कांग्रेसवाट को को बन्दैछन् मन्त्री ?
काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्र गठवन्धनको आगामी सरकारमा नेपाली कांग्रेसवाट विमलेन्द्र निधीले नेतृत्व गर्ने पक्कापक्की भए पनि अरु मन्त्री छान्ने विषयमा भने गुट गुटका कोठे बैठक र भेटघाट भ्याइ नभ्याइ भएको छ ।
अहिलेको संस्थापन समूह, पुरानो संस्थापन समूह मात्र होइन, तस्रो धारका रुपमा नयाा जन्मेको कृष्णप्रसाद सिटौला समूह र खुम बहादुर खड्का समूहले पनि मन्त्रीमा आ आफ्नो भाग खोजेपछि मन्त्री छान्न महाभारत परेको बताइन्छ । पुरानो संस्थापन समूह अर्थात अहिलेको रामचन्द्र पौडेल समूह कतै सभापति देउवाले मन्त्री छनौटमा मनलाग्दी गर्ने हुन कि भनेर अहिल्यै देखि चनाखो बनेको छ । उक्त समूहको सोमबार छुट्टै बैठक समेत बसेको थियो । सो बैठकमा सभापति देउवालाई एकलौटी गरेर जान दिन नहुने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले बताए । गुटको बैठक सकिएपछि सो टोली सभापति देउवालाई भेट्न पुगेको थियो । भेटमा उनीहरुले मन्त्रालय लिादा देखि मन्त्रीहरु छान्दा सम्म केन्द्रिीय कमिटीबाट संस्थागत निर्णय गर्न देउवाको ध्यानाकर्षण गराएका थिए । देउवाले अहिले पहिले प्रधानमन्त्रीको चुनाव त हुन दिनोस्, म सबैसाग सल्लाह गरेरै काम गर्छु भन्ने आश्वासान दिएका थिए ।
कांग्रेस निकट स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्ने नयाा सरकारमा कांग्रेसवाट उपप्रधानमन्त्री सहित विमलेन्द्र निधीले नेतृत्व गर्ने पक्का भइसकेको छ । यो गठवन्धन बनाउन महत्वपुर्ण भुमिका खेलेका उनलाई गृह मन्त्रालय भने नदिइने बुझिएको छ । पार्टीभित्रका आकांक्षीहरुको सन्तुलन मिलाउनका लागि पनि गृहमन्त्रालय उनलाइ नदिन लागिएको हो । फास्ट ट्याकमा विशेष चासो भएका नाताले पनि निधीले उपप्रधानमन्त्रीसागै आवास तथा भौतिक योजना मन्त्रालय लिने सम्भावना छ । गृह वालकृष्ण खााडले पाउने सम्भावना बलियो रहेको स्रोतले बतायो ।
दुई पार्टीवीच माओवादी केन्द्रले प्रधानमन्त्री सहित अर्थ र कांग्रेसले गृह तथा परराष्ट लिने कोटामोटी सहमति भएपनि अरु मन्त्रालय वााडफााट अझै टुंगिएको छैन । मन्त्रालय नटुंगिए पनि कांग्रेसभित्र समभावित मन्त्रीहरुको चर्चा भने व्यापक मात्रामा भइरहेको छ । अर्जुन नरसिंह केसी, शेखर कोइराला, रमेश लेखक, बल बहादुर केसी, रामचन्द्र पोखरेल, सरिता प्रसाई, किरण यादव, सीतादेवी यादव, नविन्द्र राज जोशी लगायतको नाम मन्त्रीका लागि चर्चामा छ । त्यस्तैगरी सिटौला समूहवाट गगन थापा र खड्का समूहवाट खड्का पत्नी शिलाको नाम पनि सम्भावित मन्त्रीका रुपमा चर्चामा रहेको छ ।
निधीलाई दोहोरो पुरस्कार !
एमाले नेतृत्वको सरकार ढाल्ने विशेष भुमिका खेलेका निधीलाई सभापति देउवाले उपप्रधानमन्त्री त बनाउने नै भए पार्टीका रिक्त उपसभापतिमा पनि निधीलाई नै मनोनित गरेर दोहोरो पुरस्कार दिलाउने बुझिएको छ । खड्का र निधी मध्ये कसलाइ उपसभापति बनाउने भन्ने अन्यौलका कारण देउवाले अहिलेसम्म पदाधिकारी नियुक्त गर्न सकेका छैनन् । कसैलाई सरकारमा कसैलाई पार्टीमा सेट गरेर दुवैतिरका आकांक्षीहरुको व्यवस्थापन गर्नुपर्ने आफ्नै समूहको सुझाव विपरित देउवाले दुवै पद निधीलाई सुम्पन लागेका हुन् । स्रोतका अनुसार निधीलाई उपसभापति बनाएर खड्कालाई महामन्त्री बनाउने लगभग पक्का भइसकेको छ ।
अर्का खड्का ‘रिंग आउट’ !
सभापति देउवाका अत्यन्त निकट मानिने पुर्णबहादुर खड्का भने अहिले त्यो समूहवाट लगभग रिंग आउट नै भएको चर्चा कांग्रेस वृत्तमा हुन थालेको छ । अघिल्लो कार्यकालमा उनी देउवाको कोटामा सहमहामन्त्री बनेका थिए । पछिल्लो समयमा एमालेका अध्यक्ष केपी ओली साग पुर्व सहमति विपरित तत्कालिन प्रधानमन्त्री तथा पार्टी सभापति सुशिल कोइरालालाई प्रधानमन्त्रीमा उठाएपछि त्यसको विरोध गर्दै उनले सहमहामन्त्रीवाट राजीनामा दिएका थिए । अहिले उनले सरकारमा मन्त्रीका लागि भन्दा पार्टीको महामन्त्रीका लागि दावी गर्दै आएका थिए । तर, उनी त्यसमा पनि चिप्लेको स्रोतको दावी छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply