माओवादी छटपटी
नेकपा (माओवादी–केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल यतिबेला वर्तमान सरकार परिवर्तन गर्ने अभियानमा तीव्र रूपमा जुटेका छन् । अध्यक्ष दाहाल मात्रै होइनन्, माओवादी–केन्द्रका उपल्लो तहका नेताहरूसमेत सरकार परिवर्तनका अभियन्ता बन्न पुगेका छन् । वर्तमान सत्ता गठबन्धनलाई तोडेर नयाा गठबन्धन निर्माण गर्ने प्रयत्नमा माओवादी–केन्द्रका नेताहरूको सम्पूर्ण ऊर्जा खर्च भइरहेको छ अहिले । सरकार परिवर्तनकै खेलोफड्कोमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्मको भेटघाटलाई अध्यक्ष प्रचण्डले घनीभूत तुल्याउनुका साथै सरकार विकल्पका अनेक बाटाहरूसमेत अवलम्बन गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्षलगायत अरू नेताहरूको सक्रियतालाई नियाल्दा यस्तो प्रतीत हुन्छ, अब चाँडै नै नेपालको राजनीतिले कोल्टे फेर्नेछ र नयाा सरकारको मुहार देख्न पाइनेछ ।
आखिर १० महिनाअघि आफ्नै समर्थनमा गठन भएको वर्तमान सरकारलाई फेर्ने दौडधुपमा माओवादी केन्द्र किन लालायित देखियो ? विगतमा गठबन्धनको बेला आफूले मागेजति संख्या र आकर्षक मन्त्रालयहरू पाएका माओवादी केन्द्रले अहिले सरकार परिवर्तन गर्न न्वारानदेखिको बल निकाल्नुलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै वर्तमान सरकार बदलेर आफ्नै नेतृत्वमा सरकार बनाउने खेलमा लागेपछि त झनै आशंकाहरू निम्तिएका छन्, नेपाली राजनीतिक वृत्तमा । विनाकारण सरकारबाट हट्ने वा सरकार फेर्ने कुरा माओवादी केन्द्रका नेताहरूबाट सायदै आएका होलान् भन्न सकिन्छ । तर, वर्तमान सरकार फेरेर आफ्नै नेतृत्वमा नयाा सरकार गठन गर्ने माओवादी हुटहुटीको पछि भने विभिन्न कारणहरूले भूमिका खेलेकोमा कुनै आशंका देखिादैन ।
पहिलो पक्ष त पार्टीभित्रको आन्तरिक दबाब नै हो । दबाब तीव्र बन्दै गएपछि यतिबेला प्रचण्डलाई ओली नेतृत्वको सरकार फेर्नैपर्ने बाध्यता आइपरेको स्पष्टै बुझिन्छ । नौबुादे सहमतिमा माओवादी केन्द्रले राजनीतिक बाजी मारे पनि अन्तत: लिखित रूपमा सहमति नभएको तीनबुादे नै गााठी कुरा थियो, जसमा निश्चित समयपछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने गुह्य पक्ष छिपेको थियो । सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपूर्व सरकार फेर्ने खेलमा सफल भइसकेको माओवादी केन्द्रले त्यही गााठी सहमति कार्यान्वयन गर्नेतिर सरकार उदासीन रहेकोमा अहिले सरकार परिवर्तनको खेललाई तीव्र बनाएको हो । साथै, माओवादी केन्द्रका नेताहरूले सरकारद्वारा सहमति कार्यान्वयनमा चासो नदेखाइनुको आरोप लगाउनुका पछाडि पनि अलिखित तीनबुादे नै मुख्य कारण मानिएको छ । तसर्थ, पार्टीभित्रको आन्तरिक दबाब थेग्न नसकेपछि नै प्रचण्डले सरकार परिवर्तनको प्रयत्नमा दिनरात खर्चिनु बाध्य हुनुपरेको विदितै छ ।
२०७४ माघभित्र स्थानीय निकाय, प्रदेश र संघीय निर्वाचन सम्पन्न गरिसक्ने सरकारको प्रतिबद्धता पनि माओवादी केन्द्रका नेताहरूका लागि छटपटीको मुख्य कारक बन्न पुगेको छ । अहिले निर्वाचनको विषयमा कुनै पनि राजनीतिक शक्तिले विरोध गर्ने आधार देखिादैन । अझ, प्रमुख राजनीतिक शक्तिहरूले निर्वाचनको विरोध गर्नुलाई त जनताको मतदेखि डराउनु हो भन्ने सीधा अर्थ लाग्छ । सरकारले तीन तहकै निर्वाचनको समय–तालिका ल्याएपछि सुरुमा नेपाली कांग्रेसले विरोध गरे पनि पछिल्ला समयमा भने कांग्रेस स्वयं सेलाउन पुगेको छ । तर, बाह्य रूपमा निर्वाचनको विरोध नगरे पनि माओवादी केन्द्र भित्री रूपमा भने निर्वाचनदेखि भयभीत छ भन्ने कुरा छर्लङ्गै छ । अहिले गठबन्धन सरकारको मुख्य भूमिकामा रहे पनि स्थानीय निकायको निर्वाचन हुादा भने प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने यथार्थलाई माओवादीका नेताहरूले राम्रैसाग बुझेका छन् । अहिले स्थानीय निकायको निर्वाचनमा सहमति जनाएर अघि बढ्नुको अर्थ आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नु हो भन्ने कुरालाई माओवादीका नेताहरूले राम्ररी बुझेका हुादा परिस्थिति आफ्नो पार्टीको अनुकूल नभई चुनाव गराउने पक्षमा माओवादी नेतृत्व रहेको पाइादैन । तसर्थ, वर्तमान सरकारबाट बाहिरिए हुन्छ वा सरकार परिवर्तन गरेर हुन्छ, माओवादी नेतृत्व चुनाव नगराउने पक्षमा उभिएको छ । अहिले तीव्र राजनीतिक चलखेल गर्नुको अर्को मुख्य कारण चुनावलाई पछाडि धकेल्नु नै रहेको छ ।
तर, माओवादी केन्द्रका नेताहरूले सरकार परिवर्तन गरेर अघि बढ्ने संकेत दिए पनि नेपाली कांग्रेसले तत्काल उसलाई पत्याइहाल्ने अवस्था छैन । राजनीतिमा इमानदारीको विशिष्ट महत्त्व हुन्छ । तर, केही महिनापूर्व वर्तमान सरकार ढाल्ने खेलमा जुटेको कांग्रेसले अहिले सरकार परिवर्तन गर्ने खेलमा जुटेको माओवादी अभियानलाई अविश्वासका रूपमा मात्र लिएको छैन, माओवादीबाट भर छैन र कुनै पनि बेला धोका हुन सक्ने आाकलन गरेर नै कुनै पनि निर्णय लिने प्रस्ट देखिन्छ । सरकार परिवर्तनका लागि कांग्रेससाग सहयोगको याचना गरेको माओवादीले कांग्रेसबाट गतिलै जवाफ पाइसकेको छ । सरकार परिवर्तन गर्ने हो भने वर्तमान सरकार छाडेर आउनुपर्ने कांग्रेसको अडानले यतिबेला माओवादी गलेको मात्र छैन, कांग्रेसको सुझाव स्विकार्दा घरको न घाटको हुने हो कि भन्ने आशंकाको तलाउमा समेत माओवादी पक्ष डुबेको छ । यसरी, दोधारको राजनीतिले माओवादीलाई कुन दिशातिर धकेल्ला भन्ने प्रश्न यतिबेला नेपाली राजनीतिमा गहन रूपले उठ्न पुगेको छ ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply