अख्तियारमा दुई आयुक्त रिक्त हुने !
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई पद रिक्त हुने भएका छन् । सबभन्दा पुराना आयुक्त केशव बरालले संवैधानिक प्रावधानका कारण माघ ६ गते नियमित अवकाश लिँदैछन् भने अर्की आयुक्त सावित्री थापा गुरुङ चाहिँ बढी लोभका कारण बिदा हुनुपर्ने देखिएको छ ।
पूर्वएआईजी बराल ०६६ माघ ७ गते आयुक्तमा नियुक्त भए पनि शपथको अन्योलका कारण कार्यभार भने लोकमानसिंह कार्की प्रमुख आयुक्त भएपछि तीन वर्षअघि मात्रै सम्हालेका थिए । उनले कार्यभार सम्हालेका मितिले छ वर्ष गणना गर्न चाहे पनि संविधानमै नियुक्त भएका मितिले छ महिना कार्यकाल तोकिएको हुनाले अनिवार्य अवकाश लिनुपर्ने भएको छ ।
आरआर क्याम्पसमा प्राध्यापनरत आयुक्त गुरुङले भने उक्त संवैधानिक पदमा जानुअघि राजीनामा नै नदिएका कारण समस्या खडा भएको छ । उनको विषयमा अहिले सर्वोच्चमा मुद्दासमेत परेकाका कारण थप समस्या भएको छ । ०७१ चैत १९ गते आयुक्त नियुक्त भएकी गुरुङले विवाद हुने देखेपछि १४ महिननापछि ०७२ जेठ २८ मा त्रिभुवन विश्वविद्यालयबाट काज स्वीकृत गराएकी थिइन् । जबकि, संविधानको धारा २३८ (८) ले आयुक्तलाई कुनै पनि अरू पदमा काम गर्न अनुमति दिँदैन । अवकाशपछि पनि अरू कतै काम गर्न बन्देज लगाएको अवस्थामा उनले एक पदमा रहँदारहँदै अर्को पदमा जान देखाएको लोभले अहिले समस्यामा पारेको छ । आयुक्त गुरुङको क्रियाकलापले प्रमुख आयुक्त कार्कीलाई पनि अप्ठेरोमा पारेको छ । सिधै संवैधानिक प्रावधानको उल्लंघन भएको देखिँदादेखिँदै आयुक्त गुरुङलाई दैनिक कामकाजमा लगाइरहन मिल्छ कि मिल्दैन ? प्रश्न उब्जिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply