चौतारीमा टिम घोषणा
काठमाडौं । एमाले निकट प्रगतिशील तग्था पेशागत पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालमा चुनावी माहोल तातेको छ । भोली देखि ८ गतेसम्म काठमाडौंमा हुने आठौं अधिवेशनले नयाा नेतृत्व छनोट गर्नेभएपछि आकांक्षीहरू चुनावी मैदानमा होमीएका छन् ।
पाटी प्रचार विभागले सकेसम्म नेतृत्व सर्वसम्मत ढंगले चयन गर्ने भन्दै त्यसका लागि भरमग्दुर प्रयार जारी राखेका छन् । प्रचार विभाग प्रमुख योगेश भट्टराई र उपप्रमुख सुर्य थापाले केही दिनयता त्यसका लागि दुईपक्षीय र बहुपक्षीय वार्ताहरू गरेपनि सहमतिको संभावना झिनो बन्दै भन्दै संस्थापन र वरिष्ठ नेता माधव नेपाल पक्षका पत्रकारहरू प्यानल नै बनाएर चुनावी मोर्चामा कम्मर कसेर लागेका छन् ।
नेतृत्व चयनमा सहमति नुहादा अध्यक्ष पदका लागि अहिलेका महासचिव माधव नेपाल र सल्लाहकार गणेश बस्नेतबीच प्रतिश्पर्धा हुने भएको छ । दुबै समूहले पदाधिकारीमा प्यानल नै अघि सारेका छन् । नेपाल समूहबाट चौतारीका पुर्व अध्यक्ष गगन विष्ट, पुर्व महासचिव विष्णु रिजाल लगायतले टीम निर्माण गर्ने लगायतका कुराको अगुवाइ गरेका छन् भने बस्नेत टिमबाट गोकुल बााकोटा, प्रमोद दाहाल खटेका छन् ।
अबको चौतारीमा वरिष्ठसहित १० उपाध्यक्ष हुनेछन् । प्रस्तावित विधानमा वरिष्ठ उपाध्यक्ष एकजना, महिला र समावेशीबाट एक(एक जना तथा सात प्रदेशबाट एक(एक जना गरी १० उपाध्यक्ष रहने व्यवस्था छ । सो व्यवस्था अनुसार बस्नेत प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कुशलबाबु बस्नेत तथा उपाध्यक्षमा
महासचिवमा अहिले गणेश पाण्डे र राजेश राई प्रमुख दाबेदार हुन् ।
राई नेपाल पक्षीय उम्मेदवार हुन् भने पाण्डे र ओली पक्षीय उम्मेदवारका रुपमा चिनिन्छन् । उपमहासचिमा बस्नेत पक्षबाट देविका जिएम र रामकृण्ण शर्मा तथा नेपाल पक्षबाट सुरोजंग पाण्डे र अमृतनाथ तिमल्सीनाले उम्मेदवारी घोषणा गरेका छन् ।
अबको प्रेस चौतारीमा ७ सचिव हुनेछन् । चार जना खुलाबाट तथा महिला, मधेसी र आदिवासी जनजातीबाट एक एक जना गरी ७ सचिव पद रहनेछन् ।
कोषाध्यक्षमा नवराज छत्कुली र टेकराज थामीले उम्मेदवारी घोषणा गरेका छन् ।
खुल्ला १५ केन्ऽीय सदस्य हुनेछन् भने आरक्षण छुट्टै छ ।
यसैगरी एक कार्यकाल केन्द्रीय समित सदस्य नभएपनि पदाधिकारी बन्न पाउने गरी विधान परिवर्तन भएको खण्डमा उपत्यका अञ्चल सकिति सदस्य शन्तराम बिडारी र प्रतिष्ठान अञ्चल सदस्य प्रकाश सिलवालको उमेद्वारी पक्का छ भने विधान परिवर्तन नभएको खण्डमा पनि केन्द्रीय सदस्यमा बिडारी र सिलवालको उमेद्वारी पर्ने देृखिन्छ ।
यसैगरी खुला तथा भूगोलका विभिन्न स्थानबाट गरी अहिलेसम्म गणेश आचार्य, विष्णु तारुके, रामेश्वर कार्की, तेज वाग्ले,देवचन्द्र भट्ट, माधव तिवारी, मीनराज वास्तोला, संचिता घिमीरे, शरद शर्मा, राजेश शर्मा, सोम शर्मा, राजिव सिलवाल, हरिबल्लव नेपाल, दिपेन्द्र खड्का, राजन दाहाल, पार्वती पाण्डे, नारायण कुमार शाह, भवानी कार्की, ध्रुव सुवेदी, छोटु शेर्पा, सटेन्ऽ जगेबु, फणी महत, दिनेश थापा, शिशिर सिंखडा, शालिग्राम नेपाल लगायतले अहिलेसम्म केन्ऽीय सदस्यको दाबेदारको रुपमा देखिएका छन् ।
केन्ऽीय सदस्य पदका लागि मात्रै १०० भन्दा बढीले उमेद्वारी दर्ता गर्ने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply