संस्थापनका चार हस्तीलाई खतराको घन्टी
काठमाडौं । सभापति सुशील कोइरालको निधनसँगै कांग्रेसमा संस्थापन समूहका चार हस्तीलाई आसन्न तेह्रौ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य पद जोगाउन हम्मे पर्ने भएको छ । मुखमा आएको राष्ट्रपति पद त्यागेर कोइरालालाई जीवको आखिरी समयमा बदनाम गराउने ती चार पात्रलाई आगामी महाधिवेशनमा बढार्न संस्थापन समूहकै नेताहरू लागेको बुझिएको छ ।
ती चार केन्द्रीय सदस्य हुन्– आनन्दप्रसाद ढुंगाना, दिलबहादुर घर्ती, दिलेन्द्र बडू र डा. मीनेन्द्र रिजाल । ढुंगानाले अघिल्लो १२औं महाधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवाको समेत सहानुभूति पाएर चुनाव जितेको बताइन्छ । संस्थापन समूहबाट जनकपुर अञ्चल केन्द्रीय सदस्यमा उठेका उनलाई देउवाले कमजोर उम्मेदवार उठाएर सहयोग गरेको बताइन्छ । उक्त महाधिवेशनमा ढुंगानाको प्रतिस्पर्धी देउवा समूहबाट देवी न्यौपाने थिए । तर यसपटक ढुंगानाले चुनाव जित्न धौधौ रहेको बताइन्छ । कोइराला परिवारका ज्वाइँ घर्तीले कहिल्यै चुनाव जितेकै छैनन् । उनी सधैं ससुराली कोइराला परिवारको आशीर्वादले कांग्रेसको राजनीतिमा टिक्दै आएका हुन् । यो पटक पनि कोइरालाले उनलाई मनोनीत गरेर केन्द्रीय सदस्य बनाएका हुन् । संविधानसभा निर्वाचनमा पनि जनताबाट अनुमोदित हुन नसक्ने डरले उनी चुनावी मैदानमै गएनन् । सांसद पनि समानुपातिक कोटाबाट भएका हुन् । राजनीतिमा कार्यकर्ता र जनता दुवैबाट अनुमोदित नभएकाले यसपटक कोइरालको निधनले घर्तीको राजनीतिमा ठूलो चोट लागेको बताइन्छ । दिलेन्द्रप्रसाद बडू १२औं महाधिवेशनमा देउवा समूहका रमेश लेखकलाई हराएर केन्द्रीय सदस्य जितेका हुन् । तर, यस पटक उनलाई लेखकसँगको सामना गर्नु फलामको च्युरा चपाउनुसरह हुने बताइन्छ । अघिल्लो महाधिवेशनमा कार्यकर्ताको मत पाए पनि संविधानसभामा पराजित भए । कोइरालासँगको निकटताकै कारण कांग्रेसमा प्रवक्ताको जिम्मेवारी पाएका बडूलाई यो महाधिवेशनमा केन्द्रीय कमिटीमा आउन निकै मुस्किल रहेको कांग्रेसनिकट स्रोतले बतायो । महिलामैत्री नेताका रूपमा नाम कमाएका डा. मीनेन्द्र रिजाल पनि यो महाधिवेशनबाट कांग्रेस केन्द्रीय कमिटीबाट बाहिरिने बताइन्छ । देउवा समूह छाडेर संस्थापनमा आएका उनलाई यो पटक संस्थापन समूहले टिकट नै नदिने खतरा रहेको स्रोतले बतायो । अघिल्लो पटक सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री हुने बेला उपसभापति रामचन्द्र पौडेलसँग रिजालको भनाभन परेको थियो । पौडलले रिजालको सट्टा पदमनारायण चौधरी र अर्जुन नरसिंह केसीमध्ये एकलाई मन्त्री बनाउनुपर्ने भन्दै लबिङ गरेका थिए । त्यो थाहा पाएपछि रिजालले पौडेललाई ‘देखाइदिन्छु’ भन्दै धम्कीसमेत दिएका थिए । त्यसकारण पनि अब पौडलले उनलाई संस्थापनबाट केन्द्रीय कमिटीमा टिकट नदिने बताइन्छ । त्यही बुझेर उनले फेरि पौडेलको चाकडी सुरु गरिसकेका छन् । दिनहुँ साँझ परेपछि उनी पौडेल निवास बोहोरेटार पुग्ने गरेका छन् । तर, पौडेलले उनको वास्ता गर्ने गरेका छैनन् । संस्थापन छाडेर देउवातिर जाने कसरत पनि गरेका छन् तर देउवाले उनलाई आफ्नो समूहमा भित्र्याउने सम्भावना अलिकति पनि नरहेको देउवा निकटस्थहरू बताउँछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply