अख्तियारमा दुई आयुक्त रिक्त हुने !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई पद रिक्त हुने भएका छन् । सबभन्दा पुराना आयुक्त केशव बरालले संवैधानिक प्रावधानका कारण माघ ६ गते नियमित अवकाश लिँदैछन् भने अर्की आयुक्त सावित्री थापा गुरुङ चाहिँ बढी लोभका कारण बिदा हुनुपर्ने देखिएको छ ।
पूर्वएआईजी बराल ०६६ माघ ७ गते आयुक्तमा नियुक्त भए पनि शपथको अन्योलका कारण कार्यभार भने लोकमानसिंह कार्की प्रमुख आयुक्त भएपछि तीन वर्षअघि मात्रै सम्हालेका थिए । उनले कार्यभार सम्हालेका मितिले छ वर्ष गणना गर्न चाहे पनि संविधानमै नियुक्त भएका मितिले छ महिना कार्यकाल तोकिएको हुनाले अनिवार्य अवकाश लिनुपर्ने भएको छ ।
आरआर क्याम्पसमा प्राध्यापनरत आयुक्त गुरुङले भने उक्त संवैधानिक पदमा जानुअघि राजीनामा नै नदिएका कारण समस्या खडा भएको छ । उनको विषयमा अहिले सर्वोच्चमा मुद्दासमेत परेकाका कारण थप समस्या भएको छ । ०७१ चैत १९ गते आयुक्त नियुक्त भएकी गुरुङले विवाद हुने देखेपछि १४ महिननापछि ०७२ जेठ २८ मा त्रिभुवन विश्वविद्यालयबाट काज स्वीकृत गराएकी थिइन् । जबकि, संविधानको धारा २३८ (८) ले आयुक्तलाई कुनै पनि अरू पदमा काम गर्न अनुमति दिँदैन । अवकाशपछि पनि अरू कतै काम गर्न बन्देज लगाएको अवस्थामा उनले एक पदमा रहँदारहँदै अर्को पदमा जान देखाएको लोभले अहिले समस्यामा पारेको छ । आयुक्त गुरुङको क्रियाकलापले प्रमुख आयुक्त कार्कीलाई पनि अप्ठेरोमा पारेको छ । सिधै संवैधानिक प्रावधानको उल्लंघन भएको देखिँदादेखिँदै आयुक्त गुरुङलाई दैनिक कामकाजमा लगाइरहन मिल्छ कि मिल्दैन ? प्रश्न उब्जिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply