अखिलले तोक्यो उम्मेदवार
काठमाडौं । दोस्रोपटकको कार्यतालिकाअनुसार प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दर्ता बिहीबारका लागि तोकिएपछि अनेरास्ववियुले आफूतर्फको उम्मेदवार लगभग टुंग्याएको छ । हिजो अबेरसम्म बसेको अखिलका शीर्ष नेताहरूको बैठकले अधिकांश क्याम्पसका सभापतिका उम्मेदवारहरू टुंगो लगाएको हो । सामान्य विवाद भएका केही क्याम्पसमा आजसम्म उम्मेदवारी टुंगो लागिसक्ने र भोलि हरेक क्याक्पसमा विशेष कार्यक्रम र प्रस्तुतिसहित उम्मेदवारी दर्ता गर्ने अनेरास्ववियुले जनाएको छ ।
स्रोतका अनुसार अहिलेसम्म आरआर क्याम्पसमा तपेन्द्रजंग शाही, नेपाल ल क्याम्पसमा विशाल न्यौपाने, नेपाल कमर्स क्याम्पसमा विशाल रोक्का, वाल्मीकि क्याम्पसमा लोककृष्ण दाहाल, थापाथली इन्जिनियरिङमा वसन्त शिवाकोटी, महेन्द्ररत्न क्याम्पसमा नीलप्रसाद गौतम कल्याणको नाम चयन भइसकेको छ ।
यसैगरी, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सञ्जय कार्की, पब्लिक युथ क्याम्पसमा दामोदर फुयाँल प्रज्वल, पृथ्वीनारायण क्याम्पस पोखरामा सरिता पुरी, महेन्द्र मोरङमा लक्ष्मण पोखरेल, कन्काइ बहुमुखी क्याम्पसमा राजेश केसीलगायतको पनि उम्मेदवारी पक्का भएको अखिलका एक पदाधिकारीले बताए ।
त्रिविको पछिल्लो कार्यतालिकाअनुसार आज १० बजे हरेक क्याम्पसमा मतदाता सूची प्रकाशन गर्ने, २ बजेसम्म दाबीविरोध गर्ने, १२ गते १२ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, १४ गते १० बजे मनोनयन–पत्र दाखिला गर्ने र १८ गते मतदान गर्ने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply