सदस्य बन्न पूर्वसचिव र पीएको दौडधुप
काठमाडौं । राष्ट्रिय किसान आयोगको सदस्य बन्नका लागि पूर्वसचिवदेखि पूर्वकृषि विकास मन्त्रीका स्वकीय सचिव समेतले दौडधुप तीव्र पारेका छन् । पाँचजना सदस्य मनोनयन गर्नका लागि प्रक्रिया सुरु भइसकेको हुँदा पूर्वकृषि सचिव उदयचन्द्र ठाकुर, पूर्वकृषिमन्त्री हरिबोल गजुरेलका स्वकीय सचिव नहेन्द्र खड्का र नेपाली कांग्रेसको किसान संघका अध्यक्ष भानुभक्त सिग्देलले समेत निवेदन दिएका छन् ।
आयोगको अध्यक्षमा भने यसअघि नै माओवादी केन्द्रको भ्रातृ संगठन अखिल नेपाल क्रान्तिकारी किसान महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठ नियुक्त भइसकेका छन् । अध्यक्षका लागि आवेदन दिएका डा. कृष्णप्रसाद पौडेललगायत २४ जनाले सदस्यका लागि निवेदन दिएका छन् । जसमा एकजना विज्ञ सदस्यका लागि पूर्वसचिव ठाकुर, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरू डा. दिलबहादुर गुरुङ, डा. कृष्णप्रसाद पौडेल, पूर्वसहसचिव जगदीशभक्त श्रेष्ठ, श्यामसुन्दर पन्त र डा. तारानाथ पाण्डेले निवेदन दिएका छन् ।
यसरी नै एकजना किसान सदस्यका लागि रामकुमार पौडेल, मनोजकुमार सिंह, रवीन्द्र केसी र हिमादेवी रिजालले आवेदन दिएका छन् भने तीनजना किसान सदस्यका लागि गजुरेलका पूर्वस्वकीय सचिव खड्का, कांग्रेसनिकट किसान संघका अध्यक्ष सिग्देल, राममणिप्रसाद केवट, शेषु राजभण्डारी, अगस्तराज अधिकारी, मनोजकुमार सिंह, उद्धवप्रसाद अधिकारी, सोमप्रसाद भण्डारी, ल्यामबहादुर दर्जी, रवीन्द्र केसी, वसन्ती घिमिरे, मीना तामाङ, सोमतकुमार घिमिरे, रामप्रसाद ढुंगाना र हिमादेवी रिजाल रहेका छन् ।
सदस्यका लागि आवेदन दिएकाहरूको अवधारणापत्र अध्ययन गर्ने र उपयुक्त व्यक्तिलाई चयन गर्नका लागि केही दिनअघि मन्त्री गौरीशंकर चौधरीको अध्यक्षतामा सिफारिस समितिको बैठक बसेको थियो । उक्त बैठकमा आवेदकहरूको अवधारणा पत्र अध्ययन गरेर मूल्यांकनका आधारमा चयन गरिने बताइएको छ । अहिले निर्वाचन आचारसंहिता लागू भइसकेको हुँदा आयोगको सहमति लिएर मात्र सदस्यहरू नियुक्त गर्ने तयारी भइरहेको मन्त्रालयका एक कर्मचारीले बताए ।
सदस्यका लागि २४ जनाले आवेदन दिए पनि खड्का, सिग्देल, डा. कृष्णप्रसाद पौडेल र रामकुमार पौडेलेको सम्भावना रहेको बताइन्छ । खड्काले कृषि क्षेत्रका बारेमा राम्रो जानकारी राख्ने भएको हुँदा उनलाई सदस्यमा ल्याइने र कांग्रेसलाई एउटा सदस्य दिनैपर्ने भएको हुँदा सिग्देललाई पनि सदस्य बनाइने सम्भावना रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply