जेठान जिताउन ज्वाइँ सक्रिय
काठमाडौं । काठमाडौं–हेटौंडा सुरुङ मार्गमा सर्वसाधारणको लगानी डुबाउन सक्रिय भूमिका खेल्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले अहिले आफ्नै जेठानलाई महासंघको वरिष्ठ उपाध्यक्षमा जिताउन पूरै सक्रियता देखाइरहेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा भिडेका किशोर प्रधान जोशीका जेठान हुन् । महासंघको संशोधित विधानअनुरूप वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने नै अर्कोपटक स्वतः अध्यक्ष हुने प्रावधान राखिएपछि अहिले वरिष्ठ उपाध्यक्षमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।
प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेको दुई हप्तापछि अहिलेका उपाध्यक्ष शेखर गोल्छाले पनि उम्मेदवारी घोषणा गरेका छन् । गोल्छाले बुटवल र प्रधानले विराटनगरबाट आ–आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । आगामी चैत २७ र २८ गते हुने महासंघको ५१औं महाधिवेशनका लागि अहिलेदेखि नै चुनावी चहलपहल सुरु भइसकेको छ ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा भिडेका गोल्छा र प्रधानका पक्षमा महासंघका केही पूर्वअध्यक्षहरू पनि खुलेरै लागेका छन् । गोल्छाको घोषणा सभामा वर्तमान अध्यक्ष पशुपति मुरारका र चण्डिराज ढकाल उपस्थित थिए । गोल्छालाई अर्का पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको पनि समर्थन रहेको बताइन्छ । प्रधानको घोषणा सभामा पनि पूर्वअध्यक्षहरू जोशी, विनोदबहादुर श्रेष्ठ र सुरज वैद्य उपस्थित थिए । तर, पूर्वअध्यक्षद्वय पद्म ज्योति र प्रदीपकुमार श्रेष्ठ भने अहिलेसम्म कसैको पक्षमा पनि खुलेका छैनन् ।
दुवै पक्षबाट विभिन्न उपाध्यक्षका लागि उम्मेदवारहरू मैदानमा उतारिसकेका छन् । तर, एसोसिएटको तर्फबाट उपाध्यक्षमा गोल्छा समूहबाट चन्द्र ढकालले उम्मेदवारी दिए पनि प्रधान समूहबाट भने सो पदका लागि कसैको उम्मेदवारी पर्न सकेन । वस्तुगतको उपाध्यक्षमा भने प्रधान समूहबाट शंकर पाण्डे र गोल्छा समूहबाट उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
त्यसो त महासंघको नेतृत्व सर्वसम्मत गराउने प्रयत्न पनि भइरहेको छ । प्रतिस्पर्धा हुँदा नराम्रो सन्देश जाने भन्दै सर्वसम्मतको प्रयत्न गरिन लागेको हो । महासंघका अधिकांश सदस्य गोल्छाको पक्षमा रहेका हुँदा उनलाई नै सर्वसम्मत गराउने तयारी थालिएको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply