बाबुराम नया ठाउ खोज्दै
काठमाडौं । पार्टीभित्रका विवाद र असन्तुष्टि विगतमा जस्तो सार्वजनिक रूपमा छताछुल्ल नभए पनि भित्र–भित्र एनेकपा माओवादीमा विवादले उग्र रूप लिन थालेको छ । नेतृत्वको गलत कार्यशैलीको सार्वजनिक रूपमा जति भण्डाफोर गर्दा पनि नसच्चिने निष्कर्षमा पुगेका नेता बाबुराम भट्टराईले पार्टी विभाजनको आन्तरिक तयारी गरिरहेको आशंका अध्यक्ष पुष्पकमल दाहाल पक्षले गरेको छ ।
जिल्ला इन्चार्जहरूको भेलामा आएका आफूनिकट इन्चार्जहरूलाई गत आइतबार सानेपास्थित आफ्नै निवासमा बोलाएर भट्टराईले छलफल गर्दै पार्टी विभाजन हुन सक्ने संकेतका साथ त्यो स्थितिका लागि पनि तयारी अवस्थामा रहन सजग गराएका थिए । भेलामा भित्र भएका कुरा बाहिर जानसक्नेतर्फ पनि उनले ज्यादै सतर्कता अपनाएका थिए । संविधानसभाको निर्वाचन अघिसम्म उनकै गुटमा भए पनि पछि ढुलमुले चरित्र देखाउँदै सभासद् बन्न पुगेकाहरूलाई समेत गोपनीयताकै कारण उक्त भेलामा बोलाइएको थिएन । लामो समय भट्टराईलाई साथ दिँदै आएका राम कार्की, श्रीप्रसाद जगेबू, डोरप्रसाद उपाध्यायलाई समेत सुइँको नदिई गरिएको भेलामा उनका अत्यन्तै विश्वासपात्र मानिने केही केन्द्रीय सदस्य र १२–१३ जना जिल्ला इन्चार्ज सहभागी रहेको स्रोतले बताए । स्रोतका अनुसार संविधानसभा निर्वाचनपछि समानुपातिक सभासद्को अन्तिम सूची बनाउने प्रक्रियामा त्यत्रो असहमति राख्दा पनि कार्की, जगेबू र उपाध्याय सभासद् बनेपछि उनीहरूलाई अहिले भट्टराईले आफ्नो कोटरीमा राखेका छैनन् । जिल्ला इन्चार्जहरूमा सोलुखुम्बुका राजेन्द्र बस्नेत, संखुवासभाका राजेन्द्र किराँती, ओखलढुंगाका बालकृण्ण ढुंगेललगायत थोरै मात्रलाई भट्टराईले बढी विश्वास गर्ने गरेका छन् ।
भेलामा भट्टराईले अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर जान नसकिने धारणा प्रस्टसँग राखेको स्रोतले बतायो । ‘पार्टीभित्रै रहेर जति संर्घष गरे पनि प्रचण्ड कमरेड सच्चिने छाँट देखिँदैन’– भट्टराईलाई उद्धृत गर्दै स्रोतले भन्यो– ‘त्यसैले हामीले कुनै नयाँ कदम उठाउनै पर्छ ।’ तर, भेलामा सहभागी एक केन्द्रीय सदस्यले भने पार्टी विभाजनबारे कुनै कुरा नभएको बताए । केन्द्रीय सदस्य गंगानारायण श्रेष्ठले भने– ‘जिल्लाका साथीहरू आएका बेला भेटघाट कार्यक्रम राखिएको हो, मलाई पनि बोलाइएको थियो तर पार्टी विभाजनबारे कुनै कुरा भएन ।’
गत आइतबार प्रकाशित ‘नेपाल’ साप्ताहिकमा सात पृष्ठ लामो लेख लेखेर भट्टराईले पार्टी विभाजनको संकेत गरेका छन् । एमालेको नामै सुन्न पनि नचाहने र अनेक उपमा झुन्ड्याउँदै दुत्कार्न रुचाउने भट्टराईले लेखमा एमालेको भन्दा बढी आलोचना आफ्नै पार्टीको गर्नुलाई एमाओवादी पंक्तिले अर्थपूर्ण रूपमा हेरेको छ । माओवादी आन्दोलनभित्र एउटा असाध्यै यान्त्रिक र जड प्रवृत्ति रहेको भन्दै उनले अध्यक्ष दाहालको खुलेर आलोचना गरेका छन् । दाहालको प्रवृत्तिलाई इंगित गर्दै उनले भनेका छन्– ‘हाम्रो नेतृत्व र नीतिमा सन्तुलन रहेन, कहिले असाध्यै झुक्ने, कहिले जड भएर बस्ने र यथार्थ धरातलमा सिधै टिक्न पनि नसक्ने ।’ लेखको सारमा उनले प्रस्ट भनेका छन्– ‘नेपाली समाज नयाँ चरणमा प्रवेश गरिसकेको छ । अब त्यसलाई नेतृत्व गरेर जानका निम्ति आफ्नो संगठन, नेतृत्व र कार्यशैलीलाई नै परिवर्तन गरेर लैजान सक्नुपर्छ । त्यसो गर्न सकिएन भने नयाँ शक्तिको उदय हुन्छ, त्यसलाई कसैले रोक्न सक्नेछैन ।’
त्यसो त अध्यक्ष पुष्पकमल दाहाल समूह पनि अब भट्टराईसँग मिलेर जान नसकिने निष्कर्षमा पुगेको बताइन्छ । त्यही भएर दाहालनिकट नेताहरूले अहिल्यैबाट सकेसम्म भट्टराईलाई खुइल्याउन लागेको बुझिएको छ । पार्टी विभाजन गरेर गएका मोहन वैद्य समूहका कुनै पनि नेतालाई कुनै गलत लान्छना नलगाउने तर अहिलेसम्म आफ्नै पार्टीभित्रका भट्टराईलाई तथानाम गाली गर्ने दाहाल समूहको रणनीति नै रहेको बताइन्छ । माओवादीनिकट स्रोतले भन्यो– ‘दाहाल पनि भट्टराईलाई फकाउने समय बरु वैद्यलाई फकाउन खर्च गर्ने निचोडमा पुगेका छन् ।’ एक वर्षभित्र एमाओवादीबाट भट्टराई समूह विभाजित हुने र दाहाल र वैद्य समूहबीच एकता हुने स्रोतको दाबी छ ।
ठाउँको खोजी
एमाओवादीलाई लोकतान्त्रिक धारमा ल्याउन निर्णायक भूमिका निर्वाह गर्ने डा. भट्टराईले संविधानसभाको निर्वाचनपछि निरन्तर रूपमा आफ्नो आन्दोलनका बारेमा समीक्षा गर्नुपर्ने मत सार्वजनिक गरिरहनुभएको छ । यसको अर्थ हुन्छ– अहिलेको एमाओवादी पार्टी चल्न सक्दैन र नयाँ पार्टी आवश्यक छ । उनले सम्भवत: त्यस्तो पार्टीको नेतृत्वका रूपमा आफूलाई परिकल्पना गरेका छन् र त्यसका लागि वातावरण बनाउन खोजिरहेका छन् । यसैको संकेतका रूपमा उनको पछिल्लो अभिव्यक्तिलाई लिइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply