देउवालाई बलियो बनाउँदै संस्थापन
काठमाडौं । कांग्रेसभित्र आफ्नो ४० प्रतिशतको हिस्सालाई गत संसदीय दलको नेताकै चुनावमा बढाएर ४६ प्रतिशत पुर्याएका वरिष्ठ नेता शेरबहादुर देउवा आसन्न महाधिवेशनसम्म आइपुग्दा संस्थापन पक्षभन्दा बलियो भइसकेका छन् । एक त उनले आफ्नै मेहनतले आफूलाई बलियो साबित गर्दै छन् भने अर्कातिर स्वयं संस्थापन समूहकै कारण पनि उनी बलियो बनेका छन् ।
आफ्नो समूहबाट आफूबाहेक सभापतिको अरू कोही प्रतिस्पर्धी नहुनु र संस्थापनमा प्रतिस्पर्धीका एकभन्दा बढी आकांक्षी हुनुको सोझो फाइदा आगामी महाधिवेशनमा देउवाले लिने भएका छन् । संस्थापन पक्षबाट सभापतिमा सुशील कोइराला दोहोरिने भएका छन् । त्यसैका लागि उनलाई मुखैमा आएको राष्ट्रपति पद पनि छाड्न उक्त समूहका केही नेताले बाध्य बनाए । कोइरालाई दिलेन्द्र बडू, आनन्दप्रसाद ढुंगाना, दिलबहादुर घर्ती लगायतको समूहले जता भन्यो त्यतै लतार्ने गरेको स्वयं कांग्रेस संस्थापन पक्षकै नेताहरू बताउँछन् । जबकि, कोइराला परिवारकै शेखर कोइरालाहरू पनि यो पटक सुशीलले अरूलाई ठाउँ खाली गरिदिनुपर्ने पक्षमा छन् । अर्कातिर, यस पटक उपसभापति रामचन्द पौडेल कुनै पनि हालतमा सभापतिमा उठिछाड्ने अडानमा छन् । उनले पटकपटक आफू त्यसबाट ब्याक आउने ठाउँ नै नभएको बताउँदै आएका छन् । पौडेल उठेको खण्डमा सुजाता कोइराला पनि सभापतिको उम्मेदवार बन्ने कांग्रेसनिकट स्रोतले बतायो । यो अवस्थामा यी सबैको फाइदा देउवालाई पुग्ने निश्चित छ ।
खड्का निर्णायक
कांग्रेसनिकट स्रोतका अनुसार यो पटकको महाधिवेशनमा नेता खुमबहादुर खड्का निर्णायक हुनेछन् । महाधिवेशनमा आउनेमध्ये झन्डै ५ सय प्रतिनिधि खड्काका हुने बताइन्छ । यो मत नेतृत्वमा कसलाई स्थापित गराउने भन्नेमा निर्णायक हुनेछ । खड्का देउवा समूहबाट उपसभापतिमा लड्दै छन् । त्यसो भएकाले पनि आगामी महाधिवेशनमा संस्थापनबाट कोइराला वा पौडेल वा अरू जोकोही उठे पनि देउवासँगको टक्कर फलामको च्युरा चपाएसरह हुने बताइन्छ ।
संस्थापनका नेता चोर्दै देउवा
चुनाव जित्न देउवाले संस्थापनका नेतालाई धमाधम आफूतिर तानिरहेका छन् । यसअघि कोइरालाले नै केन्द्रीय कमिटीमा मानोनीत गरेका श्याम घिमिरे, केशव बुढाथोकी देउवातिर खुलेर आइसकेका छन् भने मानबहादुर विश्वकर्मा, विश्वप्रकाश शर्मा लगायतका नेताहरू पनि कोइरालालाई छाडेर देउवातिर पुगेका छन् । संस्थापन समूहकै अर्का नेता अर्जुननरसिंह केसी पर्ख र हेरको अवस्थामा छन् । महामन्त्री पाए उनी पनि देउवा समूहमा जान खुट्टा उचालेर बसेका छन् भने केसी गएको खण्डमा युवामाझ लोकप्रिय नेता गगन थापा पनि देउवातिरै जाने सम्भावना बलियो रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply