हस्तक्षेप गरे आयोग अदालत जाने
काठमाडौं । नयाँ संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको संख्या निर्धारणका लागि स्थानीय तह पुनःसंरचना आयोगको व्यवस्था भए पनि प्रमुख सरकार तीन दलले संख्या निर्धारणमा ‘निर्देशन’ दिन खोजेको भन्दै आयोगका पदाधिकारीहरू क्रूद्ध भएका छन् ।
गत ९ गते कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकले पुरानो इलाकालाई नै मुख्य आधार मानेर संख्या टुंंगो लगाउनेमा सहमति जनाउँदै आयोगलाई तदनुसार काम गर्न सुझाव दिने निर्णय गरेलगत्तै सरकार, तीन दल–आयोगबीच खटपट सुरु भएको हो । आयोगका पदाधिकारीहरूले सरकार र तीन दलका नेताहरूलाई भेटेर तथा टेलिफोनमार्फत उक्त निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । संवैधानिक आयोगलाई कार्यदेशविपरित हस्तक्षेप गर्न खोजे सबै पदाधिकारीहरू राजीनामा दिएर अदालत जाने ‘मुड’मा छन् । तीन दलको निर्णय र अहिलेसम्मका कामका विषयमा छलफल गर्न आयोग पदाधिकारीहरूको मंगलबार बसेको बैठकमा गम्भीर छलफल भएको सदस्य डोरमणि पौडेलले जानकारी दिए ।
‘आयोग संवैधानिक निकाय भएकाले संख्या यत्ति नै बन्नुपर्छ भनेर निर्देशिन आयो भने हामी छाडिदिन्छौं, अदालत जान्छौं, सदस्य पौडेलले बुधबारसँग भने– ‘यदि तीन दलले इलाकालाई नै आधार मानेर संख्या तोक्ने र सोहीअनुसार प्रतिवेदन माग्ने हो भने समयमै प्रतिवेदन दिन नसकेर अरू चार÷पाँच महिना लाग्छ, लिंगरिङका कारण फागुन–चैतमा चुनाव सम्भव छैन ।’
तीन दलको निर्णय मिडियामार्फत मात्रै जानकारी पाएको भन्दै पौडेलले अहिले अस्तित्वमा नै नभएको र केवल जिविस सदस्य छान्न मात्रै तयार गरिएको अवैज्ञानिक प्रकृतिका इलाका ब्युँताउनुको कुनै औचित्य नहुने पौडेलले दाबी गरे । ‘२ सय १७ वटा नगरपालिका पुग्दा ९ सय २७ वटाको इलाका गाँजेमाजे भएर अहिले कुनै पनि सग्ला छैनन्, पहिले जिविस सदस्य छान्न बनेका इलाका कसरी राजनीतिक र प्रशासनिक सुगमताका हिसाबले अहिले उपयुक्त हुन्छन् ?’ उनले भने । यद्यपि, आयोगले अहिले आयोगले तय गरेकै मापदण्डभित्र रहेर ५० देखि १ सयवटा गाउँपालिका र नगरपालिकाको संख्या भने थप्न सकिने निष्कर्ष निकालेको छ । ७५ जिल्लामध्ये ५२ वटा जिल्लाले प्राविधिक समितिमार्फत गाउँपालिका र नगरपालिकाको सीमांकनसमेत तोकेर पठाइसकेकाले बाँकीका हकमा केही संख्या थप गरेर समाधान खोज्न सकिने आयोगले निष्कर्ष निकालेको हो ।
त्यसरी थपिँदा बढीमा स्थानीय तहको संख्या ६ सय ५० सम्म पुग्न सक्ने आयोगको बुझाइ छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा गठित स्थानीय तह पुनःसंरचना आयोगले हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै मापदण्डका आधारमा ५ सय ६५ वटा गाउँपालिका र नगरपालिकाको संख्या टुंगो लगाएको थियो । भदौभित्र जिल्ला–जिल्लामा गठित प्राविधिक समितिमार्फत सीमांकनसमेत टुंगो लगाइसक्ने गरी काम भइरहे पनि विशेषतः तराईका जिल्लामा भने मधेसी मोर्चाको अवरोधले काम बढ्न सकेको छैन । पछिल्लोपटक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रको बैठकले इलाकाको अहिलेको संरचनालाई आधार मान्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply