बिमलेन्द्रका कारण चीन चिढिदै
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधीका कारण छिमेकी मुलुक चीन नेपालसँग चिढीन थालेको छ । यसअघि चीनसँग भएका सम्झौता कार्यन्वयनमा चासो देखाउनु त परको कुरा चीनवाट आएका प्रतिनिधी मण्डलसँग नै नभेटने निधीको व्यवहारका कारण चीन चिढिएको हो ।कतिसम्म भने, मन्त्री निधीले गत कात्तिक १५ देखि १८ सम्म नेपाल भ्रमणमा आएको चीनको छिगंआई प्रान्तका सार्वजानिक सुरक्षा मामिला प्रमुख वागं चोंगसोगं नेतृत्वको टोलीसँग आफूले त भेटने समय दिएन नै गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई समेत सो टोलीलाइ भेटन दिएनन । नयाँ सरकार गठन यताका नेपालभित्र भएका गतिविधी र क्रियाकलापवाट सशंकित चीनलाई विश्वासमा लिनु पर्नेमा मन्त्रीबाट नै यस्तो व्यवहार हुन थालेपछि चीनले कुटनीतिक तवरमा असन्तुष्टी प्रकट गरेको बुझिएको छ ।
आफू प्रधानमन्त्री भएलगत्तै पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकारले चीनसँग गरेका सबै सम्झौता कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका थिए । तर, ती सबै काम दाहाल प्रधानमनन्त्री भएपछि ठप्प भएपश्चात सशंकित बनेको चीनलाई मन्त्रीहरूको व्यवहारले त चिढाएको थियो नै पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाको भारत भ्रमणले झन असन्तुष्ट बनाएको छ । इण्डिया फाउन्डेशनले भारतको गोवामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा तिव्वती निर्वासन सरकार प्रमुख लोप्सांग सागेंसँग भेटवार्ता गरेको पकरण सार्वजानिक भएपछि चीन रुष्ट बनेको छ । यसबारे चीनले आपत्ति जनाएपछि परराष्टमन्त्री प्रकाशशरण महतले पत्रकार सम्मेलननै गरेको नेपालको चीनियाँ नीतिबारे प्रतिवद्धता दोहोरयाएका थिए । एउटा दुरीमा रहेका देउवालाइ पछिलल्लो समय भारतसँग नजिक्याउने र चीन सँग टाढा पार्ने काम मा पनि निधीकै भुमिका रहेको का.ग्रेसनिकट स्रोतले बतायो । त्यतिमात्र होइन वर्तमान सरकारलाइ नै भारतपरस्त र चीनइतरबनाउन निधीकै भुमिकाले काम गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply