सुशील सबैतिर सुस्त
काठमाडौं । मानौं, मन्त्रिपरिषद् विस्तार गर्न त एमालेस“गको गृह मन्त्रालयको लफडाले ढिलो भइरहेको छ । तर, एक साता भइसक्दा पनि आफ्नै सहयोगी टिमलाई पूर्णता दिन प्रधानमन्त्री सुशील कोइरालालाई केले रोकेको होला ? यसको एउटै उत्तर छ– उनमा रहेको ढिलासुस्ती र निर्णय क्षमताको अभाव ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले बल्लतल्ल दुईजना सल्लाहकार र एकजना सहयोगी नियुक्त गरेको छ । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा अर्थ मन्त्रालयको सल्लाहकार रहेका र सुजाता कोइराला परराष्ट्रमन्त्री हु“दा परराष्ट्र सल्लाहकार रहेर पछि जापानी भिसा प्रकरणमा विवाद भएर राजीनामा दिएका डा. चिरञ्जीवी नेपाल र प्रमुख स्वकीय सचिवमा गिरिजाप्रसाद कोइराला प्रधानन्त्री ह“ुदा प्रमुख स्वकीय सचिव वसन्तराज गौतमलाई नियुक्त गरेको छ । तीनै जनालाई राज्यमन्त्रीसरहको तलब–सुविधा दिने निर्णय पनि बैठकले गरेको छ । उनीहरूले मासिक ४२ हजार रुपिया“ तलब र एक सय लिटर पेट्रोल पाउनेछन् ।
नत्र प्रधानन्त्री निर्वाचित भएको नौ दिन र शपथ खाएको आठ दिनमा तीन जना सहयोगी नियुक्त गरे पनि उनले सल्लाहकार र सहयोगीहरूको टिम बनाउन अलमल गर्नुपर्ने कुनै कारण थिएन । प्रधानमन्त्रीले आफूले विश्वास गरेकाहरूलाई सल्लाहकार र सहयोगी टिममा राख्ने भएका कारण त्यस्तो टिम बनाउनका लागि विलम्ब गर्नुपर्दैन । झन् कोइराला त पार्टी सभापति पनि भएकाले उनले कसैलाई एक वचन सोध्न पनि पर्दैन । तर, कोइरालाले आफ्ना तीन सहयोगी नियुक्त गर्न पनि मंगलबार सा“झसम्म पर्खिनुले उनको निर्णय क्षमता कति कमजोर रहेछ भन्ने देखाउ“छ ।उता, कांग्रेसनिकट पत्रकारहरूबीच विवाद बढेका कारण प्रेस सल्लाहकारमा भने मंगलबार नियुक्ति हुन सकेन । स्रोतका अनुसार यसअघि प्रकाश अधिकारीलाई प्रेस सल्लाहकार बनाउने तय भए पनि हरिहर विरही स्वयम्ले इच्छा राखेका कारण विरहीलाई प्रेस सल्लाहकार र अधिकारीलाई सह–सचिवसरह नियुक्ति दिएर काममा लगाउने गरी कुरा भइरहेको बताइएको छ । तर उनले यो कुरा स्वीकारेका छैनन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply