बल्खुमा थरिथरिका दृश्य
काठमाडौं । ‘ए, मेरो एउटा कुरा छुटेछ । एकछिन है ।’
कांग्रेससँगको सहमतिका बारेमा आधा घन्टा बोलिसकेपछि बसेका वार्ता टोली संयोजक वामदेव गौतमले फेरि समय मागेपछि अर्कालाई समय दिन लागेका महासचिव ईश्वर पोखरेलले भने– ‘के छुट्यो ? लौ बोल्नूस् ।’
शनिबार चलेको केन्द्रीय कमिटीको बैठकमा कांग्रेसले कसरी धोका दियो भन्नेबारेमा ब्रिफिङ गरेका गौतमले उत्साहित हुँदै जुरुक्क उठेर थपे– ‘हाम्राबीचमा सबै कुरा मिलेको थियो । गृह मन्त्रालय हामीलाई दिनमा सुशील कोइराला स्वयम् सहमत हुनुभएको थियो । मेरै सामुन्ने केपी कमरेडले ‘गृह मन्त्रालय त हामीलाई हो नि ?’ भनेर सोध्दा उहाँले ‘हो’ भन्नुभएको थियो ।’
त्यति भनेर गौतम रोकिएनन् । आफूलाई गृहमन्त्रीका रूपमा स्वीकार गरेर कांग्रेसका नेताहरूले बधाई दिइसकेको समेत उनले सुनाए । उनले भने– ‘हामीले वार्ता सफल भएको उपलक्ष्यमा र्याडिसन होटलमा पार्टी राखेका थियौं । त्यहाँ दुईवटा रेड वाइन फोरियो । त्यतिबेला कांग्रेसका नेताहरूले मलाई हात मिलाएर ‘लौ फेरि गृहमन्त्री बन्नुभएकोमा बधाई’ भने ।’ गौतमले प्रश्न गरे– ‘यदि सहमति नभएको भए मलाई उनीहरूले बधाई दिने थिए ?’
कम्युनिस्ट पार्टीको सर्वोच्च निकाय केन्द्रीय कमिटीको बैठकमा यसरी सुरापानका बारेमा खुलेआम यसअघि कहिल्यै पनि कुरा नसुनेका नेताहरूले मुख बिगारेका थिए भने कतिपयले हाँसो थाम्न सकेनन् । उसो त एमालेभित्र गौतमलाई एकताका ईश्वर पोखरेलले ‘सुरासुन्दरी प्रयोग गरेको’ भन्दै लिखित अभियोग नै केन्द्रीय कमिटीमा दर्ता गराएका थिए ।
गौरीको गनगन
उता, संविधानसभाको निर्वाचनमा डोटी १ का मा पार्टीका उम्मेदवार प्रेम आलेका विरुद्ध कांग्रेसका उम्मेदवार योगेन्द्र शाहीलाई खुलेआम मत मागेको अडियोसहित केन्द्रमा उजुरी परे पनि सभासद् बन्ने सौभाग्य पाएकी गौरी ओलीले नाम नलिएरै ‘हाम्रै पार्टीबाट गृह मन्त्रालय नदिनका लागि नेताहरूले खेलेको कुरा आएको छ’ भनेपछि बैठक तिक्त बनेको थियो । वरिष्ठ नेता माधव नेपाललाई तेजोबध गर्नका लागि योजनाबद्ध रूपमा चलाइएको त्यस्तो हल्लाको उहाँले खण्डन नगर्ने कुरा भएन । तत्काल उठेर वरिष्ठ नेता नेपालले भन्नुभयो– ‘यस्तो अनैतिक हल्ला कसले चलाइरहेको छ र किन चलाइरहेको छ ? मलाई थाहा छ । तर, यस्ता कुराबाट म डराउदिनँ । कसैलाई शंका लाग्छ भने छानबिन गरे हुन्छ । एक जना वरिष्ठ केन्द्रीय सदस्य, जो सभासद् पनि हुनुहुन्छ, उहाँले पनि यस्तै कुरा गरेको पढें । यस्ता अनैतिक कुराबारे म के भनौं ?’
शेरधनले भने– ‘म बबुरोले त्यस्तो कसरी भन्न सक्छु ?’
बैठकमा वरिष्ठ नेता नेपालले ‘एक जना वरिष्ठ केन्द्रीय सदस्य’ भनेर सम्बोधन गरिएका व्यक्ति रहेछन्, जनजाति मूलका नेताहरूले पार्टी छोडेपछि मनोनीत भएका वैकल्पिक केन्द्रीय सदस्य शेरधन राई ।
उनले अनलाइनखबर डट कममा बोलेको कुरालाई लिएर आफूलाई त्यस्तो भनेको थाहा नपाउने कुरा भएन । तर, उनले त्यहाँ भने आफूले वरिष्ठ नेता नेपाललाई त्यस्तो नभनेको स्पष्टीकरण दिए । उनको चित्त दुखाइ आफूलाई वरिष्ठ भनिएकोमा रहेछ । उनले भने– ‘म केन्द्रीय कमिटीको अवैधानिक रूपले मनोनीत गरिएको कनिष्ट वैकल्पिक केन्द्रीय सदस्य हुँ । तर, वरिष्ठ नेता कमरेडले मलाई कसरी वरिष्ठ भन्नुभयो ? मैले त्यस्तो भनेको छैन । अरुण बराललाई मैले चिनेको पनि छैन । उनले अन्तर्वार्ता गरौं भने तर पछि मैले भन्दै नभनेको कुरा छापे । मैले कहीँ केपी ओली जस्तो नेतालाई केपीजी भन्थें होला त ? त्यहाँ केपीजी भनेर छापिएको छ ।’ त्यही मौकामा उनले आफू कुनै नेताको चाकडीमा नलागेको भन्न पनि बाँकी राखेनन् ।
पछिल्लो दिन पूरै परिवर्तन
अघिल्लो दिन सातबुँदे सहमतिप्रति तीतो पोखेका नेताहरू पनि भोलिपल्ट कांग्रेसले गृह मन्त्रालय दिन्छु भनेर प्रस्ताव पठाएपछि लल्याकलुलुक भएका थिए । सातबुँदेकै बहाना बनाएर आ–आफ्नो असन्तुष्टि राख्ने मौका पनि नेताहरूले चुकाएनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply