एमालेलाई बल्खु साँघुरो
काठमाडौं । राजनीतिक दलहरूमध्ये सबभन्दा फराकिलो र व्यवस्थित केन्द्रीय कार्यालय रहेको एमालेलाई त्यही कार्यालय साँघुरो भएको छ । अहिलेको कार्यालयको पूर्वतिर वरिष्ठ नेता माधवकुमार नेपालले दिएको घडेरीमा नयाँ घर बनाउने योजना परिवर्तन गरी एमालेले सिंगै कार्यालय सार्न बल्खु बाहिर जग्गा खोज्न थालेको छ ।
यसअघि एमालेले पाँच तलाको आधुनिक घर बनाउने भन्दै इन्जिनियरिङ अध्ययन संस्थाका डिन भरत पहारीको नेतृत्वको टोलीले बनाएको नक्सा केन्द्रीय कार्यालय परिसरमा टाँसेको थियो । महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा भवन निर्माण कमिटी बनाएर ठेक्काको कामसमेत सुरु गरिएको थियो । तर, पछि के कारणले हो, केही दिनपछि त्यो नक्सा पनि भित्ताबाट झिकियो र भवन बनाउने कुरा यत्तिकै सेलाएको थियो ।
एमालेले व्यवसायी इच्छाराज तामाङलाई संविधानसभा सदस्य बनाएपछि भवन निर्माणको जिम्मा उहाँलाई दिएको छ र त्यसको रेखदेखको जिम्मेवारी इन्जिनियरिङ पृष्ठभूमिका पोलिटब्युरो सदस्य विष्णु रिमाललाई दिइएको छ । अध्यक्ष झलनाथ खनालले हालै अन्तरपार्टी निर्देशन जारी गर्दै भवन बनाउनका लागि जग्गाको खोजी गर्ने जिम्मा उहाँहरू दुई जनालाई दिइएको जानकारी कार्यकर्ताहरूलाई दिनुभएको छ । अपानिमा उल्लेख छ– ‘पार्टीको केन्द्रीय कार्यालयको व्यवस्थापनका सन्दर्भमा क. विष्णु रिमाल र क. इच्छाराज तामाङले प्रस्तुत गर्नुभएका प्रस्तावउपर छलफल गरी भविष्यको आवश्यकतालाई समेत दृष्टिगत गरी नयाँ र उपयुक्त ठाउँमा पार्टी कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाउनका लागि क. विष्णु रिमाल र क. इच्छाराज तामाङलाई जिम्मेवारी दिने ।’
पोलिटब्युरो सदस्य रिमालले बल्खुमा साँघुरो भएकाले बाहिर जग्गाको खोजी भइरहेको बताउनुभयो । ‘बाँकी काम बढेको छैन, बाहिर जग्गा खोज्ने कुरा भएको छ’– उहाँले भन्नुभयो– ‘केही दिनमा काम सुरु हुन्छ ।’
बल्खुमा एमालेको केन्द्रीय कार्यालयले आठ रोपनी छ आना जग्गा ओगटेको छ । यसको साटो कलंकीबाट कोटेश्वरसम्म चक्रपथ बाहिर एमालेले २५ देखि ५० रोपनीजति जग्गा खोजेको छ । ‘भविष्यको आवश्यकतालाई समेत मध्यनजर गरी फराकिलो र ठूलो केन्द्रीय कार्यालय बनाउने योजना छ’– नेता रिमालले भन्नुभयो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply