एमालेमा थप ६ सयलाई नयाँ काम
काठमाडौं । एक महिनायता सरकारको नेतृत्वबाट प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेकपा एमालेले सम्पूर्ण ध्यान पार्टीको आन्तरिक एकता सुदृढ गर्दै केन्द्रदेखि तलसम्म पार्टी संगठनलाई चुस्त र गतिशील बनाउन केन्द्रित गरेको छ ।
पछिल्लोपटक सातवटै प्रदेशका संयोजक र सहसंयोजक सर्वसम्मत रूपमा चयन गरेर प्रदेश संगठन कमिटीलाई पूर्णता दिएको एमालेले दुई साताभित्र केन्द्रीय सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिस्ट मञ्चलाई पूर्णता दिने तयारी गरेको छ । सल्लाहकार र मञ्चले आगामी ५ असोजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकसम्म पूर्णता पाइसक्ने सचिव तथा संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
एमालेमा सात प्रदेशमा ५ सय तथा ३१ वटा केन्द्रीय विभागमा ७ सय २५ जना नेता–कार्यकर्ताले नयाँ कामको जिम्मेवारी पाइसकेका छन् । त्यस्तै, नवौं महाधिवेशनमा पराजित तर आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्यमध्ये ३८ जनालाई केन्द्रीय सल्लाहकार कमिटीमा मनोनयन गरिएको छ । यससहित करिब १३ सय नेता–कार्यकर्ताहरूले नयाँ कामको जिम्मेवारी पाएका छन् । यसबाहेक केन्द्रीय सल्लाहकार कमिटीमा ५२ जना र ज्येष्ठ कम्युनिस्ट मञ्चमा ९० जनालाई मनोनीत गर्ने प्रस्तावको गृहकार्य केन्द्रीय सचिवालयले अघि बढाएको छ । स्थायी समितिको निर्णयअनुसार प्रत्येक प्रदेश संगठन कमिटीले कम्तीमा ५० जनालाई मनोनीत गर्न सक्नेछन् भने कम्तीमा २ सय ५० देखि ५ सय जनालाई समेटेर प्रदेश सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्न सक्नेछन् । विगतमा जिम्मेवारीमा रहेर भूमिकामा रहेका सबैलाई कामको जिम्मेवारी दिने गरी पार्टीले अरू थप गृहकार्य गर्नुपर्ने आवश्यकता रहेको नेताहरू बताउँछन् । प्रदेश संगठन कमिटीले धमाधम पहिलो बैठक सुरु गरेका छन् ।
एमालेका नवगठित प्रदेश संगठन कमिटीले सम्बन्धित प्रदेशमै बैठक सुरु गरेका छन् । यसै सिलसिलामा प्रदेश नम्बर १ को बैठक आजै धनकुटाको पाख्र्रिबासमा सुरु हुँदै छ भने अरू प्रदेशले पनि बैठक बसालेर प्रदेशको कामलाई व्यवस्थित गर्ने प्रयास अघि बढाएका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply