पहिलो क्याबिनेटमा खासखुस
काठमाडौं । अघिल्लो मंगलबार मन्त्रिपरिषद् विस्तारपछि त्यही साँझ शीतल निवासमा शपथ ग्रहण र त्यसपछि सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठक आयोजना गरिएको थियो । प्रधानमन्त्री सुशील कोइरालाले लिखित भाषण पढ्दा–पढ्दै दायाँतिर बसिरहनुभएका उपप्रधानमन्त्री वामदेव गौतमले एउटा कागजमा केही लेखेर दिनुभयो ।
कागजमा के रहेछ, मन्त्रीहरूबीच खासखुस चल्ने नै भयो । ‘उत्तदायित्व, डेमोक्रेसी र पारदर्शिता चाहिन्छ’ भन्ने आफ्नो सधैंको सूत्र दोहोर्याइरहनुभएका प्रम कोइरालाले कागज हेरेर ‘स्थानीय निकायको चुनाव गर्नुपर्ने कुरा पनि छ’ भनेपछि उनीहरूले थाहा पाए, गौतमले लेखेर दिएको चिटमा स्थानीय चुनावको कुरा रहेछ । तर, त्यहाँ प्रधानमन्त्रीले बोलेको कुरा गौतमलाई चित्त बुझेको रहेनछ । उहाँले आफ्ना पार्टीका नेताहरूसँग रिपोर्टिङ गर्दा कोइरालासँगको असन्तुष्टि प्रकट गर्दै भन्नुभयो– ‘खोइ के हो ? मैले लेखेर दिँदा पनि सुशीलले राम्ररी बोलेनन्, जेठसम्ममा स्थानीय चुनाव गर्ने यिनको छाँट छैन ।’
मन्त्रीलाई मर्यादाको पाठ
२१ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्रीबाहेक नौ मन्त्री पुराना भए पनि ११ जना नयाँ सदस्य छन् । त्यसमध्ये कांग्रेसबाट शिक्षामन्त्री चित्रलेखा यादव, सहरी विकासमन्त्री डा. नारायण खड्का, सिँचाइमन्त्री एनपी साउद र श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ छन् । तीमध्ये पहिला शिक्षा राज्यमन्त्री भए पनि साउदले मन्त्रिपरिषद् बैठकमा भाग लिन पाएका थिएनन् । एमालेबाट परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, पर्यटनमन्त्री भीम आचार्य, भूमिसुधारमन्त्री दलबहादुर राना, कृषिमन्त्री हरिप्रसाद पराजुली, स्वास्थ्यमन्त्री खगराज अधिकारी, उद्योगमन्त्री कर्णबहादुर थापा, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र खेलकुदमन्त्री पुरुषोत्तम पौडेल नयाँ छन् ।
मुख्य सचिव लीलामणि पौडेलले सबै मन्त्रीलाई मन्त्रीका रूपमा कसरी मर्यादा पालना गर्ने भनेर सम्झाउनुभएको थियो । पौडेलको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने– ‘जस्तो हजुरहरूलाई म यही बैठक कक्षभित्र कसरी बस्ने भनेर अनुरोध गर्दछु । प्रधानमन्त्रीज्यूको दायाँतिर पहिलो मर्यादाक्रमका उपप्रधानमन्त्रीज्यू बस्नुहुन्छ, बायाँतिर दोस्रो मर्यादाक्रमका उपप्रधानमन्त्रीज्यू बस्नुहुन्छ । त्यसपछि एवम्रीतले दायाँ र बायाँ मन्त्रीज्यूहरूले बस्नुपर्छ । वरिष्ठ मन्त्री दायाँ, त्यसपछिको वरिष्ठ बायाँ, त्यसपछिको वरिष्ठ दायाँ… । आज एउटा सिटमा भोलि अर्को सिटमा बस्न पाइँदैन । यहाँ मर्यादाक्रम अनुसार सबैको सिट फिक्स हुन्छ ।
बैठक सञ्चालनबारे जानकारी
बैठकमा मुख्य सचिव पौडेलले मन्त्रिपरिषद्को बैठक कसरी सञ्चालन हुन्छ भन्नेबारेमा लामै समय लिएर मन्त्रीहरूलाई जानकारी गराउनुभएको थियो । यहाँ बहुमत अल्पमत हुँदैन, प्रधानमन्त्रीज्यूको आदेश नै अन्तिम हुन्छ, पौडेलको भनाइ थियो, कुनै माननीय मन्त्रीज्यूलाई कुनै विषयमा छलफल र निर्णय गराउनुछ भने एक साताअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गर्नुपर्छ । त्यसबाहेक कुनै अत्यन्त जरुरी विषय भएमा प्रधानमन्त्रीज्यूको अनुमतिले ठाडो प्रस्तावका रूपमा ल्याउन सकिन्छ । तर, यसलाई राम्रो मानिँदैन, यसमा मन्त्रालय बाइपास हुन्छ ।
बैठकमा कसरी बोल्ने र कसरी आफ्ना कुरा राख्ने भन्नेबारेमा पनि सिकाइएको थियो । साथै, मन्त्रिपरिषद्को बैठक आयोजना हुनुभन्दा ४८ घन्टा पहिला कार्यसूची पठाइने र बैठकमा आउनुभन्दा पहिला पढेर त्यसमा राय दिने गरी आउनुपर्ने सुझाव पनि मन्त्रीहरूलाई दिइएको थियो । तपाईंहरू यहाँबाट गइसकेपछि निर्णय मैले प्रमाणित गरेर पठाउँछु, निर्णय लेख्ने बेलामा प्रधानमन्त्रीज्यूलाई देखाइन्छ, उहाँको आदेश अनुसार केही थपघट पनि हुन्छ, बैठकमा मुख्य सचिव पौडेलको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने ।
प्रम कार्यालयले मन्त्रीसँग भन्दा बढी सम्पर्क पीएसँग राख्नुपर्ने भएकाले दक्ष, योग्य र छरिता व्यक्तिलाई पीए राख्न र उनीहरूको शैक्षिक योग्यताका बारेमा ध्यान दिन पनि अनुरोध गरिएको थियो ।
तलब, भत्ता र पीएसम्बन्धी फाइल
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले मन्त्रीहरूको तलब सुविधा, बैठक भत्ता, निजी सचिवालयअन्तर्गत पाउने सुविधालगायतका विषयमा तयार पारेको जानकारी राखेर पुस्तिका नै वितरण गरेको छ । २० पृष्ठको उक्त पुस्तिकामा मन्त्रीलाई आवश्यक पर्ने सबै जानकारी समेटिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply