नेताका आडमा व्यवसायीको दादागिरी
काठमाडौं । नेकपा (एमाले)को एक महत्त्वपूर्ण पदीय जिम्मेवारीमा रहेका नेताको आडभरोसामा एकजना मेनपावर व्यवसायीले दादागिरी मच्चाइरहेका छन् । पहिले विदेशी रेस्टुरेन्टमा बाउन्सरको काम गरेर नेपाल आई सम्पर्क मञ्चको समेत राजनीति गरेका तनहुाका हरि पाण्डे क्षत्रीले डाङडुङ पारेर आफ्नो धन्दा चलाइरहेका छन् ।
फ्युचर स्टार म्यानपावरका सञ्चालक क्षत्री म्यानपावर व्यवसायीका अलावा मान्छे तर्साएर समेत वैदेशिक रोजगारका क्षेत्रमा आतंक मच्चाइरहेको एक व्यवसायीले बताए । उनले स्वदेशमा रोजगारीको अभावका कारण विदेश जान लागेका गरिब कामदारलाई ठग्ने गरेका एक पीडितले बताए ।
पैसा कमाउने अभिलाषामा विदेश जान जग्गाको लालपुर्जा धितोमा राखेर ऋण काढेर ल्याएको पैसामा पाण्डेले मस्ती गरेको बताइएको छ । पाण्डेले पैसाको प्रलोभनमा पारेर एमालेका ती नेतालाई आफ्नो पकडमा राखेका छन् । अघिल्लो साता आफैंले ठगेर आफैंले वैदेशिक रोजगार विभागको प्रांगणमा पीडित गुल्मी सिमीचौरका २८ वर्षीय कृष्ण कुावरलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उपाध्यक्षसमेत रहेका पाण्डेको सामाखुसीस्थित टाउन प्लानिङमा म्यानपावर सञ्चालनमा छ । भूपू भारतीय लाहुरेसमेत रहेका पाण्डे तिनै गुन्डाको सहायतामा ठगी कार्य गर्दै आएका छन् । सरकारले तोकेको सिलिङभन्दा बढी शुल्क लिने र कामदारले न्यायिक निकाय वैदेशिक रोजगार विभाग वा प्रहरी कार्यालयमा उजुरी गरेको खण्डमा पीडितलाई कुटपिट गर्ने र उजुरी फिर्ताका लागि दबाब पनि दिने गरेका छन् । कुावरलाई पनि विभागमा पाण्डेले लात्तीले छाती र पेटमा कुटेको प्रत्यक्षदर्शीले बताए ।
कुावरले रोजगारीका लागि साउदी अरब जान ७० हजार रुपैयाा बुझाएका थिए । पाण्डेले कुावरमार्फत सरकारले तोकेको भन्दा ६० हजार रुपैयाा बढी लिएका थिए । सरकारले २०७२ असार २१ गतेदेखि लागू हुने गरी १० हजार रुपैयाा मात्र लिने निर्णय गरेको थियो । पाण्डेबाट ठगिएका कुावरको राहदानीसमेत पाण्डेले फिर्ता दिन नमानेको बताइएको छ । त्यही भएर कुावरले बढी पैसा तिरेर पनि राहदानी फिर्ता नपाएपछि उजुरी गर्न वैदेशिक रोजगार विभागमा पुगेका थिए । कुावरको उजुरी परेपछि विभागकी निर्देशक रमा भट्टराईले दुवै पक्षलाई बोलाइन् । त्यसपछि पाण्डे फेरि पेलेरै जाने तयारीमा लाग्दा कुावरले मानेनन् । उनले राहदानीसहित पैसा फिर्ता पाउने अडान राखेपछि पाण्डेले कुावरमाथि हातपात गरेका थिए । कुावरलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पतालमा लगियो । सामाखुसी क्षेत्रका प्रहरीलाई आफ्नो पकडमा राख्न सफल उनले बानेश्वर प्रहरी वृत्तलाई आफ्नो पकडमा लिने र प्रहरीको हिरासतमा नजाने प्रयास गरेका थिए । तर, उनलाई स्थानीय र प्रत्यक्षदर्शीको दबाबका कारण प्रहरीको नियन्त्रणमा पुर्याइयो ।
पछि एमालेका ती नेताले प्रहरीलाई दबाब दिएर पाण्डेलाई प्रहरीबाट छुटाइएको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply