उपराष्ट्रपतिलाई यसरी हेपियो
काठमाडौं । उपराष्ट्रपति भनेको संवैधानिक रुपमा मुलुकको दोस्रो ठूलो उच्च पद हो । यो पदमा अहिले एमाओवादीमा पूर्वलडाकु नन्दबहादुर पुन आसिन छन् । तर, उपराष्ट्रपति जस्तो गरिमामय र सम्मानित पदमा पुगिसक्दा पनि एमाओवादीका नेताहरुले पुनलाई पार्टीकै कार्यकर्ताको जस्तो व्यवहार गर्ने गरेका छन् ।
प्रसंग हो, उपराष्टपति पुनको गृहजिल्ला रोल्पालाई खुला दिशामुक्त र पूर्णसाक्षर जिल्ला घोषणा कार्यक्रमको । उपराष्ट्रपति नै जानेभएपछि कार्यक्रमको प्रमुख अतिथि अरु हुने कुरै भएन । अतिथिका लागि जिल्लाका सबै माननीयहरुलाई आमन्त्रण गरिएको थियो । दुई निर्वाचन क्षेत्र भएको जिल्लामा प्रत्यक्षतर्फ दुवै सिट एमाओवादीले जितेको थियो । एउटा क्षेत्रबाट सभामुख ओनसरी घर्ती र अर्कोबाट एमाओवादी महासचिव कृष्णबहादुर महरा सांसद छन् । अझ घर्ती र पुनको गाविससमेतजोडिएका छन् । तर, उपराष्ट्रपति सहभागी सो कार्यक्रममा घर्ती र महरा दुवै गएनन् । घर्तीले अघिल्लो दिन बेलुकी फोन गरेर आउन नसक्ने जानकारी गराएकी थिइन् भने महराले कार्यक्रम सुरु हुनुभन्दा दुई घण्टा अगाडि फोन गरेर जानकारी गराएका थिए ।
कार्यक्रम आयोजक मात्र होइन, स्थानीय बासिन्दाले पनि आफ्नो प्रतिनिधि भएकाले घर्ती र महरा आउने अपेक्षा गर्नु स्वाभाविकै थियो । तर, समानुपातिकबाट एमाले सांसद गोकुल घर्ती र काग्रेस सांसद अमरसिंह पुन सहभागी कार्यक्रममा सभामुख घर्ती र महरालाई नदेखेपछि एमाओवादीका कार्यकर्ता रुष्ट बनेका थिए । एमाओवादी स्रोतका अनुसार सभामुख घर्ती र महरा उपराष्ट्रपति पुनलाई आफूभन्दा कनिष्ट मानेरै कार्यक्रममा नगएका हुन् । एमाओवादीका एक कार्यकर्ताले भने– ‘पुन उपराष्ट्रपति हुन् तर उनलाई अझै पार्टीको कार्यकर्ताको रुपमा हेरेर उनीहरु कार्यक्रममै गएनन् ।’ त्यहाँ जाँदा आफूहरुको इज्जत नहुने र उपराष्ट्रपतिको छाँयामा परिने
भएकै कारण नगएको स्रोतको दाबी छ । त्यसमाथि एमाओवादीको गुटको राजनीतिको असरको प्रतिविम्ब परेको बताउनेहरु पनि छन् । गुटगत राजनीतिको असरले एमाओवादी रोल्पालाई यति गाँजेको बताइन्छ, त्यहाँ एमाओवादीकै तीन अलगअलग पार्टी कार्यालय रहेको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply