द्वन्द्वग्रस्त मुलुकका कामदारलाई फर्काऊ
केही दिनअघि, अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा परी १२ जना नेपाली कामदारले अमूल्य जीवन गुमाए । अफगानिस्तानको सत्तासाग लामो समयदेखि संघर्षरत तालिवानी आक्रमणकारीहरूले एउटा विदेशी कूटनीतिक नियोगको कार्यालयमा सुरक्षा दिइरहेका नेपालीहरूमाथि आततायी र क्रूर ढंगले आक्रमण गरेपछि यतिबेला सिंगो नेपाली जन स्तब्ध बन्न पुगेका छन् । तालिवानी लडाकुहरूको आक्रमणले १२ जना नेपालीलाई निलेसागै उनीहरूका पारिवारिक वृत्तमा शोकको माहोल सिर्जना भएको त छ नै, तालिवानको आततायी आक्रमणपछि नेपाली सुपुत्रहरूले जीवन बलिदान गरेकामा सबै नेपाली यतिबेला शोक सन्तप्त अवस्थामा छन् ।
तालिवानीहरूको क्रूर र अमानवीय क्रियाकलापप्रति देशभित्र र बाहिरबाट समेत निन्दा र भत्र्सनाका स्वरहरू सुनिन थालेका छन् । तालिवानी लडाकुहरूद्वारा आफ्नो नागरिक मारिदा नेपाल सरकारले उनीहरूको आतंककारी गतिविधिको निन्दा गर्नु स्वाभाविक छ । तर, संयुक्त राष्ट्रसंघदेखि अरू बाह्य मुलुकहरूले समेत तालिवानीहरूको आतंककारी क्रियाकलापप्रति निन्दा गरेपछि भने काबुल आक्रमणले सिंगो विश्वलाई नै छोएको रहेछ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । काबुल आक्रमणले शान्तिपूर्ण विश्वको परिकल्पना गर्नेहरूका लागि चुनौती त थपेको छ नै, तालिवानीजस्ता विश्वका अरू लडाकु शक्तिहरूलाई समेत विश्वव्यापी रूपमा उब्जिएको निन्दा र भत्र्सनाले पक्कै पनि छोएको हुनुपर्छ ।
त्यसो त तालिवानीहरूको आक्रमणमा परी १२ नेपालीले ज्यान गुमाएलगत्तै सरकारले मृत्यु भएकाहरूलाई नेपाल ल्याउन र घाइतेहरूको उपचारका लागि तत्काल कदम चाल्न जुन सक्रियता देखायो, त्यसलाई अहिले सबैले प्रशंसाको नजरले हेरिरहेका छन् । नेपालबाट तुरुन्तै विमान पठाएर मृतकहरूलाई आफ्नै देशमा ल्याई आफन्तहरूको जिम्मा लगाउने, सोही आक्रमणमा परी गम्भीर घाइते भएकाहरूलाई सुविधासम्पन्न अस्पतालहरूमा उपचार गराउने र अफगानिस्तानमा जोखिमपूर्ण अवस्थामा काम गरिरहेका कामदारहरूलाई स्वदेश फर्काउने कार्यमा सरकारले जसरी तदारुकताका साथ कदम चाल्यो, उक्त कार्यलाई सिंगो नेपाली जनताले हार्दिक सराहना गरेका छन् र यतिबेला सरकार बधाईको पात्र बन्न पुगेको छ ।
अहिले दिनहुा हजारौं नेपालीहरू वैदेशिक रोजगारका निम्ति बाह्य मुलुकहरू गइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हजारौं नेपाली खाडी मुलुकदेखि मलेसिया, कोरिया र इराक, अफगानिस्तानजस्ता द्वन्द्वग्रस्त मुलुकहरूमा उडिरहेका छन् । देशभित्र रोजगारीका उपयुक्त अवसर र वातावरण नभएपछि केही दशकयता नेपालीहरूले वैदेशिक रोजगारलाई नै पहिलो प्राथमिकतामा राख्दै आएका छन् । खासगरी, ग्रामीण भेगमा बस्ने युवाहरू जुागाको रेखी बस्न थालेपछि वैदेशिक रोजगारप्रति आकर्षित बन्न थाल्नु अहिले नेपाली समाजको नियति नै बन्न पुगेको छ । र, केही वर्षयता देशको अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारमा जानेहरूले कमाएर ल्याएको पैसाबाट नै धानिएको छ । अहिले राष्ट्रिय अर्थतन्त्रको ढुकढुकी नै वैदेशिक रोजगारीबाट आएको पैसाबाट चलेकोमा कसैको दुईमत नहोला ।
वैदेशिक रोजगारीमा जाने क्रम बढेसागै सरकारले कुन मुलुकमा जाादा सुरक्षित होइन्छ र कुन मुलुक असुरक्षित छ भनेर निक्र्योल गर्नुपर्ने हो । तर, पछिल्ला समयमा सरकारी लापरबाहीका कारण असुरक्षित ठानिएका अफगानिस्तान, इराकजस्ता मुलुकहरूमा कामदार जाने क्रम नपत्याउादो गरी बढ्यो । अरू मुलुकहरूमा भन्दा द्वन्द्वग्रस्त मुलुकहरूमा सुरक्षाकर्मीका रूपमा जाादा तलब र सुविधा बढी पाइने लोभमा नेपाली कामदारहरू त्यस्ता मुलुकहरूमा बढी आकर्षित हुन पुगे । जोखिमै भए पनि बढी तलब र सुविधा आउने मुलुकहरू नेपाली कामदारहरूको प्राथमिकतामा दर्ज हुन पुगे । त्यही भएर द्वन्द्वग्रस्त ती मुलुकहरूमा सहज रूपमा जान नसकिए चोर बाटो भएरै पनि जाने क्रम ह्वात्तै बढ्न पुग्यो । त्यसो त दशकअघि इराकमा १२ जना नेपाली मारिादा द्वन्द्वग्रस्त मुलुकहरूमा कामदार पठाउने कार्यलाई सरकारले कडाइका साथ प्रतिबन्ध लगाएको थियो । छिटफुट रूपमा अरू देशहरूका माध्यम हुादै त्यस्ता मुलुकहरूमा नेपाली कामदारहरू जाने गरेका थिए । तर, पछिल्लो समय भने द्वन्द्वग्रस्त मुलुकहरूमा कामदारहरू जाने क्रम बढे पनि र ती मुलुकहरू असुरक्षित छ भन्ने कुरा थाहा भए पनि सरकारले कडाइ गर्न चाहेन, खुकुलै छाड्यो । दशक पहिला इराकमा १२ जना नेपाली मारिएकै नियति अहिले अफगानिस्तानमा दोहोरियो । अफगानिस्तान घटना सरकारको खुकुलोपनको परिणाम बन्यो ।
अहिले सरकारले द्वन्द्वग्रस्त मुलुकहरूबाट नेपाली कामदारहरूलाई स्वदेश फर्काउने प्रयत्नको थालनी गरेको छ । सबैलाई थाहा भएकै विषय हो, विश्वका जुनकुनै द्वन्द्वग्रस्त मुलुकहरू छन्, चाहे अफगानिस्तान होस् वा इराक नै किन नहोस्, त्यहाा नेपालीहरूलाई अत्यन्तै जोखिमपूर्ण ठाउाहरूका सेवामा खटाइन्छ । अहिले पनि द्वन्द्वग्रस्त मुलुकहरूमा कामका लागि गएका नेपालीहरू तरबारको धारमै छन् । कुनै पनि बेला नेपालीहरू तालिवानजस्तै अतिवादी लडाकु दस्ताको आक्रमणको निसानामा पर्न सक्छन् । तसर्थ, सरकारले द्वन्द्वग्रस्त मुलुकहरूको धमिलो राजनीतिक अवस्थालाई बुझेर त्यस्ता मुलुकहरूमा कामदार जान पूर्ण प्रतिबन्ध लगाउने र गएका कामदारहरूलाई फर्काउने वातावरण बनाउनुपर्छ । फेरि पनि नेपालीहरूले आासु र शोकको परिस्थिति बेहोर्नु नपरोस् ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply