प्रचण्डलाई डरैडर
काठमाडौं । माओवादीसाग पार्टी एकता गर्नासाथ प्रचण्डको विश्वास जित्न नारायणकाजी श्रेष्ठले कम्ती पापड बेलेनन् । विभाजन र संकटका बेला पनि प्रचण्डलाई साथ दिएका श्रेष्ठ अहिले एकतापछि चाहिा अलमलमा परेका छन् ।
अहिले रामबहादुर थापा बादलसहित १० वटा कम्युनिस्ट घटकबीचको एकतापछि आफूलाई नै विवादमा पार्ने गरी अभिव्यक्ति सार्वजनिक भएपछि उनी तनावमा परेको स्रोतको दावी छ । एकताअघिको प्रमुख सर्त नै बादललाई प्रचण्डपछिको दोस्रो वरीयता दिने भन्ने कुरा श्रेष्ठलाई थाहा थिएन । उता पार्टी एकता भइसकेपछि हिजोको सर्त पालनामा प्रचण्डले इमानदारी नदेखाएको भन्दै बादल समूह असन्तुष्ट भएको छ । श्रेष्ठले आफूभन्दा माथिको वरीयतामा बादललाई लैजान नमानेपछि प्रचण्ड संकटमा परेका छन् । कृष्णबहादुर महरा, वर्षमान पुन, बलदेव खनाललगायतका नेताहरूले पनि बादललाई नै दोस्रो नेता बनाउनुपर्ने भन्दै प्रचण्डलाई दबाब दिइरहेको थाहा भएको छ । संकटको सामना गर्न नसकेपछि अहिले तत्कालका लागि नौ सदस्यीय हेडक्वार्टर बनाउने भनेर अस्थायी समाधान निकालिएको छ ।
स्रोतका अनुसार, आफ्नो सहपाठी पनि भएकाले प्रचण्डको चाहना बादललाई नै आफूपछिको दोस्रो नेता बनाउने भन्ने छ । पार्टी एकतापूर्व उनले त्यो वचन दिइ पनि सकेका छन् । तर, त्योभन्दा ठूलो चिन्ता एकातिर टाल्दा अर्कातिर च्वाङ पर्ला कि भन्नेमा रहेको बुझिएको छ । पार्टी एकीकरणको राम्रो सन्देश गएका बेला बादललाई दोस्रो वरीयता दिए कतै श्रेष्ठ समूह पार्टीबाट बाहिरिने हो कि भन्ने डरले प्रचण्ड त्रस्त भएको स्रोतले बतायो । पार्टीमा उक्त समूहका अमिक शेरचनलगायत नेताहरू पहिल्यैबाट असन्तुष्ट रहिआएकोमा श्रेष्ठलाई पनि चिढ्याइयो भने एकता केन्द्रबाट आएका सबै बाहिरिने हुन् कि भन्ने चिन्तामा प्रचण्ड रहेको लाजिम्पाट स्रोतले बतायो ।
वर्षमान र जनार्दनका आ–आफ्नै दाउ
माओवादीभित्र चतुर राजनीतिक खेलाडीका रूपमा चिनिने वर्षमान पुनले पार्टीमा कब्जा जमाउन नयाा खेल सुरु गरेका छन् । उनको नयाा खेल थाहा पाएपछि आफूलाई उनकै प्रतिस्पर्धी ठान्ने जनार्दन शर्माले पनि काउन्टर रणनीति अघि सारेका छन् ।
पार्टी एकता गरेर ६ सय ९९ जनाको केन्द्रीय समिति बनाएपछि माओवादीमा पदको लडाइा सुरु भएको छ । अकांक्षी धेरै भएर पदको व्यवस्थापन गर्न नेतृत्वलाई हम्मेहम्मे परेका बेला दुई पूर्वलडाकु पुन र शर्मा भने एकले अर्कोको खुट्टा तानेर माथि पुग्ने खेलमा सक्रिय छन् ।
वर्षमान अहिले आफू उपमहासचिव भएर देव गुरुङलाई महासचिव बनाउने लाइनमा छन् । यसो गर्दा एकातिर एकता प्रक्रियाबाट आएका नेताको पनि सम्मान हुने र अर्कातिर कृष्णबहादुर महरालाई उपाध्यक्षमा धकेल्न पनि पाइने उनको स्वार्थ छ । गुरुङलाई अहिले महासचिव बनाउने र राम्रो भूमिका खेल्न नसक्ने भएकाले उनको कमजोरीको फाइदा उठाउादै अधिवेशनबाट आफू महासचिव हुने पुनको दाउ रहेको बुझाइ माओवादीमा छ । यसो हुादा महरा पनि ठेगान लाग्ने र पार्टीमा आफ्नो वर्चस्व पनि हुने रणनीतिअनुरूप पुनले पदीय भागबन्डामा अध्यक्ष प्रचण्डलाई घुमाउन खोजेको स्रोतले बतायो । अर्कातिर उनको यो रणनीति बुझेर शर्माले भने अहिले नै पम्फा भुसाललाई महासचिव बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । भुसाल महासचिव हुादा पुन अघि बढ्न नपाउने योजनाअन्तर्गत शर्माले यस्तो प्रस्ताव अघि सारेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply