सुशीलले भन्नासाथ…..
काठमाडौं । यसै पनि सादा जीवनयापन गर्ने भनेर चिनिने प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो औपचारिक भ्रमणमा सडकका सबै सवारी रोकेर तामझाम नदेखाउन के भन्नुभएको थियो, कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले उहाँ म्यान्मारबाट फर्किने दिनसम्म त्यससम्बन्धी व्यवस्था मिलाइसक्नुहुने भएको छ ।
बिमस्टेकको बैठकमा भाग लिन आइतबार म्यान्मार जाने बेलामा प्रम कोइरालाले सार्वजनिक यातायात रोकेर जनतालाई दु:ख दिने गरी आफ्नो औपचारिक भ्रमणमा व्यवस्था गर्नु नपर्ने निर्देशन दिनुभएको थियो । त्यस अनुसार सोमबार नै कार्यबाहक प्रम गौतमले प्रधानमन्त्री कार्यालयमा सम्बन्धित मन्त्रालय र अधिकारीहरूको बैठक आयोजना गर्नुभएको थियो । मुख्य सचिव लीलामणि पौडेल, गृहसचिव जनार्दन नेपाल, निमित्त रक्षासचिव देवेन्द्र सिटौला, निमित्त प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, पर्यटन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराई, नेपाली सेनाका प्रतिनिधिलगायतको बैठक बसेको थियो । बैठकमा काबाप्रम गौतमले प्रधानमन्त्रीको इच्छा अनुसार सार्वजनिक सवारी आवागमन नरोकेर राष्ट्रपति, प्रधानमन्त्रीको औपचारिक भ्रमण मिलाउन सकिन्छ, गृहकार्य गर्न निर्देशन दिनुभएको थियो ।
तुरुन्तै बैठक राखेर कार्यान्वयन गर्न प्रयास गरे पनि प्रमको निर्देशन बिहीबार उहाँ फर्किंदा भने पालना हुने छैन । किनभने, यस्तो भ्रमणमा मिलाइने सुरक्षा व्यवस्थाका बारेमा मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने हुन्छ, जुन बैठक प्रमको अनुपस्थितिमा बस्न सक्दैन । एक दिनको समय दिएर गृह मन्त्रालयका सहसचिव शंकर कोइरालाको संयोजकत्वमा सुरक्षा अधिकारीहरू समेत राखेर बनाइएको कार्यदलले हिजो साँझ प्रम कार्यालयलाई आफ्नो प्रतिवेदन पनि बुझाइसकेको छ ।
प्रतिवेदनमा भीआईपीको औपचारिक भ्रमणका बेलामा सार्वजनिक सवारी पूरै नरोके पनि मुख्य–मुख्य नाकामा ब्लक गर्ने, सडक वारपार गर्न नदिने, सुरक्षाकर्मीको संख्या बढाउनुपर्ने, जाम पर्न सक्ने हुनाले पहिलादेखि नै सुरक्षाकर्मी परिचालन गर्नुपर्ने जस्ता सुझावहरू दिइएको छ ।
कार्यबाहक प्रम गौतम सोमबार र मंगलबार प्रधानमन्त्री कार्यालयमा पुगे पनि प्रमको च्याम्बरमा भने छिर्नुभएन । उहाँले दुवै दिनका ब्रिफिङहरू प्रधानमन्त्रीको च्याम्बरको अर्कोतिर रहेको भेटघाट कक्षमा लिनुभएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply