एमालेमा प्रविधिमैत्री स्कुल, कार्यकर्ताको परीक्षा
काठमाडौं । नेकपा (एमाले) ले पार्टीका नेता–कार्यकर्तालाई वैचारिक रूपमा धारिलो बनाउन नियमित स्कुल सुरु गरेको छ । गत २३ साउनबाट सुरु भएको नियमित ‘प्रविधिमैत्री’ स्कुललाई केन्द्र, प्रदेश हुँदै तल्ला तहसम्म लैजाने योजना रहेको केन्द्रीय स्कुल विभागका उपप्रमुख शंकर पोखरेलले जानकारी दिएका छन् ।
नियमित स्कुलमा ७२ जना परिक्षार्थी दीक्षित भएका छन् । दोस्रो चरणमा युवासंघ नेपालका केन्द्रीय पदाधिकारी र सचिवालयका ३४ जना नेता–कार्यकर्ता तथा पहिलो चरणमा अनेरास्ववियुका ३८ जना नेता–कार्यकर्ता दीक्षित भएका छन् । उनीहरूलाई १४ वटा विषयमा दैनिक चार घन्टाका दरले साताव्यापी प्रशिक्षण दिइएको थियो । महासचिव ईश्वर पोखरेलले पार्टीमा वैचारिक पक्ष कमजोर बन्दा शृंखलाबद्ध कमिटी प्रणाली कमजोर हुने भएकाले यसको महŒव बचाइराख्न नेता–कार्यकर्ता संवेदनशील हुनुपर्ने बताए ।
एमालेले सुरु गरेको प्रशिक्षण आधुनिक प्रविधिमैत्री र अन्तक्र्रियात्मक मात्रै होइन, व्यक्तिको रुचि आधारित रहेको स्कुल विभागले जनाएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको तीनतले भवनमा नेता–कार्यकर्ताहरू नियमित कक्षामा सहभागी हुन जाने गरेका छन् । ‘ल्यापटपबाट पावर प्वाइन्टमार्फत प्रोजेक्टरमा स्लाइड सो गरेर कक्षा सञ्चालन भइरहेको छ,’ केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव ईश्वरी रिजालले भने, ‘प्रशिक्षार्थीलाई इमेल–इन्टरनेटको सुविधासहित प्रत्येक प्रशिक्षकले अन्तक्र्रियासँगै प्रयोगात्मक अभ्यास पनि गराउनुहुन्छ ।’ सुरुमा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यबाट सञ्चालित स्कुलमा व्यक्तिका रुचिका आधारमा दर्शन, अर्थशास्त्र, समाजशास्त्रलगायत विशिष्टीकृत प्रकृतिको नियमित रूपमा छुट्टै स्कुल चलाउने तयारीसमेत भइरहेको रिजालले जानकारी गराए ।
यस्ता छन् ‘स्कुलिङ’का विषय
नियमित स्कुलमा एमालेले माक्र्सवादी दर्शन र आर्थिक सामाजिक रूपान्तरण, जनताको बहुदलीय जनवाद, नेपालको सामाजिक चरित्र र सांस्कृतिक रूपान्तरण, तराई मधेस समस्या र समाधान, प्रशिक्षण सीप र कला, सामाजिक समावेशीकरण, भूराजनीति र परराष्ट्र सम्बन्ध, संगठन निर्माण परिचालन र व्यवस्थापन, कम्युनिस्ट आन्दोलनको इतिहास, एक्काइसौं शताब्दीको राजनीति र सञ्चार, नेपालमा विकास सम्भावना र चुनौती, विकास र सम्मृद्धिका लागि ओली सरकारको नीति तथा कार्यक्रम र बजेट, स्थानीय तहको पुनःसंरचनासहित १४ वटा विषयमा कार्यकर्ताहरूलाई पढाइरहेको छ । तर, प्रशिक्षार्थी समूह र उनीहरूका रुचिका आधारमा कतिपय विषयमा फेरबदल गरिने गरी ‘कोर्स’ तयार गर्ने बताइएको छ ।
प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, गोकर्ण विष्ट, किरण गुरुङ, लालबाबु पण्डित, विन्दा पाण्डे, ईश्वरी रिजाल, रवीन्द्र अधिकारी, घनश्याम कोइरालालगायतले प्रशक्षिण दिएका छन् । स्कुल विभागका पूर्वप्रमुख घनश्याम भुसाल र उपप्रमुख बेदुराम भुसालले भने प्रशिक्षणमा कक्षा पाएका छैनन् । विषय र व्यक्तिको गुणका आधारमा प्रशिक्षकहरूले प्रशिक्षण दिइने बताइए पनि नियमित स्कुल सञ्चालनको सुरुवाती चरणमै ‘गुटगत ह्याङओभर’को संकेतसमेत देखिएको भन्दै कतिपय सहभागी नेता–कार्यकताले टिप्पणी गर्न थालेका छन् । ‘पार्टीको स्थायी समिति बैठकले तलैसम्म भावनात्मक एकताका साथ पार्टीलार्ई अघि बढाउनुपर्ने, योग्यता, क्षमताका आधारमा कार्यकर्तालाई जिम्मेवारी दिने र प्यानल निषेध गर्ने निर्णय गरिसकेको अवस्थामा नियमित स्कुललाई त्यसबाट मुक्त राखिनुपर्छ,’ सहभागीमध्ये एकले भने ।
दैनिक चार घन्टाका दरले सात दिनको प्रशिक्षणको अन्तिम दिन लिइने परीक्षामा अनिवार्य रूपमा प्रशिक्षार्थी उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । प्रशिक्षक प्रशिक्षण भएकाले १ सय पूर्णांकको परीक्षामा ४० नम्बर ल्याएर उत्तीर्ण नहुने परीक्षार्थीलाई पुनः कक्षामा सहभागी हुन प्रेरित गरिने नियम बनाइएको छ । पछिल्लो परीक्षामा युवा संघका अध्यक्ष राजिव पहारी प्रथम, हिदम लामा द्वितीय र किरण पौडेल तृतीय भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply