‘यौनदुराचारी’ लिएर मन्त्री कर्णालीमा
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री राम कार्की कर्णाली अञ्चलको भ्रमणमा रहेका बेला फेसबुकबाट उनको तस्बिर सार्वजनिक भयो । तर, कार्कीसँग कुम जोडेर तस्बिर सुट गर्ने व्यक्तिका कारण मन्त्री कार्कीको समेत बदनाम भएको छ ।
मन्त्री कार्कीसँग टाँसिएर फोटो हाल्ने व्यक्ति अरू कोही नभएर पछिल्लो समय माओवादी बनेका मकवानपुर घर भएका कलाकार चेतन सापकोटा थिए । तर, मंगलबार १० बजेतिर फेसबुकमा राखिएको उक्त पोस्ट १२ बजे चेक गर्दा डिलिट गरेको पाइयो । पछिल्लो समय साथीकै छोरीमाथि ‘यौन दुराचार’ गरेको आरोप लागेका सापकोटाविरुद्ध पार्टी कार्यालय पेरिसडाँडामा उजुरी परेको छ । आहूति र बलराम तिमल्सिना रहेको दुई सदस्यीय छानबिन कमिटीले सापकोटामाथि लागेको उक्त अभियोगबारे छानबिन गरिरहेको जनाइएको छ । यस्तो बेला यौन दुराचारको आरोप लागेका व्यक्तिसँगको तस्बिरले सायद विवाद निम्त्याउला भनेर
नै तुरुन्त उक्त फोटो पोस्टबाट हटाइएको बताइन्छ । त्यसो त मन्त्री कार्की पनि यो मामिलामा निकै कमजोर रहेको सुनिँदै आएको छ । उनका विरुद्ध भूमिगत कालमा पनि थुप्रै उजुरी पार्टी हेडक्वार्टरमा परेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply