मेची–कालीको पहिलो चरण समापन
काठमाडौं । संविधानका अन्तरवस्तुबारे जनतालाई जागरण दिन नेकपा (एमाले)ले सुरु गरेको तीनमहिने मेची–महाकाली अभियान पहिलो चरणमा आज समापन हुँदैछ । कैलालीको अत्तरियाबाट सुरु भएको यो अभियान नेपालगन्जमा भेरी र कर्णली अञ्चलको संयुक्त भेलापछि समापन हुन लागेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष भीम रावललगायतले सहभागिता जनाएर अत्तरियाबाट सुरु यो अभियान मेची, गण्डकी, उपत्यका हुँदै नेपालगन्ज आइपुगेर समापन हुन लागेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
हिजोदेखि सुरु दुईदिने भेलामा पार्टी अध्यक्ष ओली, उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य शंकर पोखरेल र पोलिटब्युरो सदस्य यमलाल कँडेल सहभागी हुनुभएको थियो भने आज समापन समारोहमा महासचिव ईश्वर पोखरेललगायतका नेताहरू पुग्ने कार्यक्रम छ । यसअघि सोमबार गण्डकीस्तरीय भेलामा वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ, मंगलबार बाग्मतीस्तरीय भेलामा महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङ, धौलागिरि अञ्चलस्तरीय भेलामा उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी समिति सदस्य मुकुन्द न्यौपाने र छविलाल विश्वकर्मा, सम्पर्क मञ्चहरूको भेलामा अध्यक्ष केपी ओलीलगायतका शीर्ष नेताहरूले सहभागिता जनाएका थिए ।
आन्तरिक तयारी पूरा गर्न नसकेका कारण मधेसका केही अञ्चल नारायणी, जनकपुरलगायतमा यसरी भेला तत्काल गर्न नसकिए पनि माघको अन्त्यसम्मका जनकपुरको १२ बिघा मैदानमा बृहत् सभा गर्ने तयारी भएको छ । मधेसका जिल्लाहरूमा पार्टी नेताहरू केही न केही काम लिएर गई नै रहेकाले मधेसमा उपस्थिति जनाइरहेको कार्यालय सचिव श्रेष्ठले बताए । मंसिर २१–२२ मा चितवनमा सम्पन्न विशेष राष्ट्रिय कार्यकर्ता भेलाबाट प्राप्त सुझावका आधारमा एमालेले देशव्यापी अभियान चलाउने निर्णय गरेको थियो । संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान २०७२ नाम दिएर सुरु गरिएको यो अभियान फागुन २१ सम्म चल्ने बताइएको थियो । पार्टीले १५ वटै अञ्चलमा अञ्चलस्तरीय भेला आयोजना गर्ने निर्णय गर्दै विभिन्न नेताहरूलाई संयोजनको जिम्मा दिएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply