गुल्मीमा काँग्रेसको ब्रम्हलुट
गुल्मी । गुल्मीमा स्थानिय बिकास अधिकारी (एलडिओ) भएर आएका डिलाराम पन्थीले काँग्रेसको इसारामा मात्र काम गर्दा गुल्मी जिविसमा काँग्रेसको हालिमुहालिले बिकासको काममा बिकृतिको रूप लिने देखिएको छ । स्थानिय बिकास अधिकारी पन्थीले अरुसँग यसको चगुँलमा आफु परेको बताएपनि काँग्रेसलाइ सहयोग गरेको र आफु स्थानिय भएको फाइदा उठाउँदै आफ्नो भेगमा मात्र योजना बाँडेको अन्य पार्टीका नेताले आरोप लगाएका छन् ।
पन्थी रेसुङ्गा नगरपालिका अर्खलेका बासिन्दा हुन् । जिल्ला शिक्षा समितीको अध्यक्ष समेत एलडिओ हुने हुँदा अन्य योजना बाँड्ने नगरपालिका , खानेपानी र सिचाइ जस्ता कार्यालयमा यिनको हालिमुहाली झन् कति छ कति जिविसको प्राय कामकाजी ठाउामा पनि कााग्रेस निकटकै कर्मचारी छन् जसमा क्रमश हरिलाल पन्थी, प्रेम भण्डारी, लेखा तेजेन्द्रथापा, स्टोर भिमसेन थापा, अनुगमन र योजना शाखामा पनि कााग्रेस निकटकै कर्मचारी छन् । गुल्मीका प्राय सरकारी कार्यालयमा कांग्रेसी कर्मचारीको दबदबा पुरानो चाँहि होइन । कााग्रेसका जिल्ला सभापति भुवन श्रेष्ठ र सचिव खिलध्वज पन्थी पनि प्राय कार्यकर्ताको काम गरिदिने नाममा जिविसमै अड्डा जमाएर बसेका हुन्छन् । दोस्रो संबिधान सभाको चुनावमा एमालेका एक हस्ती प्रदिप ज्ञवाली लाई हराएर चन्द्र भण्डारी लाई विजय गराउनमा पनि श्रेष्ठ र पन्थीको सबै भन्दा बढी भुमिका रहेको कााग्रेस कार्यकर्ताले बताउन थालेका छन् । उता अब हुने संघिय संरचनालाइ ध्यानमा राख्दै काग्रेस सभासद चन्द्रभण्डारीको निर्वाचन क्षेत्र बिकास कोषको बजेट समेत ३ नं का एमाले सासंद गोकर्ण बिष्टको क्षेत्रमा समेत पठाउन थालिएको छ । जसबाट हस्तिचौर र घमिर गाविसमा खानेपानीका पाइप बाँडिएको छ भने पुर्कोट दहको घिउपानी बाट मलागिरी गाविस जोड्ने मोटरबाटो खनाइएको छ ।जहाँ भण्डारिकै क्षेत्रका दिगाम , दौँगा जस्ता गाविसमा खानेपानीको चरम समस्या छ । त्यहाँका जनता बर्षौदेखि टाढाको बाटोबाट पानी बोक्न बाध्य छन् तर अहिले सम्म यसको समाधानका लागी कुनै ठोस पहल भएको छैन । तिन नम्बर क्षेत्रमा आफ्नो भोट बैङ्क बढाउन काँग्रेस नेताहरू चाँहि लाख डेढ लाख रकम बराबरका काम गरेर उद्घाटन गर्ने निहुमा पार्टीको कार्यक्रम राखेर बिष्टको अनावश्यक बद्ख्वाँइ गर्ने र अरू पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गराउने प्रयत्न गरेपनि तिन नम्बरका जनताले रामा्र मान्छेको अनावश्यक टिप्पणी गर्न भन्दा आजसम्म बिष्टले ठुला ठुला काम गरि सकेपछि साना तिना काममा बढ्ता राजनिती नगर्न र जनताका काम के काँग्रेसले गर्न हुँदैन भन्दै प्रतिप्रश्न गरेपछि काँग्रेसको योजना तुहिएको छ । अब राज्य पुनसंरचना हँुदा गुल्मीमा दुईवटा निर्वाचन् क्षेत्र हँदैछन् त्यसकारण सानातिना काम गरेर भएपनि बिष्टको क्षेत्रमा आफ्नो भोट बढाउन काँग्रेसिहरु मरिमेटेर लागेका हुन् । उता आर्थिक बर्षको अन्तिम हुन लाग्दा जिविस , खानेपानी र सिचाइ जस्ता कार्यालयमा आफु अनुकुलका कर्मचारिको फाइदा उठाएर हतार हतारमा योजना पेस गरी चोर बाटोबाट उपभोक्ता समिती बनाएर योजनामा परेको रकमको पचास प्रतिसत रकम मात्र खर्च गराएर जिल्लाका काँग्रेस नेताहरूले आफ्ना कार्यकर्ता पोस्ने काम गरेका छन् । एमालकै पहलमा ३ नम्बर क्षेत्र छिटै बिधुत बिस्तार मार्फत झलमल्ल हुदैछ भने गुल्मी प्यूठान जोड्ने तम्घास, सिमलटारी, पुर्कोटदह हुँदै प्यूठान जोड्ने सडकको कालोपत्रेको काम भइराखेको छ । गुल्मी जिल्लाका सबैजसो भेगलाइ समेट्ने गरि तिनवटा सडक जसमा बुर्तुङ्ग, तम्घास, वामी इन्द्ेरगाौडा,छल्दि सडकखण्ड ,राक्से, अमराइ, रजस्थल, फुलबारी सडकखण्ड र रातडाँडा मुसिकोट, पौदिअमराइ,नेटादर्लिङ्ग ह्वाङ्दी सडकखण्डको लागी बजेट अर्थ मन्त्रालयबाट स्विकृत भईसकेकोले बहुबर्षिय ठेक्का मार्फत करिब एक अर्बको लागतमा उक्त सडकहरू निर्माणको काम हुदैछ । अमरपुर गाविसमा करिब एक अर्बको लागतमा अन्तराष्ट्रिय स्तरको खेलमैदान पनि बन्दैछ । तर जिल्लामा कर्मचारि तहबाट हुने सहयोगमा आफु निकट कर्मचारि नेतृत्व नहुनू र जिल्लाका एमाले नेताहरुको पनि कुनै कुनै ठाँउमा समन्वयको अभाव हुँदा जसभरि अरुले लिने छन् । आर्थिक वर्षको अन्तिम हुन लाग्दा गुल्मीमा त्यसको मौका समातेर कतिपय योजनामा परेको बजेटमा पनि कम खर्च गर्दा कामको गुणस्तर पनि रामा्रे छैन र योजनाको पास गर्ने नाममा सम्बन्धित कार्यालयका प्राविधिक कर्मचारी र बजेट निकासा दिने कार्यालयका कर्मचारीहरूको मिलेमतोमा योजना पास गरेर प्राविधिक देखि जिविसका कामकाजी शाखाका कर्मचारीको पेटमा समेत जनताको विकासे रकम पुग्ने गरेको छ । यसबाट गुल्मेली जनता चर्को मारमा परेका छन् । जेको लागि परेको रकम हो त्यसमा आधा पनि खर्च नगर्ने र नियमनकारी निकाय र त्यसका सम्बन्धित व्यक्तीले पनि यसमा लोभ देखाउदा गुल्मीको विकासमा यसले चरम विकृतीको रूप लिएको छ ।केहि दिन अगाडी नाटकि पारामा एलडिओ सहितको टोली ३ नम्बर क्षेत्रको पुर्कोट दह आसपासका गाविस र १ र २ नम्बर क्षेत्रका बिभिन्न गाविसमा अनुगमन गर्न गएपनि खास रिपोर्टिङ्ग नहुँदा झन् चोरलाइ सुली जस्तै भएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply