जाादाजाादै टुकुचा समेत छोडेनन्
काठमाडौं । कामचलाउ हैसियतमा झरिसकेर बिदा हुने दिन कुरेर बसेका उपप्रधानमन्त्री तथा समाज कल्याण मन्त्री सिपी मैनालीले पुन: विवादास्पद काम गरेका छन् । मन्त्री मैनालीले समाज कल्याण परिषदको बैठक बसाएर इच्छुमति खोला अर्थात टुकुचाका साना कृषि व्यवसायीलाई त्यहााबाट विस्थापित गर्ने र व्यापारी मोटाउने गरी निर्णय गरेको बताइन्छ ।
एक करोड १० लाख रुपैयाा पुरानो बक्यौता नतिर्ने हिरादेवी खड्गीलाई बागबजार इच्छुमतीको तरकारी बजार ठेक्कामा दिने निर्णयविरुद्धको परेको मुद्दामा पुनरावेदन अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने फैसला गरेको थियो । बागबजारको तरकारी बजार ठेक्कामा दिने निर्णयविरुद्ध २ सय ५ साना तरकारी ब्यापारीले पुनरावेदन अदालतमा मुद्दा दिएका थिए । उक्त मुद्दामा अन्तरिम आदेश दिएको पुनरावेदनले गत बुधबार अन्तरिम आदेश दिनुनपर्ने फैसला गरेको हो ।
ठेकेदार हिरादेवी खड्गीको मृत्यु भइसकेको छ । तर उनको नाममा कीर्ते सही गरी उनकी छोरी दुर्गा खड्गीले तरकारी बजारको ठेक्का पाएकी छिन् । ठेकेदार हिरादेवी खड्गीले पुरानो बक्यौता १ करोड १० लाख, पसल कवलको भाडा ७ लाख रुपैयाा तिर्न बााकी छ । समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बरालले बक्यौता नतिर्ने हिरादेवीले तरकारी बजारको टहरा र अरु संरचना बनाएको भनी ७६ लाख रुपैयाा मूल्यांकन गराइ क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेका छन् । ब्यापारीले बनाएका संरचना हिरादेवीले बनाएको भनी मूल्यांकन गराएर बरालले ५० प्रतिशत कमिसन खान खोजेको आरोप लाग्दैआएको छ ।
महानगरपालिकाबाट स्वीकृति नलिई बनाइएका टहराको क्षतिपूर्ति कसरी दिन मिल्छ भन्ने सवाल पनि ब्यापारीले उठाएका छन् । हिरादेवी खड्गीले सम्झौता अनुसार भाडा नतिरेपछि २०६८ भदौ १६ गतेदेखि परिषद्ले सम्झौता भंग गरेको थियो । बक्यौता नतिर्ने ठेकेदारलाई तरकारी बजारको ठेक्का दिएर महिला, बालबालिका तथा समाजकल्याण मन्त्री मैनालीले समेत लाभ लिएको आरोप छ ।
ठेकेदारलाई दिएर मन्त्री मैनालीले २ सय ५ साना ब्यापारी र तिनका आश्रित परिवारलाई बिचल्ली पार्ने काम गरेका छन् । २०६८ भदौदेखि तरकारी बजारका साना ब्यापारीले समाज कल्याण परिषद्लाई भाडा तिरेर संचालन गर्दैआएका थिए । २०७१ देखि ब्यापारीहरुले परिषद्लाई मासिक ९ लाख ९० हजार रुपैयाा तिर्दैआएका थिए । हिरादेवी खड्गीलाई परिषद्ले २०६० भदौ २४ गते तरकारी बजार ठेक्का सम्झौता गर्दा मासिक ५ लाख ५० हजार रुपैयाामा गरेको थियो । तर ब्यापारीलाई परिषद्ले ८० प्रतिशत भाडा बृद्धि गरी ९ लाख ९० हजार मासिक तिर्दैआएका छन् ।
सो कामका लागि मन्त्री मैनालीले जाादाजाादै लाखौं रकमको चलखेल गरेको व्यवसायीहरुको आरोप छ । २०५४ सालमा व्यवसायीहरुले स्थापना गरेको र २ महिना व्यावसायीले नै सञ्चालन गरेर विनोद तन्डुकार नामका व्यापारीलाई टेन्डरमा दिइएको उक्त टुकुचा तरकारी बजारमा हाल २ सय ६ वटा स्टल छ । तण्डुकारले साढे २ वर्ष सञ्चालन गरेपछि हिरादेवी खड्गीले ‘सबलिज’मा लिएकी थिइन् । उनको मृत्यु भएपछि व्पापारीहरुले सिधै समाज कल्याण परिषदमा भाडा बुझाएर त्यहाा व्यवसाय सञ्चालन गरिरहेका थिए । खड्गीको मृत्यु भइसकेपछि पनि मृतकको नाममै सम्झौता नविकरण गरिदिएको परिषदले अहिले उनको एकमात्र हकदार भन्दै छोरी दुर्गादेवी खड्गीको नाममा पुन: सम्झौता गरिदिएको बताइन्छ । २०६९ मा मन्त्री मैनालीकै श्रीमती निलम केसी समाजकल्याण मन्त्री हुादा नै मृतकको नाममा निर्णय गरिएको परिषदमा अहिले उनको छोरी दुर्गालाई सात दिन भित्र ठेक्का सम्झौता गर्न आउन भनेपछि त्यस क्षेत्रका सबै व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरुले हिजो परिषद कार्यालय घेराउ गरेका छन् ।
व्यापारीसंग भाडा उठाउने तर समयमा परीषदलाई नतिर्ने गरेर कालो सूचीमा परेका ठेकेदारलाई पुन ठेक्का सम्झौता गरीएकोमा व्यापारीहरुको तिव्र असन्तुष्टी छ । उनीहरु कानुनी लडाइका लागि समेत तयार रहेको व्पापारी कुमार तिमिल्सीनाले बताए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply