एमालेमा दुई वर्षदेखि नेता जिम्मेवारीविहीन
काठमाडौं । नेकपा एमालेमा केन्द्रीय नेताहरूको कार्यविभाजन भएको एक वर्ष चार महिना बितिसकेको छ । तर पनि उपाध्यक्षसहित एक दर्जन नेता भने पार्टीले कहिले काम दिन्छ भन्ने आसैआसमा दिन कटाइरहेका छन् । पछिल्लोपटक जिम्मेवारी नै नपाएर यसरी आसैआसमा दिन कटाउनेहरूको संख्या एक दर्जन नाघेको छ ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये अधिकांशलाई पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन । उपाध्यक्षहरू वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावलसहित चार उपाध्यक्षले जिम्मेवारी पाएका छैनन् । पुरानो संरचनाको विकास क्षेत्र र अञ्चल कमिटी खारेज भएपछि दुई महिनायता उनीहरूले जिम्मेवारी नपाएका हुन् । उनीहरूलाई भूगोल या केन्द्रीय विभाग कतैको पनि जिम्मेवारी तोकिएको छैन ।
पााच उपाध्यक्षमध्ये विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको पद रिक्त छ । १३ चैत २०७१ मा बसेको केन्द्रीय कमिटी बैठकले १ सय ८५ सदस्यीय केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको थियो । जिम्मेवारीविहीन उपाध्यक्षहरूले प्रदेश संगठन कमिटीको संयोजकमा दाबी गरिरहेका छन् । उपाध्यक्षहरूको दाबी रहादारहादै पनि काम नदिने योजनाका साथ स्थायी समिति बैठक नबोलाइएको उनीहरूको भनाइ छ । ‘हामीले संयोजक मागिरहेका छौं, तर नेतृत्वको संकुचित मानसिकताका कारण अझै स्थायी समिति बैठक बोलाइएको छैन,’ एक उपाध्यक्षले भने ।
केहीले महाधिवेशन सकिएको दुई वर्ष बितिसक्दा पनि परिभाषित जिम्मेवारी पाएका छैनन् । एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जिम्मेवारीविहीन नेताहरूलाई स्थायी समितिले नयाा जिम्मेवारी दिने बताए । ‘कतिपय नेता सरकारको जिम्मेवारीमा हुनुभएकाले तत्कालै काम नपाउनुभएको हो, अब उहााहरूबारे छिट्टै निर्णय हुनेछ,’ गुरुङले भने ।
तत्कालीन प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारमा मन्त्री भएका पोलिटब्युरो सदस्यहरू लालबाबु पण्डित, महेन्द्रबहादुर पाण्डे, राधा ज्ञवाली र दलबहादुर रानाले अझै जिम्मेवारी पाएका छैनन् । त्यस्तै, तत्कालीन कृषिमन्त्री हरि पराजुली पनि अझै बेरोजगार छन् । असार २०७१ मा नवौं महाधिवेशन हुादा उनीहरू सबै कोइराला नेतृत्वको मन्त्रिमण्डलमा सहभागी थिए । १३ चैत २०७१ मा बसेको केन्द्रीय कमिटी बैठकले कार्यविभाजन गर्दा पनि उनीहरू मन्त्री नै थिए । तर, गत असोजबाट सरकारको कामबाट फर्किएको १० महिना बितिसके पनि एमालेले उनीहरूलाई कुनै कामको जिम्मेवारी दिइएको छैन । त्यस्तै, पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका अग्नि खरेल र नेता सोमप्रसाद पाण्डे पनि जिम्मेवारीविहीन छन् । खरेलले सम्हाल्दै आएको संसदीय व्यवस्था विभागको जिम्मेवारी पूर्वसभामुख सुवास नेम्वाङलाई दिइएकाले मन्त्रीबाट फर्किएपछि खरेल जिम्मेवारीविहीन बनेका हुन् ।
पटकपटक ध्यानाकर्षण गराउादा पनि अझैसम्म पार्टीले कुनै काम नदिएको नेताहरूको दाबी छ । ‘महासचिवलाई नै जिम्मेवारी दिनुस् भनेर मन्त्रीबाट फर्किएलगत्तै काम मागें, तर उहााले दस्तावेज पढ्दै गर्नुस्, पढ्न भ्याउनुभएको छैन होला भन्नुभो,’ पोलिटब्युरो सदस्य लालबाबु पण्डितले भने– ‘त्यसपछि ध्यानाकर्षण गराउादै आए पनि १० महिना बित्न लाग्दा पनि जिम्मेवारी दिइएको छैन ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply