बावुरामले पार्टी छाडे पनि त्रास कायमै
काठमाडौं । बाबुराम भट्राइले एमाओवादी छाडेको नौ महिना भइसकेको छ । त्यसयता एमाओवादी र रामबहादुर थापाहरुवीच एकता भएर एमाओवादीको नाम माओवादी केन्द्र भइसेको छ भने भट्राइले पनि नयाा शक्ति नाममक पाटी घोषणा गरिसकेका छन् । तर, अचम्म लाग्दो कुरा के छ भने, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भट्राइको त्रासले अझै छाडेको छैन् ।
नेपालको राजनीतिमा रातारात कुनै नाटकीय परिवर्तन भएन तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहाल आज मुलुकको ३९ औं प्रधानमन्त्री बन्दैछन् । प्रधानमन्त्री बन्नु अघि नै नुर गलिसकेका दाहालले संविधान कार्यन्वयनको राष्टिय चुनौती सामाधान गर्लान भन्ने त परको कुरा आफ्नै पार्टीवाट कसलाइ मन्त्री बनाउने भन्ने निर्णय लिन पनि ठूलो चुनौतिको सामना गर्नुपरेको छ । पार्टी छाडेर गईसकेका भट्राइका त्रासका कारण पनि दाहाललाई मन्त्री छान्न समस्या परेको बुझिएको छ ।
माओवादी स्रोतका अनुसार विगतमा भट्राइका निकट भनेर चिनिएपनि नयाा शक्तिमा नलागेका प्रभु साह र टोपबहादुर रायमाझीका कारण पनि दाहाल संकटमा परेका छन् । साह सोमबार विहानै आफूलाई संचारमन्त्री बनाउनु पर्ने माग गर्दै दाहाल निवास लाजिम्पाट पुगेका थिए । उनलाई मन्त्री नवनाए भट्राइकै नयाा शक्तिमा जाने हो कि भन्ने त्रासका कारण पनि मन्त्री बनाउन सकरातमक भएको बुझिएको छ । एमाले अध्यक्ष केपी ओली सरकारमा पार्टीका तर्फवाट प्रतिनिधीत्व गरेका टोपबहादुर रायमाझीलाई पनि चित्त बुझाउनु पर्ने वाध्यता दाहालका सामू रहेको बताइन्छ । रायमाझी एमालेसागको गठवन्धन तोड्नु हुादैन भन्नेमा अन्तिमसम्म पनि लागि परेका थिए । त्यो बेला रायमाझी उपप्रधानमन्त्री सहित सरकारमा रहेको र त्यो गठवन्धन भतकाउनाको औचित्य पार्टी नेतृत्वले पुष्टि गर्न पनि नसकेको अवस्थामा रायमाझीलाई कता व्यवस्थापन गर्ने भन्ने अर्को समस्या दाहालका सामू रहेको बुझिएको छ । अर्खााखाचीका अधिकांश माओवादी वावुुरामको नयाा शक्तिमा लाग्दा पनि दाहाललाई साथ दिएका रायमाझीले आफूलाई सरकारमा दोहोर्याउनु पर्ने माग गरेको स्रोतले बतायो ।
माओवादी केन्द्को भागमा टुंगो लागिसकेको मन्त्रालय अर्थ मात्र हो । तर, त्यो एउटा मनत्रालय कसले लिने भन्नेमा पनि ठूलो लफडा रहेको बुझिएको छ । स्रोतका अनुसार कृष्ण बहादुर महराले उपप्रधान सहित अर्थको दावी गरेका छन् । महरा उपप्रधानमन्त्री बन्ने पक्का भएपनि अर्थमन्त्री को बन्ने भन्ने पक्का नभइसकेको स्रोतले बतायो । स्रोतका अनुसार महरा बाहेक जनार्दन शर्मा र गिरिराज मणी पोखरेलले पनि अर्थमै दावी गरेका छन् । अघिल्लो सरकारमा शिक्षा मन्त्री भएर राम्रो काम गरेका पोखरेल नारायणकाजी श्रेष्ठ समूहको कोटावाट फेरी दोहोरीने र यसपटक अर्थ मन्त्रालय लिने लविंगमा लागेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply