तराई अभियानमा १५ लाख सहभागी, १० हजार स्वयंसेवक
काठमाडौं । एमालेले तराईकेन्द्रित मेची–महाकाली राष्ट्रिय अभियानमा १५ लाख जनता सडकमा उतार्ने गरी तयारी अन्तिम चरणमा पु¥याएको छ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ आगामी २१ गते झापाको का“कडभिट्टाबाट अभियान सुरु हुनेछ । शीर्ष नेताहरूको उपस्थितिमा अभियानको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
अभियानमा तराईका ५० लाख जनता प्रत्यक्ष–अप्रत्यक्ष रूपमा परिचालित हुने केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए । ‘अभियान सामुद्रिक छालजसरी अघि बढ्नेछ,’ ज्ञवालीले भने, ‘अहिलेसम्म तराईमा फैलाइएका सबै प्रकारका भ्रमहरू चिर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव अभिवृद्धि गर्दै एमालेको पक्षमा नया“ लहर सिर्जना हुनेछ ।’
अभियानमा लाखौं सहभागी हुने भएकाले जनप्रदर्शन, सभा र ¥यालीहरूलाई व्यवस्थित गर्न एमालेले १० हजार स्वयंसेवक परिचालन गर्ने अन्तिम तयारी गरेको छ । पार्टी सचिव योगेश भट्टराईको प्रत्यक्ष कमान्डमा परिचालित हुने स्वयंसेवकहरूलाई अध्यक्ष ओलीले प्रशिक्षणसमेत दिएका छन् । ‘अभियानमा खटिने स्वयंसेवकहरू आवश्यक तालिम र प्रशिक्षणसहित परिचालित हुनेछन्,’ भट्टराईले भने, ‘उनीहरूले सुरक्षा र अन्य कामका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म स्वयंसेवकको भूमिका खेल्नेछन् ।’ अध्यक्ष ओलीले स्वयंसेवकहरूलाई जनताको विश्वास जित्ने गरी व्यवहार प्रदर्शन गर्न तथा सुरक्षा निकायलाई समेत सघाउने गरी ‘चेन अफ कमान्ड’ का आधारमा परिचालित हुन निर्देशित गरेका छन् । आवश्यक सजगता र संयमता अपनाउनसमेत निर्देशन दिँदै ओलीले पार्टीले सञ्चालन गर्न लागिरहेको अभियान भाँड्ने उद्देश्यले गतिविधि भए एमालेका लागि सह्य नहुने कडा चेतावनीसमेत दिएका छन् ।
अभियानमा खटिने अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसहित केन्द्रीय नेताहरू, सासंदहरूसहित १ हजारजनालाई जिल्लामा शुभचिन्तका घरहरूमा आवासको व्यवस्था मिलाउने तयारी भइरहेको एमालेले जनाएको छ । ‘जनताकहाँ सामूहिक मेस र आवासको प्रबन्ध हुन्छ,’ भट्टराईले भने । स्थायी टिममा स्वयंसेवक, स्वास्थ्यकर्मी, कलाकारहरू र सञ्चार टिम रहने उनले जनाए । केन्द्रीय सचिवालयले अभियानलाई सहयोग गर्न सबै राजनीतिक दल, संघ÷संस्था, नागरिक समाजका साथै जनसमुदायमा एमालेले अपिल गरेको छ ।
सहभागीलाई १८ बुँदे स्वयंसेवकलाई नौबुँदे आचारसंहिता
एमालेले अभियानमा खटिने सबै नेता–कार्यकर्ताहरूले नियमित १५ दिनसम्म हाजिर गर्ने गरी आचारसंहिता बनाएको छ । केन्द्रीय सचिवालयले अभियानमा खटिनेहरूले पालना गर्नुपर्ने १८ बुँदे तथा स्वयंसेवकहरूका लागि नौबुँदे आचारसंहिता बनाएको हो । सहभागीहरूले निर्धारित गरिएको स्थानमा खाना–खाजा, आवास र यात्राका लागि तोकिएका स्थान र सवारीसाधनहरूकै प्रयोग गर्नुपर्ने, वक्ताहरूले आफूलाई तोकिएको समयको पालना गर्नुपर्ने, औषधि, दैनिक आवश्यकताका लत्ताकपडा र अन्य व्यक्तिगत चीजहरूको प्रबन्ध आफैं गर्नुपर्ने, सहभागी गाडीहरू स्टिकरमा तोकिएको प्राथमिकता–क्रम (नम्बर) का आधारमा सञ्चालन हुनुपर्ने, सहभागीहरूले दैनिक हाजिरी पुस्तिकामा हाजिरी गर्नुपर्ने र अभियान अवधिभरि धूमपान र मद्यपान गर्न नपाइने आचारसंहिता पालना गर्नुपर्नेछ ।
त्यस्तै, स्वयंसेवकहरू चेन अफ कमान्डमा परिचालित हुनुपर्ने, अभियानको अवधिभर मद्यपान र धूमपानको प्रयोग गर्न नपाईने, सेल्फी खिच्ने, घुमफिर गर्ने, साथीभाइ–आफन्तस“गको भेटघाटमा अनावश्यक समय खर्च नहोस् भन्ने कुरामा ध्यान दिनेलगायतका आचार–संहिता पालना गर्नुपर्नेछ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply