एमालेलाई बल्ल बुझ्दै मधेसवादी दल
यसरी नजिकिए उपेन्द्र
काठमाडौं । दुई वर्षदेखि संविधान संशोधनविरोधी भन्दै नेकपा (एमाले) लाई गाली गर्नमै सम्पूर्ण शक्ति खर्चिएका मधेसकेन्द्रित दलले बल्ल त्यो पार्टीको राजनीतिक हैसियत के रहेछ भन्ने बुझ्न थालेका छन् । स्थानीय तहको दुई चरणको निर्वाचनबाट १ सय ५१ तह जितेर भारी अन्तरमा पहिलो शक्तिका रूपमा स्थापित भएपछि अन्ततः मधेसकेन्द्रित दलले एमालेको हैसियत बुझ्न थालेका हुन् ।
निर्वाचन परिणामस“गै उनीहरू एमालेस“गको सहकार्य, सहमति र निकटताबिना संविधान संशोधन मात्रै होइन, मुलुकको कुनै पनि समस्या समाधान पार नलाग्ने निष्कर्षमा पुगेका मात्रै छैनन्, त्यसैका निम्ति निकटता समेत बढाएका छन् ।
राष्ट्रिय जनता पार्टी मात्रै होइन, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक नेपालका नेताहरूको दृष्टिकोण यसरी बदलिनुमा धेरै कारण छन् । दुई वर्षका बीचमा आलोपालो प्रणालीबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेका छन् । दुवै प्रधानमन्त्रीस“ग संविधान संशोधनको उधारो सम्झौता गर्दै निर्वाचित गर्न मधेसकेन्द्रित दलले आन्दोलन छाडेर मतदान प्रक्रियामा सहभागीसमेत भए । तर यसबीचमा अनेक बहाना गर्दै संशोधन प्रक्रिया अघि नै नबढाई थन्क्याइयो । त्यति मात्र होइन, मधेसकेन्द्रित दललाई स्थानीय चुनावमा मधेसका जनताबीच जाने कुरामा मुखसमेत देखाउने स्थितिका लागि कुनै ‘स्पेस’ नदिई दुई चरणको निर्वाचन सम्पन्न भएको छ । संशोधनको मुद्दामा एमालेको त फरक मत रहेकाले मात्रै होइन, कुनै सम्झौतासमेत नगरेकाले सहयोग र समर्थनको गुन्जायस नरहनु स्वाभाविक थियो । संशोधनबाहेकका अन्य जति पनि माग थिए, ती केपी ओली नेतृत्वकै सरकारले पूरा गरेको थियो र संशोधनसँग सम्बन्धित जायज माग पनि पूरा गर्ने तत्परता देखाएको थियो । तर कांग्रेस–माओवादी गठबन्धनले भने उनीहरूको कुनै माग पूरा नगरीकनै चुनाव सम्पन्न गराए । त्यो निर्वाचनमा पनि मधेस केन्द्रित दलले सोचेभन्दा पृथक् ढंगले आश्चर्यजनक रूपमा एमाले भारी मतका साथ पहिलो दल बन्यो । त्यसपछि उनीहरू एमालेलाई हेर्ने दृष्टिकोण बदलेर सम्बन्ध सुधार्नुपर्ने निष्कर्षमा पुगेका हुन् ।
तराईका १२ जिल्लामै कांग्रेसभन्दा एमाले १७ सिटले अघि अर्थात् एक्लैले ५८ सिट जित्यो । झापा मात्रै होइन, थारू बाहुल्य मानिने दाङ र कैलालीमा एमाले एक्लैले बहुमत ल्यायो भने कञ्चनपुर र भित्री मधेस उदयपुरमा पनि एमालेले एकलौटीजस्तै जित्यो । बा“के, मोरङ, रूपन्देही, नवलपरासीलगायतका नौ जिल्लामा एमाले अग्रपंक्तिमा देखियो । यसले अन्ततः प्रदेश नम्बर २ को निर्वाचन हु“दा पनि एमाले नै पहिलो दल बन्ने र उसले अघि सारेका अडान अनुमोदन हुने स्थिति देखियो । जबकि, तराईकै जिल्लाहरूबाट ३०÷३० स्थान अपेक्षा गरेको संघीय समाजवादी फोरमले नयाँ शक्तिसँग मिलेर जम्मा आठ, फोरम लोकतान्त्रिक नेपालले ६ र राजपाले स्वतन्त्र हैसियतमा तीन स्थानमै चित्त बुझाउनुप¥यो ।
यी सबै घटनाक्रमले एमाले नै मुलुकको पहिलो र निर्णायक शक्ति भएको मधेसकेन्द्रित दलले बल्ल बुझेका छन् । पछिल्लोपटक राजेन्द्र महतोले एमालेस“ग कुनै दुश्मनी नरहेको र मित्रताका लागि केपी ओलीस“गै सिधै कुरा गर्ने बताउनुले पनि उनीहरूको नीति बदलिएको संकेत देखिएको छ । राजपाका नेता महन्थ ठाकुरले पनि संविधान संशोधनमा एमालेको दोष देखाएर कांग्रेस र माओवादी केन्द्रले आफूहरुलाई चक्रव्यूहमा पारेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । यसक्रममै राजपाले सत्तापक्षले धोका दिएका कारण संविधान संशोधन हुन नसकेको र अब पनि हुन नसक्ने निष्कर्ष निकालेको छ । दुई सत्तारूढ दल संशोधन प्रस्तावलाई एमालेको सहमतिबिनै संसदम असफल गराउने डिजाइनमा लागेकाले बरु मुद्दा थाती राखेरै चुनावमा जाने र त्यसपछि एमालेसमेतको सहमतिमा संशोधन गर्नु नै उपयुक्त हुनेसम्मको निष्कर्षमा पुगेको बताइन्छ ।
एमाले–फोरमबीच कार्यगत एकता
संघीय समाजवादी फोरम एमालेस“ग कार्यगत एकताका लागि नजिकिएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन परिणामलगत्तै एमाले र संघीय समाजवादी फोरम जिल्ला समन्वय समितिहरूमा सहकार्यका साथ जाने गरी नजिकिएका छन् ।
स्रोतका अनुसार, प्रदेश नम्बर ५ को बा“केमा दुई दल प्रमुख र उपप्रमुख पदका साथै सदस्यहरू आपसी भागबन्डा गरेर जाने सहमति बनेको छ । एमालेले चार तह जितेको छ भने संघीय फोरमले एक, कांग्रेसले दुई र राप्रपाले एक तहमा जितेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले जिते पनि उसले जिल्लामा समन्वय समिति बनाउने हैसियत राख्दैन । त्यसैले दुई दलले मिलेर भागबन्डाका आधारमा जिल्ला समन्वय समिति बनाउने जिल्ला तहमै सहमति गरेका हुन् ।
रूपन्देहीका १६ स्थानीय तहमध्ये एमालेले सात तह जितेर पहिलो र चार तह जितेर संघीय फोरम दोस्रो बनेकाले त्यहाँ पनि एकताको सम्भावना रहेको छ । त्यहाँ ती दुई दल मिल्दा सुविधाजनक बहुमत पुग्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply