माओवादीमा खुइल्याउने प्रतिस्पर्धा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट नेतृत्व गर्ने गरी कृष्णबहादुर महराले शपथ खाएकै दिन माओवादी केन्द्रनिकट एक अनलाइनले महरालाई ‘माओवादीभित्रका विजय गच्छदार’ भन्दै टिप्पणी लेख्यो । माओवादी केन्द्रकै नेताहरूको समेत लगानी रहेको उक्त अनलाइनमा त्यो समाचार आएपछि माओवादीभित्रको अन्तरसंघर्ष कति उत्कर्षमा पुगेको रहेछ भन्ने अनुमान लगाउन सकिन्छ ।
अध्यक्ष पुष्पकमल दााहालको विश्वास जितेर देउवा सरकारमा निरन्तरता पाएका उपपप्रधानमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्माबीच नै एकअर्कालाइ कसरी खुइल्याउने भन्ने होड चलेको छ । माओवादीभित्र उक्त समाचार शर्माले नै लेखाउन लगाएको भन्ने टिप्पणी हुने गरेको छ । अहिले माओवादी केन्द्रभित्र सबैभन्दा बढी असन्तुष्टि मन्त्रीहरूको चयनलाई नै लिएर भएको छ । केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका बेला नै मन्त्री चयनबारे कुनै पनि मन्त्री नदोहो¥याउने मापदण्ड बनेको थियो र त्यसमा टेकेर आफ्नै नेतृत्वको सरकारका बेला उसले ओली सरकारमा सहभागी कुनै मन्त्रीलाई दोहो¥याएन । तर दाहाल नेतृत्वको सरकारमा १० महिना मन्त्री भएका महरा र शर्मालाई कुन मापदण्डका आधारमा दोहो¥याइयो भन्दै नेतृत्वकोे आलोचना सुरु भएको स्रोतले बतायो ।
माओवादी केन्द्रका अध्यक्ष दाहालका विश्वासपात्र मानिने अग्नि सापकोटा, शक्ति बस्नेतहरू योपटक दाहालसँग धेरै रुष्ट छन् । स्रोतका अनुसार सापकोटाले दाहाललाइ भेटेरै असन्तुष्टि पोखिसकेका छन् । ‘जनयुद्धमा सबैभन्दा बढी बलिदान गर्ने पनि मेरै सापकोटा परिवार, पूर्वको सिन्धुपाल्चोकलाई रोल्पा, रुकुम बनाउने पनि मै तर मैले मन्त्री नपाउनुपर्ने कारण के ?’ भन्दै उनले जवाफ मागेको स्रोतको दाबी छ । शक्तिको असन्तुष्टि अरूभन्दा पनि शर्मालाई गृहमन्त्री बनाइएकोमा मात्र छ । आफूलाई सिध्याउन नै रुकुमलाई ६ नम्बर प्रदेशमा राख्न सफल शर्मालाई फेरि आफूलाई नै चुनौती दिन गृहमन्त्री बनाइएको भन्दै उनी असन्तुष्ट रहेको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply