जिल्लावाबसीले ठेक्का पाउँदा मन्त्री दु:खी
काठमाडौं । आफ्नो आलोचना गरेर कहिल्यै नथाक्ने एकजना इन्जिनियरलाई नेपाल प्रज्ञा प्रतिष्ठानको भवन मर्मत–सम्भार गर्न जिम्मा दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल बेखुसी रहेको बुझिएको छ । प्रज्ञा प्रतिष्ठानको पुनर्निर्माण गर्न ई. महेन्द्रबहादुर कार्कीको संयोजकत्वकमा प्रतिष्ठानले इन्जिनियरिङ विभाग गठन गरी काम गर्ने जिम्मा दिएको थियो । आफ्नै मन्त्रालयअन्तर्गतको प्रतिष्ठानको पुनर्निर्माण गर्न करोडौंको काम कार्कीले पाएपछि मन्त्री पोखरेल असन्तुष्ट रहेको बताइन्छ ।
गत वैशाख १२ गते आएको महाभूकम्पले प्रज्ञा प्रतिष्ठानको भवनको ठाउँ–ठाउँमा क्षति पुगेको छ । प्रतिष्ठान भवनको केही पिल्लरहरू भाँचिए पनि र कतैकतै चर्किए पनि अरू विकल्प नभएको हुँदा कुलपति, उपकुलपति, प्राज्ञ र कर्मचारीहरू त्यही चर्किएको भवनमा नै बस्दै आएका छन् । भूकम्पले भवनलाई नराम्ररी क्षति पुर्याएपछि प्रतिष्ठानले पुनर्निर्माणका लागि ठूलै रकम माग गरे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने १० करोड २९ लाख रुपियाँ मात्र छुट्टयाएको छ, उक्त रकम संस्कृतिमन्त्रालयमार्फत नै खर्च गरिनेछ । पुनर्निर्माणका लागि प्रतिष्ठानले कार्कीको संयोजकत्वमा प्राज्ञद्वय हेमनाथ पौडेल र धु्रव मधिकर्मी रहेको समिति गठन गरेको छ । करिब ५० वर्षअघि निर्माण सुरु भएर पाँचवर्षमा तयार भएको प्रतिष्ठानको भवनमा यसअघि पनि वर्षाद्मा पानी चुहिने समस्या रहेको थियो । देशकै ठूलो सभाहलसमेत रहेको प्रतिष्ठानको भवन चुहिने भएपछि केही वर्षअघि सामान्य मर्मत, सम्भार गरिएको थियो ।
तर, प्रज्ञा प्रतिष्ठानको भवन मर्मत–सम्भारको जिम्मेवारी पाएका कार्की र मन्त्री पोखरेलको भने राम्रो सम्बन्ध नरहेको बताइन्छ । एउटै जिल्लावासी भएका हुँदा पनि कार्की र मन्त्री पोखरेलबीच कटुता हुनुका साथै कार्की मन्त्री पोखरेलको कट्टर आलोचकसमेत मानिन्छन् । आफ्ना आलोचकलाई प्रज्ञा प्रतिष्ठानको पुनर्निर्माणको जिम्मा दिएपछि मन्त्री पोखरेलले केही निकटस्थहरूसँग असन्तुष्टि जनाएको बुझिएको छ ।
प्रज्ञा प्रतिष्ठानले इन्जिनियरिङ विभाग गठन गरेर त्यसको संयोजकमा कार्कीलाई तोकिनुमा कुलपति गंगाप्रसाद उप्रेतीसँग कार्कीको घनिष्ठ सम्बन्ध भएका कारण रहेको बताइन्छ । कुलपति उप्रेतीले अनुरोध गरेका आधारमा कार्कीले केही समयअघि प्रगतिशील लेखक संघलाई फर्निचरका सामग्रीहरू दिएर सहयोग गरेका थिए । तर, आफूले नरुचाउने मान्छेलाई प्रज्ञा प्रतिष्ठानको भवन मर्मत–सम्भारको जिम्मा दिएको हुँदा मन्त्री पोखरेल एकेडेमीको टिमप्रति समेत असन्तुष्ट रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply