मन्त्री कनिष्ठ भन्दै कार्यक्रम बहिष्कार
काठमाडौं । राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं एमाले केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष केशवप्रसाद बडालले आफूभन्दा कनिष्ठ प्रमुख अतिथि बन्ने भएपछि एउटा कार्यक्रम नै बहिष्कार गरेका छन् । केही दिनपूर्व दुग्ध विकास संस्थानको वार्षिकोत्सव भएको थियो । सोही कार्यक्रममा बडाललाई समेत निम्तो गरिएको थियो । तर, वार्षिकोत्सवको प्रमुख अतिथि पशुपन्छी विकासमन्त्री हुने भएपछि पार्टीमा आफूभन्दा कनिष्ठलाई प्रमुख अतिथि स्विकार्न नसकिने भन्दै बडालले कार्यक्रम नै बहिष्कार गरेका हुन् ।
संस्थानको व्यवस्थापन पक्षले सहकारी संघको अध्यक्षको हैसियतमा बडाललाई अतिथिका रूपमा निम्त्याएको थियो । व्यवस्थापन पक्षले ‘साउन १ गते हाम्रो ४८ औं वार्षिकोत्सव छ, पोहोर साल भूकम्पका कारण हुन सकेन, यसपालि भव्य रूपमा मनाउन लागिरहेका छौं, तपाईंलाई अतिथिका रूपमा निम्त्याउन लागेका छौं’ भनेर निम्तो गरेको थियो । तर, आफ्नो भाउ खोज्ने स्वभावका बडालले तत्काल व्यवस्थापनसित सोधे– ‘प्रमुख अतिथिचाहिँ कसलाई बनाउने हो ?’ संस्थानको व्यवस्थापन पक्षले पशुपन्छी विकासमन्त्री शान्ता मानवीलाई प्रमुख अतिथि र राज्यमन्त्री नरदेवी पुनलाई विशिष्ट अतिथि बनाउने जानकारी दियो । त्यसपछि व्यवस्थापन पक्षसित रन्किँदै बडालले भने– ‘म त पार्टीमा मानवीभन्दा माथिल्लो तहमा छु । कसरी आफूभन्दा कनिष्ठ प्रमुख अतिथि भएको ठाउँमा आउन सकिन्छ ? म आउँदिनँ ।’
बडालले कार्यक्रममा आउन नसक्ने जनाएपछि व्यवस्थापनले निकै अनुरोध गरे पनि आफूभन्दा कनिष्ठलाई प्रमुख अतिथि बनाएको स्वीकार्य नहुने भन्दै उनले कार्यक्रम नै बहिष्कार गरेको बताइन्छ । सो कुरा संस्थानका महाप्रबन्धक गंगा तिम्सिनाले आफ्नो मन्तव्यका क्रममा पनि राखेका थिए । महाप्रबन्धक तिम्सिनाले बडालको नाम लिँदै कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी दिएका थिए । उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल र कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई पनि अनुपस्थित थिए ।
सोही कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले दुग्ध विकास संस्थानका उत्पादनहरू शुद्ध रहेको तर निजी क्षेत्रका दुग्ध उद्योगहरूबाट उत्पादित घिउमा भने व्यापक मिसावट हुने गरेको बताएपछि दुग्ध उद्योग एसोसियनसनका अध्यक्ष सुमित केडियाले निजी क्षेत्रका दुग्ध उद्योगहरूबाट उत्पादित घिउमा मिसावट नभएको स्पष्टीकरण दिएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply