तुरुन्त सरकारबाट फिर्ता बोलाउनुपर्ने माग जोडदार रूपले उठ्यो ।स्रोतका अनुसार, उनलाई त्यसरी पेल्नेमा खासगरी तीन जना पात्र थिए । पहिलो थिए, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ । सरकार सञ्चालनसम्बन्धी समितिको संयोजक रहेका श्रेष्ठको गुनासो मन्त्रीहरूले आफूले भनेको केही टेरेनन् भन्ने थियो । बस्नेतले प्रचण्डसँगको निकटताको फुर्ती लगाउँदै आफूलाई नगनेको श्रेष्ठको बुझाइ थियो । त्यही भएर उनी बस्नेतमाथि खनिएका थिए । बस्नेतको खोइरो खन्ने दोस्रो हुन्, गोपाल किराँती । किराँतीले नै बस्नेतलाई लिन प्याओवादीको आरोप लगाएका थिए । उनको रिस भनेको सरकारमा सबै क्षेत्री–बाहुन मात्र भएकोमा थियो । यही मौकामा बस्नेतलाई फिर्ता बोलाउन सकिन्छ कि भनेर किराँती दह्रोसँग बैठकमा प्रस्तुत भएका थिए । बस्नेतलाई पेल्ने तेस्रोमा जनार्दन शर्मा थिए । क्षेत्रीय हिसाबले एकैतिरको भएकाले पनि क्षेत्रीय राजनीतिमा को हावी हुने भन्नेमा यी दुईबीच प्रतिस्पर्धा भएको एमाओवादी स्रोतले बतायो । बस्नेत जाजरकोटका हुन् भने शर्मा रुकुमका । अहिलेको संघीय संरचनामा यी दुवै जिल्ला प्रदेश नं ६ मा पर्छन् । यी दुई नेताबीच विगतदेखि नै भित्रभित्रै भूसको आगो जस्तै झगडा सल्किएको बताइन्छ । त्यसो त वर्तमान सरकारमा पनि शर्माले गृहमन्त्रीको दाबी गरेका थिए । तर, बस्नेतले गृहमन्त्री पड्काएपछि शर्मा बेचैन भएका थिए । आफूले डेढ महिनादेखि समय माग्दा पनि मन्त्री बस्नेतले समय नदिएको भन्दै शर्माले पार्टीको बैठकमा गुनासो पोखेका थिए । पार्टीको त्यो तहको नेतालाई भेट्न समय माग्दा डेढ महिनासम्म समय नदिनुले पनि दुई नेताबीचको टकरावको सहजै अनुमान लगाउन सकिन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply