देउवाले भान्जाको मुख नहेर्ने
काठमाडौं । नौ वर्षपछि बल्लतल्ल हुन लागेको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको चौथो अधिवेशनबाट नेतृत्व लिने आकांक्षीहरूबीच लडाइँ सुरु भएको छ । पार्टीको संस्थापन पक्ष बलियो रहेको तरुण दलमा सभापति शेरवहादुर देउवाले जसलाई बोक्यो, उसैले जित्ने पक्कापकी छ । तर, कसलाई बोक्ने भन्नेमा स्वयं देउवाले निर्णय लिन सकेका छैनन् ।
अहिले तदर्थ समितिमा रहेकाले कार्यसमतिमा उठ्न पाउने कि नपाउने भन्ने विवाद किनारा लागिनसकेकाले पनि नयाँ नेतृत्वका लागि कसलाई अघि सार्ने भन्ने छिनोफानो हुन सकेको छैन । ६ महिनामा नयाँ अधिवेशन गर्ने र त्यो अधिवेशनमा तदर्थ समितिमा रहेकाहरूले उठ्न नपाउने गरी अहिलेको समिति बनाइएको थियो । त्यस्तै नियम गत महिना सम्पन्न नेविसंघको अधिवेशनमा लागू भएर पुरानो कार्यसमितिमा रहेकालाई उठ्नबाट रोकिएको थियो । त्यो नियम तरुण दलमा पनि लागू गर्नुपर्ने एक थरीको धारणा छ भने केहीले यसलाई खुला गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । यो मापदण्ड खारेज गरेर पुरानो कार्यसमितिका लागि पनि खुला गरिएमा पुरानै अध्यक्ष उदयशमशेर राणा दोहोरिने सम्भावना बलियो छ । उनी नदोहोरिँदा पुरानो कार्यसमितका सचिव जन्मदेव तिमिल्सिना देउवा समूहबाट सभापति लड्ने बताइन्छ । तिमिल्सिना बालकृण खाँड शिक्षामन्त्री हुँदा उनको स्वकीय सचिव थिए । तरुण दलको अधिवेशन गर्ने निर्देशन समितिको संयोजक खाँडलाई बनाइएकाले तिमिल्सिनाको सम्भावना बलियो रहेको बताइन्छ ।
पुरानो कार्यसमितिमा रहेकाहरूले लड्न नपाउने विधान बनेको अवस्थामा दरुण दलको सभापतिका लागि देउवा समूहबाट कर्ण मल्ल र पदम पालुंगा दाबेदार छन् । डडेलधुराका मल्ल नातामा देउवाका भान्जा पर्छन् । तर, यसपटक देउवाले भान्जा भए पनि मल्ललाई नबोक्ने उनीनिकट स्रोतले बतायो । देउवाले आफू सभापति भएका बेला डडेल्धुराकै नैनसिंह महरलाई नेविसंघको सभापति बनाएका छन् । फेरि त्यहीँकै मल्ललाई तरुण दलमा अघि सार्दा देशव्यापी रूपमा गलत सन्देश जाने भएकाले देउवा उनलाई अघि सार्ने पक्षमा छैनन् । अर्कातिर जिल्ला अधिवेशनमा मल्लले आफूले अघि सारेका उम्मेदवारका विरुद्ध उम्मेदवारी दिएर हराएकोमा पनि देउवा असन्तुष्ट छन् । कांग्रेसको जिल्ला अधिवेशनमा देउवाले सभापतिमा रघुवीर भट्टलाई अघि सारेका थिए । तर, गुटका हिसाबले देउवासँगै भए पनि मल्लले भट्टविरुद्ध उम्मेदवारी मात्र दिएनन्, दोस्रो कार्यकाल पनि जितेर देखाइदिए । देउवाले नेविसंघको सभापतिमा महरलाई अगाडि सार्नुको मुख्य उद्देश्य नै मल्ललाई साइजमा ल्याउन भएको स्रोतले बतायो । अहिले नेविसंघको सभापति बनाएर महरलाई त्यसपछि पार्टीको डडेलधुरामा अघि सार्ने योजना रहेको स्रोतको दाबी छ । देउवाको यो रणनीति बुझेरै मल्लले पनि तरुण दलको सभापतिमा दाबी प्रस्तुत गरेको बुझिएको छ । मल्लको साटो देउवाले तरुण दलको सभापतिमा ताप्लेजुङका पालुंगालाई अघि सार्ने स्रोतको दाबी छ ।
तरुण दलभित्र यसै पनि कमजोर अवस्थामा रहेको रामचन्द्र पौडेल समूहले भने भूपेन्द्रजंग शाही, टेकराज पौडेल र दामोदर कोइरालामध्ये एकलाई सभापतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको छ । तरुण दलमा कृणप्रसाद सिटौला समूहको राम्रो उपस्थिति रहेको बताइन्छ । झन्डै १५ जिल्लामा सिटौला समूहले सभापति जितेको बताइन्छ । यो समूहले सभापतिमा अखिल सिटौलालाई अघि सार्ने बताइन्छ । तर, उनलाई नेविसंघमा जस्तै बार्गेनिङका रूपमा मात्र अघि सारिने हो कि साँच्चिकै चुनावी मैदानमा उतारिने हो, त्यो भने असोज ३ देखि ५ सम्म हुने अधिवेशनसम्म पर्खेर हेर्नुपर्ने तरुणका कार्यकर्ता बताउँछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply