आफ्नै नेता प्रमसँग रुष्ट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यति भाग्यमानी हुन् कि नाकावन्दीका कारण घरमा चुल्हो नबल्दा पनि उनको सरकारका विरुद्ध जनता सडकमा ओर्लेका छैनन् । राष्ट्रियताका मामिलामा कसैसँग झुक्नु हँुदैन भन्दै उल्टै प्रधानमन्त्री ओलीलाई ढाढस प्राप्त भइरहेको छ । तर, पछिल्लो समयमा सरकारले गरेका काम र चालेका कदमले उनकै पार्टी एमाले र एमालेभित्र पनि उनकै समूहका नेताहरुले समेत सामाजिक सञ्जालमार्फत् सरकार र प्रधानमन्त्रीको समेत खुलेर आलोचना गर्न थालेका छन् ।संकटको बेला लामो समयसम्म देशबासीका नाममा सम्बोधन नगरेर चुकेका ओलीले ढिलो गरी देशबासीका नाममा गरेको सम्बोधनको समेत आलोचना भयो । नाकाबन्दीको असर भोगेका जनतालाई त्यसबाट तत्काल राहत दिने कुराको अपेक्षा जनताले गरेका थिए । तर, उनको सम्बोधनमा एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने, पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाउनेजस्ता महत्वाकांक्षी योजना सार्वजानिक भए । गत मंसिर २७ गते ओली अध्यक्ष रहेकै पार्टी नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले ट्वीटरमार्फत असन्तुष्टि पोखे । नवौं महाधिवेशनमा ओली समूहबाटै उपमहासचिवमा उठेका पोखरेलले लेखे–‘एक वर्षभित्रै लोडसेडिङ,निरक्षरता,खुला दिशामुक्त आदि धेरै राम्रा कुरा सुनिन थाले । अहिले हुनुपर्ने त राजनीतिक संक्रमणकालबाट छिटो मुक्ति हो ।’
ओली समूहबाट नवौं महाधिवेशनमा उपाध्यक्षमा उठेका पोलिट्ब्युरो सदस्य प्रदीप नेपालले फेसबुकमार्फत पुस ७ गते प्रधानमन्त्री ओलीलाई चिठी लेखेरै कडा आलोचना गरे ।नेपालले ओलीलाई लेखेको पत्र यस्तो छ–
‘श्रीमान केपी ओलीज्यूप्रधानमन्त्री संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ।
श्रीमान,तपाईंले जाहेर गर्नुभएका सार्वजनिक प्रतिबद्धताहरु विस्तारै व्यंग्यतिर लाग्दैछन् । प्रधानमन्त्री बन्नुअघि तपाईंले सरोकारवालालाई दिनुभएका बचनको परिपालना हुने सम्भावना टरेको देखेपछि तिनका दृष्टिमा तपाईं सुशील कोइराला भइरहनुभएको छ । लोडसेडिङको प्रतिबद्धतालाई बिर्सनु भए हुन्छ। तर झोलुंगे पुल निर्माणको बचन पूरा गर्न चाहेमा सक्नु हुन्छ । यसले तपाईंलाई जनमनमा स्थापित गर्नेछ ।’
गत बिहिबार मन्त्रालय फुटाएर जम्बो मन्त्रीमण्डल बनाएपछि त झन् प्रधानमन्त्री ओलीको सर्वत्र विरोध भएको छ । एमालेका सचिव योगेश भट्टराइले कसैको नाम उल्लेख नगरी ट्वीटरमार्फत प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गरेका छन् । पुस १० गते ‘संस्थाको बदनामी व्यक्तिको बदनामीभन्दा हजारौं गुना महँगो हुन्छ ।’ भनेर ट्वीट गरेका भट्टराईले पुस १२ मा फेरि अर्को ट्वीट गरेका छन् । त्यहाँ प्रधानमन्त्रीका यस्ता कदमले पार्टीमा लागेका अरु लाखौं नेता कार्यकर्तालाई अप्ठेरो अवस्था सृजना गर्न सक्ने संकेत गर्दै उनले लेखेका छन्–‘तपाईं मात्र अन्तिम यात्री होइन, तपाईंको पछि लाखौं लाख यात्रीहरु छन्, जो तपाईंभन्दा अघि जान सक्दैन ।कृपया उनीहरुको बाटो नछेकियोस् ।’
केन्द्रीय सदस्य तथा जनकपुर अञ्चल इन्चार्ज लक्ष्मण पौडेललाई पनि असैह्य भएछ, उनले पुस १३ गते फेसबुकमार्फत सरकारसँग मन्त्री थप्नुको न्यायोचित जवाफ मागेका छन् । उनले लेखेका छन–‘ किन थप्या होला मन्त्रीमाथि मन्त्री, किन फुटाको होला मन्त्रालय, किन बाँधेको होला यो लोहोराको बिटो, यसको केही न्यायोचित जवाफ छ सरकार ?’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply