देउवाका चार हठले कांग्रेस पराजित
काठमाडौं । कांग्रेसका गढ मानिएका सहरी क्षेत्र र संविधान सभा निर्वाचनका बेला पनि जितेका ठाउँमा मा अनपेक्षित हार बेहारेपछि नेता रामचन्द्र पौडेल समूहले त्यसको दोष पार्टी सभापति शेरबहादुर देउवालाई लगाएको छ । निर्वाचनको समीक्षा गर्न सभापति देउवाले बैठक नबोलाएको भन्दै पौडेल समूह आफंै समीक्षामा जुटेको थियो । पौडेलको सम्पर्क कार्यलय अनामनगरमा सोमबार बसेको बैठकले पछिल्लो समयमा खासगरी चार प्रकरणमा देउवाले प्रदर्शन गरेको हठ नै पार्टी पराजयको कारण रहेको निष्कर्ष निकालिएको थियो ।
प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण, विवादास्पद व्यक्तिलाई राजदूत नियुक्ति, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण र अप्राकृतिक चुनावी तालमेलमा नेतृत्वले गरेको गल्ती नै पार्टी पराजयको मुख्य कारण भएको निष्कर्ष पौडेल समूहको भेलााले निकालेको थियो । विगतको गल्ती स्विकारेर नयाँ ढंगबाट अघि नबढे दोस्रो चरणको निर्वाचनमा योभन्दा लज्जास्पद हार भोगिने निचोड पनि सो भेलाले निकालेको स्रोतले बतायो । भेलाले दोस्रो चरणको निर्वाचनअघि नै सरकार परिवर्तन गरेर आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने हो भने त्यसले पार्टीलाई निर्वाचनमा ठूलो नोक्सानी गराउने भन्दै जेठ ३१ अघि सरकार परिवर्तन नगर्न नेतृत्वको ध्यानाकर्षण गराउने निचोड निकालेको स्रोतको दाबी छ ।
पौडेल समूहको भेलामा महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, डा. रामशरण महत, बलबहादुर केसी, किरण यादव, धनराज गुरुङलगायतको उपस्थिति थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply