प्रतिबद्धता पूरा गरेर चीनतिर
काठमाडौं । पहिल्यैदेखि संविधान नबनेसम्म विदेश जाने दौडधुप त्याग्न नेताहरूलाई सुझाव दिँदै आएका संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ आफू भने पुरानो प्रतिबद्धता पूरा गरेर नयाँ संविधान जारी भएपछि चीन भ्रमणमा जाने भएका छन् ।
यही माघ ३ गते नेकपा (एमाले) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङ नेतृत्वको १५ सदस्यीय टोली सर्वदलीय टोलीउच्चस्तरीय भ्रमणका लागि चीन जान लागेको हो । नेता नेम्वाङले संविधान निर्माण प्रक्रिया गाँठो पर्दै गएपछि पहिलो संविधानसभाको बीचको अवधिबाट आफू संविधान जारी नभएसम्म विदेश भ्रमणमा नजाने भन्दै अन्य शीर्ष नेताहरूलाई पनि संविधान निर्माणमा अवरोध हुनेगरी विदेश नजान आग्रह गरेका थिए ।
पहिलो संविधानसभाले संविधान बनाउन सकेन भने दोस्रो संविधानसभाका लागि निर्वाचन भयो र त्यो कार्यकालभरि पनि नेता नेम्वाङ विदेश भ्रमणमा गएनन् । संसद् स्रोतका अनुसार करिब चार वर्षपछि हुन लागेको नेम्वाङको भ्रमण टोलीमा सांसदहरू रबीन्द्र अधिकारी, रामहरि खतिवडा, किरण यादव, उमेश श्रेष्ठ, इच्छाराज तामाङ, भरतकुमार शाह, आशा कोइरालासहित १२ जना सांसद र संसद् सचिवालयका ३ जना कर्मचारी रहेको बुझिएको छ । भ्रमणटोलीको नामावली र भ्रमण कार्यक्रमबारे आफूलाई अहिलेसम्म विस्तृत जानकारी नदिएको नेता नेम्वाङले बताए । ‘पहिल्यैदेखि बोलाइरहेका थिए, अवसर मिलेको थिएन, सबैले बोलाएकामा चीन पहिला भयो’– उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply