यसरकारण हुँदैछ एमालेमा सर्बसम्मती
काठमाडौं । मुलुकमा ढिलोचाँडो निर्वाचन घोषणा हुने निश्चित भएपछि नेकपा एमालेको नेतृत्व पंक्तिमा सहममति र वलियो एकताको वाताबरण बन्दै गएको छ । गत असोज पहिलो साता सम्पन्न सातौं केन्द्रिय कमिटी बैठकले तिनै तहको आगामी निर्वाचनमा बहुमतसहितको पहिलो पार्टी बनाउने संकल्पसहित १० बुँदे प्रस्ताव पारित गरेको थियो । सो प्रस्ताव अक्षरस ः कार्यान्वयन हुँदै गएपछि केन्द्रदेखि तल्लो तहसम्मको एमाले पंक्तिमा निक्कै उत्साह छाएको छ । कात्तिकबाट सुरु भएको चार महिने देशव्यापी राष्ट्रिय जागरण अभियान भव्य सफलतापूवर्क अघि बढनु र जिल्ला–जिल्लामा भइरहेका पार्टी अधिवेशन र जनसंगठनहरूका सम्मेलनबाट धमाधम सर्बसम्मत नेतृत्व चयन हुनुले पनि एमालेमा वलियो एकताको वाताबरण बन्दै गएको तथ्य पुष्टि हुँदै गएको छ ।
एक महिनायता सम्पन्न ६ जिल्ला अधिवेशनहरूमध्ये आधामा सर्बसम्मत नेतृत्व चयन भएको छ । दाङ, रूपन्देही, पाल्पा र मुस्ताङ जिल्ला अधिवेशनवन सर्बसम्मत रूपमा सम्पन्न भएको छ । ती जिल्लाहरूमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवसहित सिंगै नेतृत्व आपसी सहमतिमा सर्बसम्मत चयन भएका छन । चितवन र बाराको अधिवेशन चुनावी प्रतिस्पर्धाबाट चयन भए पनि ‘भर्टिकल विभाजन’ नहुनेगरी सम्पन्न भएको छ । प्यानल निषेधित तर व्यक्तिगत आधारमा सम्पन्न चुनावी प्रतिस्पर्धामा दुवै जिल्लाको नेतृत्वपंक्तिमध्ये अधिकांश नेपाल निकटहरू निर्वाचित भएका थिए ।
त्यसो त, पछिल्ला दिनमा यसरी सहमति र एकताको वाताबरण बन्दै जानुमा धेरै कारणहरूलाई आधार मानिएको छ । नवौं महाधिवेशनयता सम्पन्न दुई दर्जन बढी जिल्लाअधिवेशनबाट छानिएको नेतृत्वमध्ये डेढ दर्जन नेपाल निकट नेताहरू निर्वाचित भएका थिए । त्यतिमात्रै होइन, पछिल्लो चुनावी प्रतिस्पर्धामा पनि नेपाल निकट नेताहरू नै निर्वाचित हुँदै जान थालेपछि संस्थापन पक्ष सहमतिका लागि केहि लचिलो भएको छ । अहिलेसम्मको जिल्ला अधिवेशनको परिणामले के देखाएको छ भने जहाँ संस्थापन पक्ष कमजोर छ त्यहाँ निर्वाचन भएको छ भने जहाँ संस्थापन पक्ष बलियो छ त्यहाँ सहमति निर्माण भएको छ । उदाहरणका लागि पछिल्लो पटक अधिबेशन भएको चितवनलाई हेर्दा पनि हुन्छ । यहाँ पनि संस्थापनले चाहेको भए सहमति हुन्थ्यो । तर, संस्थापनकै हठका कारण भएको निर्वाचनको परिणाम ८२ सदस्यीय जिल्ला कमिटीमा ८० जना नेपाल पक्षकै निर्वाचित भए । पार्टीभित्र नेपालको वर्चश्व स्थापित हुँदै जानु एउटा पक्ष हो, तर चुनावी प्रतिस्पर्धाले अन्तत ः पार्टीलाई कमजोर बनाउने र त्यसको असर आगामी निर्वाचनमा पर्ने सम्भावना देखिएपछि अध्यक्ष ओली र नेपाल दुवै पार्टीलाई वलियो एकताका साथ अघि बढाउन एकजुट भएका छन । दुवै नेता मात्रै होइन, वरिष्ठ नेता झलनाथ खनाल, लगायतकासबै पदाधिकारीहरू राष्ट्रिय जागरण अभियानमा सँगसँगै सहभागी भइरहेका छन । नेताहरूको सकृयता र एकताबाट एमालेपंक्तिमा धेरै उत्साहको सन्देश प्रवाह हुँदै गएको छ ।
त्यसो त, सोमबार काठमाडौंमा सम्पन्न नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको प्रथम महाधिवेशन पनि सर्बसम्मत नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवसहित १८ सदस्यीय पदाधिकारी र १ सय ५ सदस्यीय सिंगै केन्द्रीय कमिटी सर्बसम्मत निर्वाचित भएको छ । महासंघमा पार्टीको नवौं महाधिवशेनमा अध्यक्ष ओली र नेता नेपाललाई समर्थन गर्नेमध्ये बराबरी नेता–कार्यकर्ता अटाएका छन । अध्यक्ष ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल, महासचिव ईश्वर पोखरेलसहितका शीर्ष नेताहरूको सिंगै पंक्तिले महाधिवेशनलाई सम्बोधन गर्दै सर्बसम्मत नेतृत्व चयनका लागि उत्प्रेरित गरेका थिए । महासंघको महाधिवेशनमा नेता–कार्यकर्तालाई विभाजित हुन नदिने उद्देश्यले चुनावी प्रतिस्पर्धा भइहालेमा कम्तीमा पदाधिकारी अप्रत्यक्ष निर्वाचन प्रक्रियाबाट चुनिनेगरी विधान प्रस्तुत भएको थियो । सर्बसम्मतीबाटै नेतृत्व चयन गर्ने कथंकदाचित चुनाव गर्नैपर्ने बाध्यता देखिए पहिले प्रतिनिधिबाट केन्द्रीय कमिटी सदस्य चुन्ने र उनीहरूबीचको आपसी सहमतिबाटै पदाधिकारी चुनिनेगरी विधान प्रस्तुत भए पनि अन्तत ः सर्बसम्मतीको प्रकृयाबाटै नयाँ नेतृत्व छानिएको हो । सर्बसम्मतको प्रक्रियाबाट पार्टी सचिव पृथ्बीसुब्बा गुरुङ अध्यक्ष, केन्द्रीय सदस्य शेरबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष र पोलिटब्यूरो सदस्य पर्शुमेघी गुरुङ महासचिवमा निर्वाचित भएका छन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply