एमाले घोषणापत्र : समाजवादमा पुग्ने मूल लक्ष्य
काठमाडौ । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनका लागि नारैनारासहितका योजना र कार्यक्रम समेटिएको समाजवाद उन्मुख घोषणापत्र सार्वजनिक गरेको छ । तीनवटै निर्वाचनबाट बहुमतको सरकार बनाएर समाजवादमा पुग्ने लक्ष्यसहित एमालेले घोषणापत्र सार्वजनिक गरेको हो । गरिबी समाप्त पार्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धिकेन्द्रित घोषणापत्रमा १० वर्षभित्रै मुलुकलाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्दै २५ वर्षभित्र विकसित मुलक बनाउने संकल्प गरिएको छ ।
‘समृद्धि, समानता र सबल राष्ट्रको आधार ः गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार’ भन्ने मूलनारा रहेको घोषणापत्रमा १५ हजार मेगावट विद्युत् उत्पादन, पानीजहाज सञ्चालनदेखि सिंगै देशलाई रेलमय बनाउनेसम्मका दर्जनौं महŒवाकांक्षी कार्यक्रमहरू समेटिएका छन् । हेर्दा महŒवाकांक्षी जस्ता देखिए पनि आधुनिक समृद्ध गाउँपालिका, रेलैरेलले जोडिएको मुलुकदेखि मुलुकभर प्राविधिक शिक्षा लागू गरी सबै विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, आधुनिक बृहत्तर राजधानी निर्माण गर्नेसम्मका योजनाहरू घोषणापत्रमा समेटिएका छन् ।
घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष केपी ओलीले एमालेले सबै घोषित प्रतिबद्धता पूरा गर्ने गरी कार्यक्रमका रूपमा अघि सारेको बताए । ‘हामीले घोषणाका लागि होइन, काम गर्नकै लागि कार्यक्रम ल्याएका हौं, यी सबै घोषणा सम्भव छन् । ‘अरूले के गर्छन्, थाहा छैन,’ उनले भने, ‘एमालेले यसरी सम्भव छ भन्ने योजनासमेत अघि सार्ने गर्छ, हामीले त्यसै गरेका छौं ।’
संविधान निर्माणमा नेतृत्वदायी भूमिकादेखि मुलुकलाई समृद्धिको सपना र योजना देखाउने दल एमाले नै भएको दाबी गर्दै घोषणापत्रमा अरू दलसमेत पार्टीको नीति र कार्यक्रम पछ्याउँदै गएको दाबी गरिएको छ । अन्य दललाई हेर्ने दृष्टिकोण घोषणापत्रमा नसमेटीकनै एमालेले कांग्रेस र माओवादी केन्द्रलाई लक्षित गर्दै २०५१ सालको मनमोहन सरकारको कार्यक्रमदेखि केपी ओली नेतृत्वको सरकारले स्वाधीन र आत्मनिर्भर मुलुकको पक्षमा अघि सारेका नीति र कार्यक्रम पछ्याउन बाध्य भएको जनाइएको छ ।
संविधानको पक्षपोषण : कार्यान्वयनमा जोड
घोषणापत्रको सुरुवातमै षड्यन्त्र चिर्दै संविधान जारी गर्न खेलेको भूमिकामाथि प्रकाश पार्दै कार्यान्वयनप्रति पूर्ण प्रतिबद्धता जनाइएको छ । ‘कतिपय तŒवहरू नेपालको राष्ट्रिय एकता र सामाजिक सद्भावमा दीर्घकालीन रूपमा आघात पु¥याउने गरी जातीय राज्य खडा गर्न र पहाड तथा तराई–मधेसका बीचमा स्थायी विभाजन रेखा कोरेर कथित बहुराष्ट्रिय राज्य स्थापित गराउन चाहन्थे । ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने स्पष्ट परिभाषासहित जारी भएको नेपालको संविधान राष्ट्रिय एकता र अखण्डताको प्रतीक हो,’ अगाडि भनिएको छ, ‘नवउदारवादी विचारलाई पराजित गर्दै सामाजिक–आर्थिक रूपान्तरण र समाजवाद उन्मुख स्पष्ट दिशासहित जारी नेपालको संविधान श्रमजीवी जनताको सफल दस्तावेज हो । एमाले संविधानको रक्षा र कार्यान्वयनका निम्ति प्रतिबद्ध छ ।’
(घोषणापत्र भित्री पृष्ठमा)
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply