प्रधानन्यायाधीशलाई छिर्के हान्नेहरू दंगदास
काठमाडौंं । न्यायपरिषद्मा घेराबन्दी गरी न्यायाधीश नियुक्ति प्रक्रिया लम्ब्याएर प्रधानन्यायाधीश सुशीला कार्कीलाई असफल पार्ने योजनामा रहेको समूह उनलाई थप असफल बनाउन सक्रिय बनेको छ ।
तीन महिनाभित्र उच्च अदालतको न्यायाधीश नियुक्ति गरिसक्नुपर्ने कानुनी प्रावधानविपरीत प्रक्रिया लम्बिँदै जाँदा उत्साही सो समूह न्यायाधीश र न्याय क्षेत्रका कर्मचारी सरुवामा अंकुश लगाउने खेलमा सक्रिय बनेको हो । प्रधानन्यायाधीश कार्की न्यायपरिषद्का पाँच सदस्यमा अल्पमतमा परेपछि कर्मचारी सरुवा गर्ने निकाय न्याय सेवा आयोगमा पनि उनलाई त्यसैगरी भाँजो हाल्ने प्रयास हुँदै छ । कार्की नियुक्त भएको चार÷पाँच महिना बितिसक्दा पनि न्यायाधीशर कर्मचारीहरूको सरुवा हुन सकेको छैन ।
आयोगबाट निर्णय गराएर प्रधानन्यायाधीशले सरुवालाई प्राथमिकता दिने योजना बनाएलगत्तै कानुनमन्त्री अजय शंकर नायक, महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलगायतको समूहले सरुवाका लागि छुट्टै मापदण्ड नबनेसम्म हात हाल्नै नहुने अड्डी कसेका छन् । जसका कारण प्रधानन्यायाधीश कार्कीले आफ्नो योजनाअनुसार कार्यकालमा धेरै मुद्दा फैसला गर्ने, न्याय क्षेत्रलाई विकृतिमुक्त बनाएर छिटोछरितो न्याय सम्पादन गर्नेजस्ता योजना अलपत्र परेको स्रोतको भनाइ छ । आयोगमा सर्वोच्चका वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, महान्यायाधिवक्तालगायतका व्यक्ति सदस्य हुने आयोग ऐनमा व्यवस्था छ ।
उता, मंसिर महिनाभित्रै उच्च अदालतको न्यायाधीश नियुक्ति गरिसक्नुपर्ने व्यवस्था भए पनि कार्कीको कार्यकालभरि नियुक्ति सिफारिस नै हुन नदिने योजनाअन्तर्गत परिषद् बैठकसमेत बोलाइएको छैन । ८० जना रिक्त दरबन्दीका लागि ८ सयजना दाबेदार रहेकोमा उनीहरूका विषयमा आएका उजुरीमाथिको छानबिन, जाँचबुझ समिति बनाएर तीन÷चार महिनापछि मात्रै नियुक्ति सिफारिस सम्भव हुने गरी जानुपर्ने परिषद् सदस्यहरूले अडान राखिरहेका छन् ।
तीन सातादेखि परिषद् बैठकसमेत बोलाइएको छैन । परिषद्मा कानुनमन्त्री नायक, माओवादी केन्द्रनिकट पदमा वैदिक, कांग्रेसनिकट रामप्रसाद सिटौलालगायत सदस्य छन् । खासगरी संंक्रमणकालीन न्यायसँग सम्बन्धित सत्यनिरूपण, मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी विधेयक संशोधनका विषयमा प्रधानन्यायाधीश कार्की अडानमा देखिएपछि कानुनमन्त्री नायक र महान्यायाधिवक्ता श्रेष्ठ उनीसँग रुष्ट छन् । द्वन्द्वकालीन घटनासँग सम्बन्धित गम्भीर अपराधका मुद्दालाई पनि क्षमादान दिने र सर्वोच्चसहित सबै अदालतमा रहेका द्वन्द्वकालीन मुद्दालाई संक्रमणकालीन न्याय विशेष अदालतमा सार्ने उद्देश्यले कानुनको मस्यौदा बनेकोमा प्रधानन्यायाधीश कार्कीसहित सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले नै असहमति राख्दै आएको छ । यीलगायत थुप्रै कारणले माओवादी केन्द्र नेतृत्वको सरकारले अझै पनि उक्त कानुनको मस्यौदालाई अझै संसद्मा टेबुल गर्न सकेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply