सुरुङमार्गमा कुशलाई हटाउन खासखुस
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा नै साझा उद्योगीका नेताभन्दा पनि एमाओवादी कार्यकर्ता जस्तो हैसियतमा प्रस्तुत भएका कुशकुमार जोशीलाई सुरुङ मार्गबाट बाहिर्याउने तयारी भएको छ ।
सुरुङ मार्ग सञ्चालन गर्ने नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष रहेका जोशीलाई सञ्चालक समितिबाट हटाउने भन्दै सेयर सदस्यहरूको विभिन्न भेला भइरहेको छ ।
अघिल्लो हप्ता मात्र ललितपुरको बगैंचा क्याफेमा सभासद्समेत रहेका सञ्चालक सुभाष ठकुरी र कम्पनीका उपाध्यक्ष रहेका फुलब्राइट कन्सल्टेन्सीका सञ्चालक इन्जिनियर लालकुमार केसीले एक भेला बोलाएर जोशीविरुद्ध मोर्चाबन्दीको प्रयास गरेका थिए । उनीहरूले विशेष साधारण सभा बोलाएर त्यसमार्फत नै जोशीलाई हटाउन पहल गर्ने र त्यसो नभएमा नियमित साधारण सभाबाट भने नेतृत्वमा जसरी पनि आउन नदिनेबारे छलफल गरेका थिए ।
सो भेलामा एमाले मकवानपुर २ नम्बर क्षेत्रका अध्यक्ष बिदुर हुमागाईं, कुलेखानी गाविसका पूर्वअध्यक्ष राजमान महर्जन, पार्वती रानालगायत केही अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।मकवानपुरका विभिन्न गाउँबाट सुरुङ मार्गका लागि भन्दै विगत लामो समयदेखि रकम उठाइए पनि जनतालाई पनि त्यसको रसिदसम्म दिइएको छैन । ३५ अर्बभन्दा बढीको लगानी लाग्ने अनुमान रहेको सो आयोजनामा लगानी जुट्न नसकेपछि काम सुरु नै हुन सकेको छैन ।
पछिल्लो पटक सुनको अन्डा पार्ने कुखुरी भन्दै सर्वसाधारणलाई लगानी हाल्न प्रोत्साहित गरे पनि सरकारले दिएको समयसीमाभित्र कम्पनीले लगानी जुटाएर काम सुरु गर्न सकेको छैन । सर्वसाधारणले पैसा फिर्ता माग्न कार्यालय आउन थालेपछि अहिले थापाथलीबाट कार्यालय पनि पाटनतिर सारिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply