प्रचण्डको पश्चात्तापबोध
सत्ता सम्हालेलगत्तै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल पश्चात्तापको मुडमा देखिनुलाई नेपाली राजनीतिको सुखद आश्चर्यका रूपमा लिनु सान्दर्भिक होला । प्रधानमन्त्री भएलगत्तै दाहालले व्यवस्थापिका–संसद्मा सम्बोधन गर्ने क्रममा विगतमा आफूबाट गल्ती हुन पुगेको र अब भने गल्ती नदोहोर्याउने प्रतिज्ञा व्यक्त गरेका थिए । उनले दोस्रोपटक पनि गल्तीबाट पाठ सिक्नुपर्ने उपदेश दिएका छन् । केही दिनअघि सरकारका सचिवहरूलाई निर्देशन दिने क्रममा प्रधानमन्त्रीले भनेका थिए– ‘विगतमा हामीबाट पनि गल्ती भयो होला, प्रधानमन्त्रीको हैसियतले म आफू पनि त्यो नदोहोर्याउन सजग हुन्छु ।’ प्रधानमन्त्री दाहालमा आफूले विगतमा गरेका गल्तीहरूप्रति पश्चात्तापबोध हुनुलाई सकारात्मक रूपमा लिइनुपर्छ । आखिर गल्ती मानिसहरूबाटै हुन्छ र त्यसलाई नदोहोर्याउने संकल्प पनि मानिसले नै गर्नु उपयुक्त हुन्छ । देशको प्रधानमन्त्रीजस्तो गरिमामय र विशिष्ट पदमा पुगेका व्यक्तिद्वारा विगतका गल्तीहरूबाट पाठ सिकेर अघि बढ्ने प्रसंग उप्काउनुलाई सबै नेपाली जनताले हृदयंगम गर्नुपर्ने पक्ष हो भन्न सकिन्छ ।
तर, प्रधानमन्त्री दाहालले विगतका गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्ने संकल्पबोध आफूभित्र उमार्नुलाई सुखद पक्ष ठान्दाठान्दै पनि त्यसलाई व्यवहारको तहमा नउतारुन्जेल केही भन्न सकिने स्थिति छैन । नेपाली राजनीतिमा चम्किएका प्रायजसो नेताहरूका करनी र कथनीबीच ठूलो खाडल देखिने भएको हुादा प्रधानमन्त्री दाहालको गल्ती नदोहोर्याउने प्रसंगलाई त्यही अर्थ र परिभाषामा बदलेर हेर्नुपर्ने हुन्छ । सत्ताको बागडोर सम्हालेकाहरूले सुरुवाती दिनहरूमा जनताको विश्वास प्राप्त गर्न आकर्षक, मिठासपूर्ण र प्रभावकारी कथनहरूको सहारा लिनुलाई अनौठो मान्न सकिादैन । तर, सत्तान्धको जालमा फसेपछि भने विगतमा आफूले गरेका प्रतिबद्धता, संकल्प र गहन कथनहरूलाई बिस्तारै भुल्दै जाने र गल्तीहरूको चाङमाथि आफूलाई उभ्याउने कार्यमा अधिकांश नेताहरूले सफलता नै हासिल गरेका अनेक दृष्टान्तहरू छन् । यो नेपाली राजनीतिमा पटकपटक देखा परिरहने प्रवृत्ति हो र यो प्रवृत्तिबाट नवनियुक्त प्रधानमन्त्री दाहाल टाढै रहनु होस् भन्ने शुभकामना मात्र दिन सकिन्छ यतिबेला ।
राजनीति गर्नेहरूले गल्ती नगर्ने हो भने त्यसले देश र जनतालाई उच्च भलो हुनेमा द्विविधा छैन । देशका नीतिनिर्माताहरूले गरेका एउटा सानोभन्दा सानो गल्तीले पनि देश र जनताले दु:ख र कष्टको सामना गर्नुपर्दछ । तर, सबभन्दा धेरै गल्ती राजनेताहरूबाट नै हुने गरेका छन्, नीति निर्माणको तहमा रहेकाहरूबाट नै हुने गरेका छन् । आफ्नो पार्टीगत, गुटगत, पारिवारिकलगायत स्वार्थ पूरा गर्न अधिकांश नेताहरूले गल्तीको सहारा लिने गरेका छन् । नेताहरू मात्रै होइनन्, संवैधानिक अंगमा रहेका प्रमुख व्यक्तिहरूले पनि आफ्नो स्वार्थको संसारलाई फराकिलो तुल्याउन गल्तीको माध्यम अपनाउादै आइरहेका छन् । पछिल्लो समयावधिमा यो क्रम झनै बढेर गएको छ र देशको ताला–चाबी बोक्नेहरूले नै एकपछि अर्का अक्षम्य गल्तीहरू गर्दै गइरहेका छन् ।
प्रधानमन्त्री दाहाल विगतका आफ्ना गल्तीहरूप्रति सजग हुादै त्यसलाई नदोहोर्याउने कार्यप्रति अडिग हुनुलाई राम्रै अर्थमा लिनुपर्ने हुन्छ । सबैलाई ज्ञात भएकै विषय हो, प्रधानमन्त्री दाहाल अनेकन् गल्तीहरूका मोड छिचोल्दै वर्तमान बिन्दुसम्म आइपुगेका हुन् । इतिहासका केही मोडमा सकारात्मक कदम चाले पनि उनका अधिकांश समय र कार्यहरू भने गल्तीको चाङमाथि उभिएकोमा कुनै सन्देह देखिादैन । जनयुद्धमा गरिब नेपाली जनताका छोराछोरीलाई होमेर आफू भने सपरिवार सुरक्षित रूपमा विदेशी भूमिमा रम्नुलाई उनको गल्ती भन्ने कि नभन्ने ? सत्ताको लोभ र मोहमा फसेर १० वर्षसम्म युद्ध लडेका लडाकुहरूलाई बिचल्लीमा पार्ने उनको निर्णयलाई गल्तीको तहमा राखेर हेर्ने कि नहेर्ने ? अघिल्लोपटक प्रधानमन्त्री भएका बेला नेपाली सेनाजस्तो विवादमुक्त संस्थालाई चलाउने कार्य गरेर जोखिम मोल्नुलाई उनले गरेका गल्तीहरूको सूचीमा आबद्ध तुल्याउने कि नतुल्याउने ? र, आफू प्रधानमन्त्री बन्ने लोभमा आफ्नै सहकर्मीहरूलाई धोका दिन नहिच्किचाउने उनको पदलोलुप प्रवृत्तिलाई उनको गल्तीका रूपमा स्विकार्ने कि नस्विकार्ने ? यस्ता अनगिन्ती प्रश्नहरू छन्, जसलाई प्रधानमन्त्री दाहालले विगतमा गरेका केही अक्षम्य गल्तीहरूको सूचीमा राखे फरक नपर्ने देखिन्छ ।
प्रथमत: बुद्धिमानीहरूले गल्ती नै गर्दैनन् । तर, गल्ती गरे भने त्यसलाई सच्याउने दिशामा उनीहरूले कुनै ढिलासुस्ती पनि गर्दैनन् । गल्ती गरेर पश्चात्तापबोध गर्नुभन्दा गल्ती नगर्नु नै सबभन्दा उत्तम कार्य हो । तर, गल्ती भइहाल्यो भने त्यसलाई तत्काल सच्याएर अगाडि बढ्न सक्नु झन् ठूलो महानता हो । आखिर, विगतका गल्तीहरूबाट पाठ सिकेर मात्र हुादैन, त्यसलाई व्यवहारमा कत्तिको लागू गर्ने भन्ने मुख्य प्रश्न हो । प्रधानमन्त्री दाहालले विगतका गल्तीहरूबाट पाठ मात्र सिकेर हुन्न, त्यसमा पश्चात्तापबोध गरेर मात्र हुन्न, त्यसलाई सच्याउने दिशातिर पनि उत्तिकै ध्यान दिन सक्नुपर्छ । त्यसो गर्न सके मात्र प्रचण्डको महानता प्रदर्शन हुनेछ ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply