जनसेवाको आडैमा यौन अखडा
काठमाडौं । राजधानीको मुटु न्युरोडमै महानगरीय प्रहरी वृत्त जनसेवा छ । न्युरोडसँगै जोडिएको वसन्तपुर क्षेत्रबाट सिधै माथितिर लाग्दा नरदेवी मन्दिर आउँछ । मन्दिरको पश्चिमतर्फ योगवीर मार्ग भन्ने सडक छ । उक्त सडक लाइनमा लस्करै विभिन्न घर छन् । त्यसमध्ये घर नम्बर १ सय ८७ को प्लेट टाँसिएको एउटा सटरमा प्रायः खचाखच मानिसहरूको भीड भइरहन्छ । त्यही क्षेत्रको ठ्याक्कै सामुन्नेको अर्को एउटा पुरानो बनावटको निकै कमजोरजस्तो देखिने घरमा पनि दिनदहाडै बालिकाहरूको ‘चिच्याहट’ को आवाज आइरहन्थ्यो । साथमा आयुर्वेदिक औषधिपसलको होर्डिङ बोर्ड रहेका ती पुराना घरमा ‘मास्क लगाएका मान्छेहरू’ को चर्को आउजाउ भइरहनुको कारण अरू कुनै नभएर त्यहाँ हुने यौनधन्दा हो ।
यस क्षेत्रका अलावा झोछें, नया“ सडक, बांगेमुढालगायतका गल्लीहरूमा पनि अचेल खुलेआम यौन अखडा विस्तार भएको छ । हरियो पर्दा लगाएका र एक दुइवटा टेबल र त्यसमाथि चुरोटका ठुटा राख्ने स्टे« भएका ती कोठाभित्र प्रवेश गर्दा विभिन्न उमेर समूहका बालिका भेटिन्छन् । उनीहरूलाई छिचोलेर भित्र प्रवेश गर्ने हो भने अर्को कोठामा पनि केही टेबुल र कुर्सी छन् । कुर्सीमा बस्न नभ्याउँदै एक युवा आउँछन् । अलिक हतार मुद्रामा ती युवाले सोध्न थाल्छन्, ‘दाइ गाउँबाट ल्याएका फुच्चीहरू छन्, माल छन्, ३ हजार दिनुस् माथि गइहाल्नुस्, एकपटकको ३ हजार हो नि । भर्खरै एउटा इन्डियन पनि ३ हजार दिएर माथि गाको छ ।’
रामेछाप हिलेपानी घर बताउने ती सञ्चालकले यस्तो धन्दा चलाएको १० वर्ष भएको उनी आफैं निष्फिक्री बताउँछन् । विकास नाम बताउने ती युवकले ग्रामीण क्षेत्रबाट दुःख पाएका गरिब किशोरी तथा बालिकाहरूलाई यस्तो धन्दामा लगाउँदै आएको उनैले खुलाए । आफूसमेत चारजना साझेदार रहेको र प्रहरीकै संरक्षणमा यो धन्दा भइरहेको उनको स्वीकारोक्ति छ । कति कमाइ हुन्छ त दिनमा ? उनी भन्छन्, ‘कमाइ त हुन्छ, तर के गर्नु ? मामा (प्रहरी) हरूलाई पनि चित्त बुझाउनुपर्छ, सानो पोस्टका लागि भर्खर गाउँकी केटी पु¥याए हुन्छ, तर माथिल्लो पोस्टका लागि महिनाको ३० हजार पु¥याउनैपर्छ ।’
ग्राहकलाई सन्तुष्ट पार्नु किशोरीहरूको मूल कर्तव्य भए पनि उनीहरूलाई पैसाको कारोबार भने थाहा हुँदैन । ‘हामीलाई एउटा ग्राहकबाट २ सय रुपैयाँ आउँछ, कहिले त्यो पनि पाउँदैनौं,’ रामेछाप घर बताउने १३ वर्षीया रीता महर्जन (नाम परिवर्तन) ले भनिन्, ‘गाउँबाट सुख हुन्छ भनेर काठमाडौं आएँ, तर यहाँ त यस्तो पो रहेछ ।’
महानगरीय प्रहरी वृत्त जनसेवाको क्षेत्र पर्ने यो क्षेत्रमा सईले नै आफ्ना मान्छेहरू पठाउने र अन्य लफडा परे पनि मिलाइदिने र निर्बाध रूपमा धन्दा जारी राख्न भनेको बताइन्छ । त्यहाँका सुबेदार मेजरले नै आफूहरूलाई सहयोग गर्ने गरेको उनीहरूको दाबी छ ।
तर, जनसेवा प्रहरी वृत्तका डीएसपी सन्तोष आचार्य भने आफूहरूले यो मामिलामा निगरानी बढाएको र केही होटल सञ्चालकलाई त पक्रिएर सार्वजनिक मुद्दासमेत लगाइसकेको बताए । ‘अन्यत्र पनि यस्तो हुन्छ भन्ने सुनेको छु, आफूलाई थाहा भएसम्मको जानकारी दिनुस्, हामी छोड्दैनौं,’ डीएसपी आचार्यले बुधबारसँग भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply