साहस ऊर्जामा सञ्चालकको मनपरी
काठमाडौं । साहस ऊर्जा लिमिटेडका सञ्चालकहरूको मनपरीका कारण सेयरधनी तथा सोलुवासी मर्कामा परेका छन् । सञ्चालक समिति अध्यक्ष हिम पाठकलगायतको समुहले आफू मालामाल बन्ने तर सर्वसाधारणहरूलाई थाङ्नामा सुताउने योजना ल्याएको भन्दै सर्वसाधारण रुष्ट भएका छन् । तेस्रो साधारण सभाका क्रममा संस्थापक सेयरधनीलाई ४० प्रतिशत सेयर थप गर्न नदिने निर्णय गरेपछि विवाद सुरु भएको छ ।
अध्यक्ष पाठकले कम्पनीको वार्षिक प्रतिवेदन पेस गर्दै आयोजनाको कार्य प्रगतिका बारेमा सेयरधनीलाई जानकारी गराउँदै संस्थापक सदस्यहरूले सुरुमा जम्मा गरेको ६० प्रतिशत सेयरलाई नै सय प्रतिशत मान्न गरेको आग्रहलाई सेयर सदस्यहरूले विरोध गर्दा गर्दै थप सेयर नदिने निर्णय गरेका थिए ।
झण्डै १ हजार सेयर सदस्य सुरुमा उपस्थित रहे पनि अधिकांश सदस्यहरू हिँडिसकेपछि सो निर्णय गर्न हलसमक्ष प्रस्ताव गर्दा उपस्थित सेयर सदस्यहरूले विरोध गरेका थिए ।
आयोजना प्रभावित जिल्लाका जनतालाई समेत गुमराहमा राखेर आयोजना बनाउन खोजेको भन्दै जिल्लावासीहरूलाई समेत सो साधारण सभामा आफ्ना धारणा राख्न नदिई साधारण सभा सम्पन्न भएको घोषणा गरिएको थियो ।
साधारण सभामा जिल्लावासीका तर्फबाट जिल्लाका सबै नागरिकलाई सेयर उपलब्ध गराउन माग गरिएको थियो । आयोजना प्रभावित क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने र जिल्लाका सबै नागरिकलाई सेयर दिनुपर्ने माग थिए ।
८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी आयोजना निर्माणको काम सुरु भइसकेको छ । तीन वर्षअघि निर्माण सुरु भएको यो आयोजनामा आवश्यक लगानी जुटाउन नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा विभिन्न बैंकको सामूहिक लगानी अर्थात् सहवित्तीयकरणमार्फत कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँको ७० प्रतिशत ऋण लिने विषयमा सम्झौता भइसकेको बताइन्छ । बाँकी ४० प्रतिशत रकम संस्थापक सेयरका लागि धेरै भएको बताउँदै पछि सञ्चालकहरूले नतिर्ने जनाएका थिए ।
उपस्थित सेयरधनीहरूले आफूहरूको पैसामा टेकेर बैंकको लगानी जुटाएपछि ठगी गर्न खोजेको भन्दै यो निर्णय लागू भए आफूहरूले अदालतको ढोका ढक्ककाउनेसमेत बताएका थिए ।
सोलुमा रहेका राजनीतिक दल र प्रशासनिक नेताहरूलाई आर्थिक प्रभावमा पारी उनीहरूले जनताको स्रोतसाधानमाथि खेलाँची गर्न खोजेको स्थानीय जनताको भनाइ छ ।
प्रतिमेगावाट १८ करोड लागत पर्ने अनुमान गरिएको उक्त योजनामा पछिल्लो समय ५ करोडको हाइड्रो भेन्चर कम्पनी २५ करोडमा किनिएको थियो । त्यसरी कम्पनीलाई सिधै २० करोड घाटा पारेर सञ्चालकहरूले लाभ लिएको बताइएको छ ।
बत्ती बल्ने निश्चित भएपछि भने सुरुका लगानीकर्ताहरूलाई सेयर थप नगरी बैंकबाट लगानी जुटाएर नाफा बैंकलाई दिने षड्यन्त्र सञ्चालकहरूबाट भएको भन्दै गुनासो गरेका छन् ।
भुइँचालोको बेला जनता भागाभाग भएको अवस्थामा पाँच दिनका लागि सूचना निकालेर सोलुवासीलाई सेयर हाल्नबाटै नियतवश वञ्चित गरिएको आरोप छ ।
सञ्चालक समितिमा धादिङका हिम पाठक अध्यक्षका अलावा धादिङकै मीनराज कँडेल, झापाका महेन्द्र गिरी र परितोष पौडेललगायत सदस्य छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply