देउवाको उम्मेदवार नै बेपत्ता
काठमाडौं । नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको आजबाट शुरु हुने अधिवेशनमा रामचन्द्र पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाए पनि संस्थापन समूहले भने अझै टुंगो लगाउन सकेको छैन ।
पौडेल समूहले सभापतिमा मीना पाण्डेलाई उठाउने भएको छ तर संस्थापन समूहले उठाउन चाहेको उम्मेदवार नै नेपालमा नरहेका कारण अन्तिम निर्णय गर्न नसकेको बुझिएको छ । स्रोतका अनुसार संस्थापन समूहले पार्टीको पूर्वकोषाध्यक्षसमेत रहेकी चित्रलेखा यादवको नाममा सर्वसम्मति खोज्न प्रयास गरिरहेको छ । तर, सर्वसहमति नजुटे उमा अधिकारीलाई अगाडि बढाउने कि भन्नेबारे छलफल भइरहेको छ । तर, अधिकारी हिजो बेलुकासम्म नेपालमा नै नरहेको पार्टी सभापति शेरबहादुर देउवानिकट स्रोतले बतायो । स्रोतले भन्यो– ‘उमाजी अहिले नेपालमा हुनुहुन्न, सम्भवत आजसम्म आइपुग्नु हुन्छ कि भन्ने छ, चित्रलेखाजीको नाममा सहमति नजुटे उमाजीलाई उम्मेदवार बनाउने कि के गर्ने भन्ने कुरा उहाँ स्वदेश आएर छलफल गरेपछि मात्र थाहा हुन्छ ।’ त्यसो त देउवा समूहबाट धना खतिवडाको नाम पनि सभापतिको उम्मेदवारका रूपमा चर्चामा छ । उमा नआए अथवा नउठेको खण्डमा धना उम्मेदवार बन्ने सम्भावना पनि त्यत्तिकै बलियो रहेको स्रोतले बतायो । संस्थापन समूहबाटै बालकृष्ण खाँड पत्नी मञ्जु खाँडले पनि सभापतिका लागि लबिङ तीव्र पारेको बताइन्छ ।
तरुणमा लफडा
असोज ३ गतेबाट गर्ने मिति तय भएको तरुण दलको अधिवेशन पर सार्न पौडेल समूहले लबिङ सुरु गरिसकेको बताइन्छ । नेविसंघमा आफ्नै गुटको कमजोरीका कारण अध्यक्षमा पराजित पौडेल समूह तरुण दलमा निकै कमजोर अवस्थामा छ । हार्ने निश्चित भएपछि आफ्ना प्रतिनिधि थप्नुप¥यो भन्दै बखेडा झिकेर अधिवेशन नै सार्ने षड्यन्त्रमा पौडेल समूह उत्रिएको स्रोतले बतायो । यसअघि भदौ २३ देखि २५ मा गर्ने भनिएको अधिवेशन आन्तरिक तयारी नपुगेको भन्दै असोज ३ लाई सारिएको हो ।
तरुण दलको सभापतिमा संस्थापन समूहबाट पदम पालुंगा, कर्ण मल्ल र पौडेल समूहबाट भुपेन्द्रजंग शाही, दामोदर कोइराला, टेकराज पौडेल लगायतको नाम चर्चामा छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply