दुई ढुंगेलबीच रोचक भिडन्त
काठमाडौं । सरकारले गठन गर्न लागेको राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पद हत्याउन एकै जिल्लाका दुई ढुंगेलबीच रोचक प्रतिस्पर्धा सुरु भएको छ । रामेछाप जिल्लाको पकरबास गाविसका कैलाश ढुंगेल र माधव ढुंगेल नाताले दाजुभाइसमेत हुन् । तर, भाइभाइका छोरा यी दुई दाजुभाइबीच भने उक्त पद हत्याउन निकै रोचक प्रतिस्पर्धा सुरु भएको हो ।
नाताले कैलाश दाइ हुन् भने माधव उनकै काकाका छोरा भाइ हुन् । यी दुई दाजुभाइले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठन हुन लागेको परिषद्को उपाध्यक्ष पदमा आवेदन दिएका छन् । पार्टीको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य तथा बागमती अञ्चल इन्चार्जमा पराजित कैलाश पार्टी राजनीतिमा माधवभन्दा वरिष्ठ हुन् । उनी २०५४ सालको स्थानीय निर्वाचनपछि रामेछाप जिविसका पूर्वसभापतिसमेत हुन् । तर, अखिलका पूर्वअध्यक्ष माधवले पार्टी महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा जितेपछि यी दुई दाजुभाइबीच अध्यक्ष केपी ओली (संस्थापन पक्ष) गुटनिकट रहेर नेता बन्न ‘शीतयुद्ध’ चलिरहेको रामेछापका एमाले नेता–कार्यकर्ता चर्चा गर्छन् । सोही कारण उपाध्यक्ष पदमा बाजी मार्न दाजुभाइले नै आवेदन हालेको चर्चा एमाले पार्टी कार्यालय, धुम्बाराहीदेखि चियापसलमा समेत चर्चा–परिचर्चा हुन थालेको छ । पार्टीको एउटै कार्यक्रममा दुई दाजुभाइबीच जम्काभेट र आतिथ्य ग्रहणका क्रममा कैलाशले अपमानित महसुस गर्ने गर्थे ।
दुई ढुंगेल दाजुभाइबाहेक परिषद् उपाध्यक्षका लागि अन्य तीन जनाको पनि आवेदन परेको छ । अनेरास्ववियुका पूर्वनेता तथा पार्टी विदेश विभागकापूर्वसदस्य योगेन्द्र शाही, युवा संघ नेपालका उपाध्यक्ष रमेश पौडेल र युवा संघकै पूर्वउपाध्यक्ष सरोज दिलु विश्वकर्माले पनि आवेदन दिएका छन् । ढुंगेल दाजुभाइको दौडधुपसँगै पौडेल र विश्वकर्माले पनि प्रधानमन्त्री निवास बालुवाटारदेखि युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डललाई प्रभाव पार्न लबिङ तीव्र पारेका छन् । पार्टीमा पटकपटक गुट फेरिरहने विश्वकर्मा पछिल्लो पटक उपाध्यक्ष्ँ वामदेव गौतमनिकट मानिन्छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई आवेदनका लागि प्रेरित गर्दै नेताको ढोका चहार्न बाध्य तुल्याउनेहरूले नै प्रतिस्पर्धाका लागि आवेदन हालेको भन्दै माधव ढुंगेल र युवा संघकै पौडेललाई कटाक्ष गर्दै आक्रोश पोखेका छन् । आफू योग्य, सक्षम र भिजनरी भएकाले कार्यदलले उपाध्यक्षमा सिफारिस गर्ने विश्वास गर्दै उनले कटाक्ष गरेका हुन् ।
उता, ढुंगेल दाजुभाइले पनि लुकामारी गर्दै प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबारदेखि मन्त्रालयसम्म लबिङ तीव्र पारेका छन् । विराटनगरमा विद्यार्थी राजनीति गर्दादेखि आफ्नो ‘लिगेसी’ प्रधानमन्त्री ओलीसँग रहे पनि राजदूत बनाउने वचन पूरा नगरेको भन्दै कैलाशले गुटका नेताहरूमार्फत ‘लबिङ’ गरिरहेका छन् । माधव भने आफूले युवाको प्रतिनिधित्व गर्ने, दुईदुई विषयमा मास्टर डिग्री गरेको कानुनी ज्ञानसमेत रहेको दाबी गर्दै लबिङ गरिरहेका छन् । युवा तथा खेलकुद मन्त्रालयले १५ दिन म्याद राखेर आवेदन माग गरेको थियो । सूचना प्रकाशित गरेर आवेदन मागे पनि थोरै संख्यामा मात्रै आवेदन परेको हो । त्यस्तै, परिषद् सदस्यका लागि महासचिव ईश्वर पोखरेलमार्फत झन्डै एक दर्जनले बायोडाटा बुझाएका छन् । युवा परिषद् ऐनअनुसार ७५ ओटै जिल्लामा जिल्ला परिषद् गठन हुनेछ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
Leave a Reply